दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
लकडाउनमा मनमोहक लुम्बिनी
देशव्यापी लकडाउनका कारण यसपल्ट लुम्बिनीमा औपचारिक कार्यक्रम गरिएन । सार्वजनिक रूपमा नेपालमा बुद्ध जयन्ती मनाउन सुरु भएको सात दशकपछि पहिलोपल्ट बुद्ध जन्मदिनलाई फरक ढंगले मनाइयो ।
गौतम बुद्धको जन्मथलो लुम्बिनी, विश्वभरका अनुयायीको आस्थाको धरोहर र शान्तिको मुहान पनि हो ।
बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी तीर्थाटन गर्न स्वदेशका साथै संसारभरबाटै बुद्ध दर्शन र शान्ति प्राप्तिको आशमा बर्सेनि लाखौँ तीर्थ यात्रीहरूको ओइरो नै लाग्छ । ।
बुद्ध जन्मिएको शुभ दिन २५ वैशाखमा भने लुम्बिनी धपक्कै बलेको थियो । २५६४ औँ बुद्ध जयन्ती अवसरमा लुम्बिनी परिसरमा दीपावली गरिएको थियो ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मायादेवी मन्दिरअगाडि दीप प्रज्वलन गरे । बुद्ध जन्मिएको वर्षलाई गणना गरी २५६४ वटै दीप बालियो । बिजुली बत्तीले शृंगारपटार गरिएको मन्दिरको दृश्य साँच्चिकै मनमोहक देखिन्थ्यो ।
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका कारण धपक्कै बलेकाले उक्त दृश्य चित्ताकर्षक थियो । मनमोहक वातावरणमा ध्यानमग्न भिक्षुभिक्षुणी र उपासक/ उपासिकाले माहोललाई थप रोमाञ्चित बनाएका थिए ।
सम्बन्धित
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...