लकडाउनले थपेको उपभोक्ता चिन्ता #Photo

कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथामका लागि सरकारले गरेको 'लकडाउन' को दोस्रो दिन । सडकमा सवारीसाधन छैनन्, सुरक्षासंयन्त्रका गाडीहरूबाहेक । मानिसहरू पनि सडकमा त्यति छैनन् ।
दैनिक उपभोग्य सामग्री किन्नका लागि भने मानिसरहरू बजार निस्केका छन् । तरकारीमा धेरैको ध्यान छ । लकडाउनका कारण बजारमा सामान अभाव हुने चिन्ता उपभोक्तामा देखिन्छ । र, सरकारले यसको चित्तबुझ्दो जवाफ पनि दिएको छैन ।

दोकान पनि त्यति खेलेका छैनन् । कताकति खुलेका पसलहरूमा उपभोक्ताको भीड छ । सामानको अभाव बढ्दो छ । सरकारले धेरै सामानहरू किनेर नथुपार्न आग्रह त गरेको छ तर मानिसहरूमा यो संकट कहिलेसम्म जाने हो भन्ने भय छ । कोरोना संक्रमणबाट जोगिनेबाहेक दैनिक उपभोग्य सामानको जोहो अहिले उपभोक्ताको चिन्ता बनेको छ ।

अत्यावश्यक काम (खाद्यान्न तथा औषधि) बाहेक बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ । प्रहरीले पनि सडकमा हिँड्नेहरूलाई सोधपुछ गरिरहेको छ ।

उपभोक्तासँगै व्यापारीहरू पनि चिन्तामा छन् । अधिकांश व्यापारीहरू पन्जा लगाएर व्यापार गर्दै गरेका भेटिए ।

अधिकांश मानिसहरू मास्कमा देखिन्छन् ।

हरियो तरकारी किन्न उपभोक्ताहरूको हानालुछ छ ।

आपतकालीन अवस्थामा बाहेक सहरीसाधन चलाउन प्रतिबन्ध छ । तर कतिपय मानिस सरकारको निर्णय नमानेर बाइक/स्कुटर लिएर निस्केका छन् । त्यस्तै मध्ये एउटा स्कुटर ट्राफिक प्रहरीको नियन्त्रणमा पर्यो ।