मल्लकालीन रेनासा द्वारिकाज
बत्तीसपुतलीमा रहेको द्वारिकाज हेरिटेज होटल हो । होटलभित्र पस्दा प्राचीन मल्लकालीन दरबार पुगेझैँ भान हुन्छ । चाहे बस्ने कुर्सी होस् वा सुत्ने कोठा । अत्याधुनिक सुविधासहित मल्लकालीन झझल्को आउँछ ।
हरेक सहरको कहानी हुन्छ । त्यो कहानी सभ्यतासँग जोडिएको हुन्छ । सभ्यता पुनर्जागृत पनि हुन सक्छन् । कति भइरहेका होलान् । भनिन्छ, काठमाडौँ कुनै बेला ठूलो ताल थियो । चीनबाट मञ्जुश्री आए । खड्गले काटेर पानी बाहिर पठाए । अनि बस्ती बसाए । केही शताब्दी अगाडिको इतिहास मात्र हेर्ने हो भने उपत्यकामा मल्लहरुले शासन गर्थे ।
००८ को एक चिसो बिहानी द्वारिकादास श्रेष्ठ वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा दौडिरहेका थिए । शताब्दीऔँ पुरानो मल्लकालीन दरबारअगाडि सानो आगो बलिरहेको देखे । पुरानो काठको खम्बाबाट बुट्टा कुँदिएको भाग झिक्न कसरत गर्दै थिए, दुई जना । अचम्मित श्रेष्ठले त्यसबारे थप जान्न चाहे । उनीहरुले बुट्टायुक्त काठको मूल्य भएको र बाँकी भाग आगो बाल्न मात्र उपयुक्त रहेको बताए । प्राचीन कलाको महफ्व बुझेका श्रेष्ठले आँखै अगाडि धरोहरको विध्वंस देख्न सकेनन् र खम्बा किने ।
नेपालमा भर्खर प्रजातन्त्र आएको थियो । आधुनिकताले छोएको हुँदा काष्ठकलाले बनेका पुराना घरहरु मासिँदै थिए । नयाँ सिमेन्टी घर भटाभट बन्दै थिए । त्यसैले श्रेष्ठले त्यसपछि थुप्रै काष्ठकला किने । उनीसँग १५ औँ शताब्दीको आँखीझ्याल अझै छ । पुराना सामान जर्गेना र संरक्षण गर्ने मनसायले जन्म भयो, होटल द्वारिकाज ।
बत्तीसपुतलीमा रहेको द्वारिकाज हेरिटेज होटल हो । होटलभित्र पस्दा प्राचीन मल्लकालीन दरबार पुगेझैँ भान हुन्छ । चाहे बस्ने कुर्सी होस् वा सुत्ने कोठा । अत्याधुनिक सुविधासहित मल्लकालीन झझल्को आउँछ । भुइँ उपत्यकामै बनेको टेराकोटाले सजाइएको छ । खाना पारखीका लागि ३ वटा भान्सा छन्– नेपाली स्वादको कृष्णार्पण, जापानी स्वादका लागि माकोज र विश्व स्वादका निम्ति तोरन । होटलमा विशेष प्रकारका स्थानीयदेखि विदेशी स्वादसमेत चाख्न पाइन्छ । नेवारीमा १८ परिकार पाइन्छ । देश–विदेशका प्रतिष्ठित व्यक्तित्वले यो होटलमा खाना खाइसकेका छन् । नेपाल भ्रमणमा आउँदा बेलायती युवराज्ञी डायना र चार्ल्स द्वारिकाजमै बसेका थिए । चार्ल्सले होटलमा रहेको ढुंगेधाराको उद्घाटन पनि गरेका थिए ।
१५ देखि १७ औँ शताब्दीको मल्लकालीन झझल्को दिइरहेको होटल एक पटक पुग्ने कि ?
सम्बन्धित
बत्तीसपुतलीमा रहेको द्वारिकाज हेरिटेज होटल हो । होटलभित्र पस्दा प्राचीन मल्लकालीन दरबार पु...
मल्लकालीन रेनासा द्वारिकाज
शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने हजारौँ वर्ष पुरानो चलनको आधुनिक रुप...
शरीर रंगाउने शैली
महिला उद्यमीलाई प्रवर्द्धन गर्ने ढुकु स्टोर ...
ढुकु अर्थात् कला र सीपको समायोजन
पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतल...
सहरको एउटा चर्चित चिया अड्डा
फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त...
साहसी सविताको कथा तस्बिरमा
कुनै फेसन कहिल्यै पुरानो हुँदैन । जस्तो, लेदरको ज्याकेट । फेसनको यही महत्त्व बुझेर होला, म...