सिन्धुलीगढी घुमेर हेर्दा
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभएको छ ?

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई... गीत त सुन्नुभएकै होला । हाम्रा बाजेबज्यैले पैदलै सिन्धुलीगढीको यात्रा तय गरेका थिए । हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभएको छ ?
समृद्ध सिन्धुली अभियानले हरेक वर्ष राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा यसपालि पनि ६ मंसिरदेखि चार दिने साइकल यात्रा सुरु भएको छ ।
काठमाडौँको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेसको सांस्कृतिक सहर जनकपुरधाम गएर यात्रा टुंगिनेछ । यस वर्ष १ सय ५० साइकल यात्री र ५० सहयोगीसहित २ सय जना यात्रामा सहभागी छन् ।
समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेका अनुसार साइकलयात्राले पहाडलाई तराईसँग भावनात्मक रुपमा जोड्नेछ । भन्छन्, “साइकल यात्राले दुई पुराताफ्विक स्थल काठमाडौँको पशुपतिनाथ र रामजानकी मन्दिर जनकपुरधामलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्नेछ ।”