शैली![शरीर रंगाउने शैली शरीर रंगाउने शैली](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/lifestyle/tatto.jpg&w=900&height=601)
२६ फाल्गुन २०७६ सोमबार
काठमाडौं
शरीर रंगाउने शैली
शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने हजारौँ वर्ष पुरानो चलनको आधुनिक रुप
![शरीर रंगाउने शैली शरीर रंगाउने शैली](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/lifestyle/tatto.jpg&w=900&height=601)
शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने चलन हजारौँ वर्ष पुरानो हो । जंगली युगमा मान्छे शरीरमा ट्याटु खोपेर आ–आफ्ना जाति छुट्याउने गर्थे । नेपालमा पनि नेवारी जातिमा कतिपयले ट्याटु बनाउने गरेका छन् भने कतिपय तराईका आदिवासी अझै शरीरमा ट्याटु खोप्छन् ।
काष्ठकलाको सहर ललितपुरमा शरीर रंगाउन ललितपुर ट्याटु कन्भेसन भएको छ । नयाँ ट्याटु आर्टिस्टलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको इभेन्ट सञ्चालक पुनम सरु थापा बताउँछिन् ।
कार्यक्रममा पुरुष कलाकारको वर्चस्व रहे पनि २ महिला ट्याटु आर्टिस्टको प्रस्तुति रोचक थियो ।