भरिया जिन्दगी
क्याम्पिङवाला भरियाहरू जहाँ पानी हुन्छ, त्यहीँ सामूहिक पकाएर खान्छन् र गन्तव्य ताक्छन् । भारी बोक्दै जाँदा थकाइ मार्छन् । केही छिन गफगाफ गर्छन् । चुरोट र सुल्पा तान्छन् ।
क्याम्पिङवाला भरियाहरू जहाँ पानी हुन्छ, त्यहीँ सामूहिक पकाएर खान्छन् र गन्तव्य ताक्छन् । भारी बोक्दै जाँदा थकाइ मार्छन् । केही छिन गफगाफ गर्छन् । चुरोट र सुल्पा तान्छन् ।
स्कुल प्रावि भए पनि पढाइ शिशुकक्षासम्म मात्रै हुँदो रहेछ । स्टाफ एक्लै रहेछन्, छिरिङ लामा । व्यवस्थापनमा १२ पढेका ।
लेकको गाउँ सालाङमा अहिले पनि बच्चा मात्रै होइन, जोसुकै बिरामी भए धामीकहाँ लगिन्छ । यहाँको जनविश्वासअनुसार कुखुरा पनि औषधी नै हो । यसलाई पुजेर, चढाए या मन्साइएपछि बिरामी ज्यान ठीक हुन्छ । यसरी धामीमा लगेको कुखुरा घरभन्दा बाहिर बाटोमै पूरै खाएर सिध्याउनुपर्छ ।
संरक्षित वन्यजन्तु मान्छेको डरबिना बेफिक्री यताउति डुलिरहेका दृश्य झन् अनौठा–अनौठा ।
उपल्लो गोर्खा, धार्चेस्थित सालाङ गाउँका बालबालिकाका साथमा विदेशी पर्यटक । पर्यटकीय स्थलको चिनारी राख्न सफल यो गाउँ लार्के–पास ट्रेकिङ रुटमा पर्छ ।
चकचक गरेर हैरान पार्ने हुनाले यस्ता ससाना पाठापाठीलाई यसरी कुम्लोमा राख्ने जुक्ति निकाल्छन्, स्थानीयहरु ।