नयाँ जमानाको कथा खजाना
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा ।
पाठकका रूपमा उनले जहिल्यै १६ देखि २५ वर्षे उमेर समूहका अनुभूति, भावनात्मक उथलपुथल अनि आरोहअवरोहका कथा पढ्न चाहिन् । आफू र आफ्ना उमेरका प्रतिनिधि पात्र खोजिन् । तर कहिल्यै कसैले लेखेको नपाएपछि आफैँ अघि नसरी धर पाइनन् । र, सिंगो कथाकृति नै आयो, कुमारी प्रश्नहरु ।
कथासंसारमा दुर्गा कार्की मात्र नयाँ होइनन्, कथाका पात्र । पात्रले ल्याउने विषय अनि तिनका अनुभूतिसमेत नितान्त नयाँ छन् । “मैले नयाँ पुस्ताको कथा लेखेकी हुँ तर मेरा पाठक तिनै मात्र होइनन्,” समकालीन साहित्यकी कान्छी कथाकारको दाबी छ, “त्यो उमेर समूहलाई बुझ्न चाहनेले समेत इन्जोय गर्नेछन् ।”
पहिलो कथा लेख्दा दुर्गा १७ वर्षकी थिइन्, अन्तिम कथा लेख्दा २४ । त्यसैले उनको शैली र शिल्पमा विविधता छ । “पुराना कतिपय कथामा मेरो अहिले लगाव छैन,” उनी भन्छिन्, “सम्पादन गर्दा त्यो मौलिकता मर्ने डरले त्यत्तिकै छाडिदिएकी छु ।”
त्यो उमेर समूहका कथा किन लेखिएन त ? दुर्गा आफैँलाई पनि २२–२३ वर्षमा आएर १६–१७ को कथा लेख्न सकस भयो । “मलाई आफ्नै विगतप्रति कहिले हाासो उठ्छ, कहिले दिक्क लाग्छ, कहिले पूर्वाग्रही अनुभव हुन्छ,” उनी भन्छिन्, “सायद अग्रज कथाकारहरुले त्यही जोखिम लिन नचाहेका हुन् ।”
आठ वर्षको अन्तरालमा लेखिएका संग्रहका १३ कथामध्ये १० मा महिला पात्रमुखी छन्, त्यसमा पनि १६ देखि २५ वर्षका युवती । धेरैजसो महिला मुद्दाकै सेरोफेरोमा । “यी कथा मेरा र मेरा वरपरका हुन् । अलिकति म छु, अलिकति बन्न चाहेकी म,” उनी थप्छिन्, “मैले विषयलाई पात्रको आाखाबाटै बुझेकी छु ।”
त्यसो त यहाँ महिलाको विषय लेख्नेबित्तिकै ‘हार्डकोर फेमिनिस्ट’ भन्ने चलन छ । दुर्गाचाहिँ कथामा आफैँलाई खोतल्ने र बुझ्ने स्पेस पाएको अनुभव गर्छिन् । “फेमिनिजमको परिभाषा म, मेरी आमा वा अरुका सन्दर्भमा अलगअलग हुन सक्छ,” उनी भन्छिन्, “मैले बुझेको कुरा मेरा पात्रले बुझ्छन् भन्ने छैन । मेरा कथामा महिलावाद या नारीवाद शब्द छैन । पाठकले त्यस्तो कथा पढिरहेको फिल पनि गर्दैन ।” नारीवादका नाममा प्रत्येक पुरुष पात्रलाई खलनायक या हरेक महिला पात्रलाई विद्रोही नै बनाउनुपर्छ भन्ने उनलाई लाग्दैन । उनी सामाजिक यथार्थलाई जस्ताको तस्तै पस्कन चाहन्छिन् ।
लमजुङ, भोटेओडारको शिक्षक बाबुआमाकी पहिलो सन्तान दुर्गाले गाउँकै बोर्डिङ स्कुल पढिन् । ०६६ को एसएलसीपछि राजधानी पसिन् । डाक्टर बन्ने लक्ष्यका साथ मोर्गन इन्टरनेसनल कलेजमा १२ कक्षासम्म विज्ञान पढिन् । राजनीतिमा रुचि बढेकाले नेपाल ल कलेजमा पाँच वर्षे बीएएलएलबी गरिन् । विद्यार्थी राजनीतिले भने तान्दै तानेन ।
हुम्लाको पाइलटिङ प्रोजेक्टको लोभमा कानुनमा स्नातकोपाधि नलिँदै इन्टरनेसनल आइडिया नामक इन्टर गभर्मेन्टल अर्गनाइजेसन (आईजीओ) मा जागिर खाएकी दुर्गासित वकिलको लाइसेन्स छ तर अदालती अभ्यास गरेकी छैनन् ।
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । उनको घरमा तीन वटा कुखुरा थिए, दुइटा पोथी र एउटा भाले । रातो पोथी अलि दुब्ली थिई । भालेले रातीलाई चारा खान बोलाएर साइड हानेजस्तो लागेछ, उनलाई । त्यही प्रेमकथा लेखेर हजुरआमालाई सुनाइन् । स्कुलमा पनि सबैले मन पराए ।
०६७ मा शिक्षक मासिकमा हिमाल एसोसिएसन र डेनिस दूतावासको आयोजनामा कथा प्रतियोगिता भएको सूचना दिए, पिताले । अनि अन्तिमका केही दिनमा एउटा कथा पठाइन्, ‘ग्यास्ट्रिक खेती र फुच्चे खलाासी ।’ त्यही कथा उत्कृष्ट १० मा पर्यो । त्यही क्रममा भेटिएका केदार शर्मा उनको कथाकारिताको गुरु भइदिए । उनले कााचा लेख केलाएर मसलाको मात्रा मिलाउन मात्र सुझाएनन्, ऐनमौकामा सचेत पनि गराए ।
धुलिखेलमा कथा लेखन कार्यशालामा सामेल भएपछि अर्को वर्ष शिक्षक मासिककै प्रतियोगितामा उनको कथा ‘लाइट बाल्ने केटो’ प्रथम भयो । अनि त के चाहियो !
आफूलाई काकतालीमा बनेकी लेखक ठान्छिन्, दुर्गा । “मलाई लाग्छ, एक थरी लेखक आफ्नै प्रयासले बन्छन्, अर्का थरी बनाइन्छन् । म बनाइएकी लेखक हुा,” उनको लाइट नोट छ, “मेरो लेखक बन्ने सोख थिएन, लेखनले भने आकर्षित गथ्र्यो ।”
यसै वर्ष वैशाखतिर पब्लिकेसन नेपालयलाई ‘अदुवा’ कथासँगै पुस्तक छाप्ने प्रस्ताव पठाएकी थिइन् । तर एउटा कथाका आधारमा निर्णय नगरी प्रकाशकले पाण्डुलिपि नै माग्यो । उनले चार–पााच वटा कथा छाडेर १३ वटा छनोट गरिन् र पठाइन् । उनी उत्साही छिन्, “कपीबाहेक मेरा कथा सम्पादन गर्नु परेन ।”
उनलाई नृत्यबाहेक चित्र, गायन सबथोक आउँछ । अहिलेचाहिँ गीत गाउने भान्सामा मात्रै हो । नेपाल वातावरण पत्रकार समूहको टेलिभिजन कार्यक्रम ‘नयाा पुस्ता’ को प्रस्तोता भएर करिब पााच वर्ष काम गरेको अनुभव पनि उनीसँग छ ।
विभिन्न सञ्चार माध्यममा तिखो टिप्पणी लेख्ने दुर्गालाई आफ्ना कथामध्ये ‘साघार’, ‘मनमाया’ र ‘साथे’ मन पर्छन् । उनका कथामा उपन्यासको जस्तो स्वादिलो विस्तार छ । वाचन प्रभावकारी हुनुका साथै कथामा नसोचेको उत्कर्ष आइदिन्छ । पात्र र परिवेश चित्रणमा चनाखो छिन् ।
‘कथामा खेल्न, रिस्क लिन र एक्सपेरिमेन्ट गर्न सक्ने खुबी अग्रगामी कथाकारमा हुनैपर्छ,’ नेत्र एटमको पाठक प्रतिक्रिया छ, ‘आन्विका गिरीको कम्युनिस्टपछि मैले पढ्न पाएको यो उत्कृष्ट नेपाली कथाहरुको सञ्चयन हो ।’
‘अदुवा’, ‘चाउमिन’, ‘फेमिली फोटो’, ‘कुमारी प्रश्न’, ‘कालो चस्मा’ आदिमा उनका कथाका सुन्दर बान्की फेला पर्छन् । कथामा महिला यौनिकता गज्जबसित आएको छ । प्रेमका नाममा युवतीमाथि केयर हैन, कन्ट्रोल भइरहेको उनको फिक्सनल पोस्टमार्टम रिपोर्ट छ ।
यतिका लोभलाग्दो चर्चा–परिचर्चाबीच पनि उपन्यासकारमा बढुवा भइहाल्ने दुर्गाको विचार छैन । उनी फेरि पनि कथाकै किताब निकाल्न चाहन्छिन् । दिमागमा थुप्रै कथा खजाना पाकिरहेका छन् ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...