हाम्रो नेपालमा

क्‍वारेन्टाइनमा मनोपरामर्शदेखि नाचगानसम्म

दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । योग, नाचगान र शारीरिक अभ्यासमार्फत् यहाँको बसाइलाई तनावमुक्त बनाउन खोजिएको छ ।

मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो

मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्न पाएपछि यी सब अनुभव बेपर्वाह बनिदिन्छन् ।

भोकले भुलाएको लकडाउन

लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छैन । कम्तिमा आवश्यक खाद्य सामग्री जोहो गर्न ।

चराको संसारमा लकडाउन छैन

कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी तिखारी रहेका छन् भने कतिले त गुँड बनाउने तयारी गरिरहेका छन् ।

लकडाउनमा गाउँ फिरेकाहरूलाई हिउँदे बाली स्याहार्ने चटारो

कोभिड १९ को चिन्ताका बीच मानिसहरू बाली भित्र्याउँदै छन् । तर संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायतर्फ त्यति ध्यान पुर्‍याउन सकेका छैनन् ।

लकडाउनमा लुम्बिनी

लुम्बिनी क्षेत्रमा अरु बेला पर्यटकको ओइरो लाग्थ्यो । तर अहिले यहाँका मन्दिर, विहार, गुम्बा र स्तुप बन्द छन् । तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा सन्‍नाटा छ ।

सुनसान यी चोक र गल्लीहरू

सधैँजसो स्थानीय तथा आन्तरिक र बाह्‍य पर्यटकले खचाखच भरिने पाटन दरबार स्क्‍वायर होस् या हनुमानढोका । कोरोनाभाइरस संक्रमणसँगै मुलुक लकडाउन भएपछि यस क्षेत्रमा चहलपहल शून्यप्रायः छ ।

घर फर्किनेका दुःख

नेपालमा रहेका भारतीय यतै र भारतमा रहेका नेपाली लकडाउनभरि उतै बस्‍नुपर्ने गरी लकडाउन भएपछि सीमामा आइसकेका नेपाली रोकिनुपर्‍यो।

अभावमा थालिएको उत्पादन

बजारमा मास्कसमेत अभाव छ । कोरोनाको सन्त्रासले देखायो, परनिर्भरता कति हानिकारक हुन्छ । यसैबाट सिकेर ललितपुर महानगरभित्रकाले मास्क उत्पादनका लागि स्थानीयहरूलाई तालिम दिएर उत्पादन थालेको छ । यसले माग धान्दैन । तर हामी जानुपर्ने बाटोभने पक्कै संकेत गर्छ ।

सूर्यास्तमा रामदास

कपिलवस्तु नगरपालिकास्थित बुद्धस्थल निग्रोधारामबाट अर्को बुद्धस्थल गोटिहवा जाँदै गर्दा मनमोहक दृश्य देखियो । यसलाई अविस्मरणीय र चित्ताकर्षक रूपमा क्यामेरामा कैद गर्नेतर्फ ध्यान मोडियो ।

विकल्‍प तातोपानी

खोला र धाराको पानीमा बरफ जमेको छ । नुहाउन र कपडा धुन मुस्किल । हिमाली क्षेत्रमा हिउँ अधिक बढेपछि सर्वसाधारणको विकल्प एउटै छ, तातोपानी ।

भरिया जिन्दगी

क्याम्पिङवाला भरियाहरू जहाँ पानी हुन्छ, त्यहीँ सामूहिक पकाएर खान्छन् र गन्तव्य ताक्छन् । भारी बोक्दै जाँदा थकाइ मार्छन् । केही छिन गफगाफ गर्छन् । चुरोट र सुल्पा तान्छन् ।

LOAD MORE