स्वयंको खोजी : एकल यात्रा
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको कुरा के होला ? आउनुस् पढौँ, सित्तैमा हुने स्वयात्रा ।
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको कुरा के होला ? आउनुस् पढौँ, सित्तैमा हुने स्वयात्रा ।
०७० को कुरा हो, महिलामाथि एसिड आक्रमणजस्ता क्रुर घटना भइरहेका थिए । यस्तो बर्बरताविरुद्ध नागरिक समाज तथा विद्यार्थीको र्याली तथा जुलुस भइरहे पनि त्यसले मात्र केही हुँदैनथ्यो, जरुरी थियो, समाजकै पुरातनवादी सोच सुधार्नु । यही सोचले जन्मायो, नेपाली ट्राभलर्स ।
संस्थापकमध्येकी एक समीक्षा शर्माका अनुसार महिलालाई पनि जोखिम उठाउन, नेतृत्व गर्न र एकल यात्रा गर्न सक्षम बनाउनु थियो । तसर्थ, दुर्गम ठाउँमा एकल महिला यात्रा गर्न प्रतिस्पर्धा सुरु भयो । भन्छिन्, ”घुम्ने त केवल पुरुष मात्रै । महिला घुम्न जाने चलन छैन । यो सोच परिवर्तन गर्नु थियो ।“
शर्माका अनुसार यात्राले महिलालाई आत्मविश्वासी बनाएको छ । ०७१ मा २ जनाबाट सुरु भएको सोलो ट्राभलरमा हालसम्म ४९ महिलाले एकल यात्रा गरिसकेका छन् । सन् २०१९ मा ५ जनाले एकल यात्रा गरेका थिए । सोलो ट्राभलरका लागि नेपाली ट्राभलर्सले फेसबुक पेजमा आहवान गर्छ । इच्छुक प्रतिस्पर्धीलाई थुप्रै चरणको अन्तर्वार्तापछि छनोट भएकालाई कम्तीमा १० दिन देशका विभिन्न कुनामा घुम्न पठाउँछ । घुम्नका लागि चाहिने पैसा पनि सोही संस्थाले नै दिन्छ ।
यात्राको क्रममा एक्लै हुने भएकाले कुनै समस्या नहोस् भनेर संस्थाले विभिन्न किसिमका तालिम दिने गर्छ, जसमा प्राथमिक उपचारदेखि आत्मरक्षाको तालिमसमेत रहेको छ । यात्रीको सुरक्षाका लागि गत वर्षदेखि बिमाको पनि व्यवस्था गरेको शर्मा बताउँछिन् । स्वयंको खोजी हो, एकल यात्रा । तपाईँ पनि जाने कि ?
सम्बन्धित
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको...
स्वयंको खोजी : एकल यात्रा
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।...
खप्तड जानुअघि...
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभ...
सिन्धुलीगढी घुमेर हेर्दा
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन...
दसैँ बिदाका नयाँ गन्तव्य
पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको ...
[यात्रा] से–फोक्सुन्डो सौन्दर्य
बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करि...