सहरको एउटा चर्चित चिया अड्डा
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतलीसडक र पेप्सिकोलामा फ्रेन्चाइज खुलिसकेका छन् ।
ढोकाबाट पस्नेबित्तिकै बायाँपट्टिको भित्तामा स्वयम्भू, धरहरासहित काठमाडौँ उपत्यकाका नयाँ, पुराना पुरातात्त्विक स्थल तथा स्मारकका चित्र कोरिएका छन् । दायाँपट्टिको भित्तामा यहाँ चिया पियक्कडहरुले आफ्नो नाम लेखेर छाडेका मट्काहरु लहरै सजाइएका छन् । दुवैतर्फ मइन्टोल बालिएका छन् । भित्र छिर्नेहरुको जत्रो भीड छ, बाहिरिनेहरू पनि उत्तिकै । कुनै टेबुल खाली छैनन् । मेनुमा लेखिएको छ : चिया, साथी र गफ ।
तीन वर्षयता रेस्टुराँबाट ‘चिया घर’ मा फेरिएको यो जंक्सनमा एक सय जनाभन्दा बढी चिया पिउँदै र गफ गर्दै गरेका भेटिन्छन् । पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतलीसडक र पेप्सिकोलामा फ्रेन्चाइज खुलिसकेका छन् । कोल्ड ड्रिंक्स र कफीबाहेकै यहाँ १६ प्रकारका चिया पाक्छन् । स्वाद, सुगन्ध र चियाको प्रकार हेरेर तीन प्रकारका विशेष मसला प्रयोग हुन्छन् ।
“सहरमा कफी निकै हाइपमा रहेका बेला हामीले चिया सुरु गरेका थियौँ,” एक सञ्चालक आकाश विश्व भन्छन्, “मानिसलाई परम्परागत कुरामा रुचि छ, हाम्रो ध्यान चियामै छ ।” परम्परागत झल्को दिने गरी परालले छाएर, भित्ताहरुमा पेन्टिङ गरेर चियाघर सजाइएको छ । “यहाँको चियाको स्वादले तान्छ र आइरहिन्छ,” निजी बैंकमा कार्यरत रविन तिवारी भन्छन् ।
सम्बन्धित
बत्तीसपुतलीमा रहेको द्वारिकाज हेरिटेज होटल हो । होटलभित्र पस्दा प्राचीन मल्लकालीन दरबार पु...
मल्लकालीन रेनासा द्वारिकाज
शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने हजारौँ वर्ष पुरानो चलनको आधुनिक रुप...
शरीर रंगाउने शैली
महिला उद्यमीलाई प्रवर्द्धन गर्ने ढुकु स्टोर ...
ढुकु अर्थात् कला र सीपको समायोजन
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतल...
सहरको एउटा चर्चित चिया अड्डा
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त...
साहसी सविताको कथा तस्बिरमा
कुनै फेसन कहिल्यै पुरानो हुँदैन । जस्तो, लेदरको ज्याकेट । फेसनको यही महत्त्व बुझेर होला, म...