व्यंग्य

यस्ता अद्‍भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?

स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा पुन: ओलीलाई नै कायम राखेर बाँकी दुई जनालाई हिस्रिक्क पारिसक्यो ।

नयाँ वर्ष नयाँ आइडिया

हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा गर्दा अर्को वर्ष सरकार पनि फेल हुनेछैन, हामी पनि फेल हुनेछैनौँ ।

लोकल स्यानिटाइजरको प्रभाव

बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘मापसे होइन नि सर, यो त लोकल स्यानिटाइजर प्रयोग गरेको हो । लोकल स्यानिटाइजरको न्युज हेर्नुभएन ?’

एकछिन सरकारलाई गाली गर्नुपर्‍यो

सरकारले जनतालाई क्‍वारेन्टाइनमा राख्‍न सक्दैन, जनताले सेल्फक्वारेन्टाइनमा बस्‍नु पर्छ । कोरोना लागेपछि मात्रै सरकारले हेर्छ । यस्ता गैरजिम्मेवार व्यक्ति त स्वास्थ्यमन्त्री छन् । कोरोना लागेपछि त डाक्टरले हेरिहाल्छ नि, सरकारले हेर्नुपर्छ र !

नेता अर्कैका राम्रा !

पराई देशका नेताहरूले कुनै काम गर्दा हामीलाई मुक्त कण्ठले प्रशंसा गर्न मन लाग्छ । त्यस्तै काम आफ्ना नेताले गर्दा उन्मुक्त कण्ठले गाली गर्न मन लाग्छ । किन ?

अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !

एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई सहयोग गर्नुपर्ने भएको छ । के गर्ने, कहिलेकाहीँ अनुदान दिएर होइन, लिएर पनि सहयोग गर्नुपर्ने अवस्था आउँदो रहेछ ।

गुटहरूको अन्त्य

पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्‍ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक निर्णय हो । सबै गुटको सामूहिक निर्णय भएकाले अब गुटबाजी हुँदैन भन्‍नेमा पूरै विश्‍वास गर्न सकिन्छ ।

अधिनायकवाद फैलिँदै देउवासम्मै

सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा देउवासम्मले त बोक्न बाध्य छन् भने योभन्दा ठूलो अधिनायकवाद अरु के होला र ?

बाबा र नेता उस्तैउस्तै

सुकोमल शरीर, स्वादिष्ट खानपान, सुविधासम्पन्न महल वा आश्रमको बास, आरामदायी गाडी, जहाज वा हेलिकप्टरको सवारी, बिरामी हुँदा वा भएजस्तो गर्नुपर्दा पाँचतारे अस्पतालको सुविधा, यस्ता सबै सुख दुवैथरीलाई प्राप्त छ ।

आराम होइन, अझै काम

साताको दुई पटक डायलासिस गर्नुपरे पनि देश र जनताको सेवा उनले गरिरहेका छन् । यो सानो देशप्रेम होइन । हाम्रो देश सानो भए पनि यसप्रतिको प्रेम भने ठूलो छ । 

एमसीसी र सीसी

ढिकाबाट टुक्रा–टुक्रा हुनु नै कम्युनिस्ट पार्टीको मौलिक विशेषता हो । जो पार्टी टुक्रा हुँदैन, त्यो कम्युनिस्ट पार्टी नै हुन सक्दैन ।

LOAD MORE