कतै पेसा लेख्नुपरे के लेख्ने ?
पेसाले किरियापुत्री नवराज बडालको कथा । आफन्त गुमाएका शोकसन्तप्त परिवारका लागि यी २४ वर्षे युवा नौ वर्षयता किरियापुत्री बस्दै आएका छन् ।
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त गरेको खुसी अनुभूत गराउँछ ।
नेपाल आर्ट काउन्सिलमा राखिएका हरेक तस्बिरले कथा भन्छन् । ६ हजार २ सय २५ फोटोबीच भएको प्रतिस्पर्धाबाट छानिएका १ सय ७५ फोटो प्रदर्शनीमा छन् । १६ वर्षीया सविता थापाको कथा अरुभन्दा पृथक छ ।
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त गरेको खुसी अनुभूत गराउँछ । चार वर्षअघि कपडा सुकाउन छतमा जाँदा उनलाई करेन्ट लाग्यो । उपचारका क्रममा पटक–पटक शल्यक्रिया गरियो । पछि कुहिनोमाथिको भाग काट्नुपर्यो । उनी त्यतिबेला ७ कक्षा पढ्थिन् ।
यो पनि पढ्नुस
पेसाले किरियापुत्री नवराज बडालको कथा । आफन्त गुमाएका शोकसन्तप्त परिवारका लागि यी २४ वर्षे युवा नौ वर्षयता किरियापुत्री बस्दै आएका छन् ।
एक वर्ष उनी घरबाट बाहिरै निस्किइनन् । पछि उनलाई खगेन्द्र नवजीवन केन्द्रमा भर्ना गरियो । यही स्कुलले उनको आँट भर्यो । ०७५ को एसईईमा उनले यही स्कुलबाट ३.३५ जीपीए ल्याइन् । सविताका यी फोटा खिच्न फोटो पत्रकार चन्द्रलाई तीन महिना लागेको थियो । “उनको परीक्षा सुरु नहुँदादेखि नतिजा आउँदाको दिनसम्म फलो गरेको थिएँ,” उनी सम्झन्छन् ।
पीजे क्लबले गरेको नेपाल फोटो प्रतियोगिता ०७६ मा छानिएका उत्कृष्ट प्रदर्शनी २० फागुनसम्म चल्नेछ । नेपाल फोटो यात्रा नाममा देशका ६ प्रमुख सहरमा समेत यी फोटो प्रदर्शन गरिनेछ ।