झारफुके जिन्दगी
लेकको गाउँ सालाङमा अहिले पनि बच्चा मात्रै होइन, जोसुकै बिरामी भए धामीकहाँ लगिन्छ । यहाँको जनविश्वासअनुसार कुखुरा पनि औषधी नै हो । यसलाई पुजेर, चढाए या मन्साइएपछि बिरामी ज्यान ठीक हुन्छ । यसरी धामीमा लगेको कुखुरा घरभन्दा बाहिर बाटोमै पूरै खाएर सिध्याउनुपर्छ ।
लेकको गाउँ हो, सालाङ । उपल्लो गोरखाको झुरुप्पै गुरुङ गाउँ । अहिले पनि यहाँ बच्चा मात्रै होइन, जोसुकै बिरामी भए धामीकहाँ लगिन्छ । यहाँको जनविश्वासअनुसार कुखुरा पनि औषधी नै हो । यसलाई पुजेर, चढाए या मन्साइएपछि बिरामी ज्यान ठीक हुन्छ । यसरी धामीमा लगेको कुखुरा घरभन्दा बाहिर बाटोमै पूरै खाएर सिध्याउनुपर्छ । पहिले–पहिले लोकल कुखुरा साना हुन्थे, दुई जना गयो, खायो र फर्कियो । तर अहिले त ब्रोइलर, त्यो पनि ठूलो, मासु खानैपर्ने । दुई जनाले खाएर सक्नै मुस्किल । स्थानीयको गुनासो छ, “त्यही भएर थप एक–दुई जना पनि साथै लैजाने गर्छौं धामीकहाँ अहिले ।”
गाउँलाई चारैतिरबाट बजारले कब्जा गरेको छ अहिले । बच्चा पनि तयारी जंकफुडमा पल्किसके । घरको अन्नमा मन गर्दैनन्, दोकानको खाएर पेट भर्छन् ! यस्तोमा सानोतिनो बिरामी त लाग्ने भइहाले । अस्पतालको ढोका दोस्रो पालिमा, पहिलो प्राथमिकता त यस्तै बलि या भाकललाई दिन्छन्, गाउँले ।
रोगप्रतिको संस्कृति या दृष्टिकोण खासै बदलिएको पाइँदैन । यहाँका वासिन्दा पहिले आफैँ ‘सानो रोग’ र ‘ठूलो रोग’ छुट्याउँछन् । सानो रोग त हो, यतै यसै ठीक भइहाल्छ भन्ने गरिन्छ । यहाँको अर्को स्वास्थ्य समस्या हो, औषधी पसललाई नै अस्पतालका रुपमा बुझ्नु । औषधी किन्यो, खायो । गाउँ–गाउँमा औषधी पसल खुल्न थालेपछि जडीबुटीको प्रयोग पनि कम हुन थालेको छ ।
बालबच्चाको मौलिक अधिकारबारे के वास्ता ? बाल या जनस्वास्थ्यमाथि खुलै खेलवाड ! राज्य पनि कहाँ छ कहाँ ? अझै पनि झारफुकमै निर्भर छन् दूरदराजका गाउँ । गम्भीर बिरामी भए उस्तै कठिन, खर्चिलो पनि । सहर छिटो आउनुपरे हेलिकप्टर मात्र एक विकल्प रहन्छ । गाडी बाटो छैन । धेरैलाई त अझैसम्म पनि राजधानी भनेको थाहै छैन ।
केही वर्षअघिको एक घटना स्मरणीय छ । ०७२ को भूकम्पलगत्तै छिमेकी गाउँ लाम्रामा नि:शुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको थियो । वरिपरिका गाउँले लामो पंक्तिमा उभिएका थिए । बिरामी नभएका र भएका सबैलाई जँचाउनुपर्ने आह्वानअनुसार सबै आएका थिए । अचम्म के भने बिरामीले आवश्यकभन्दा बढी औषधी मागे । उनीहरुको भनाइ थियो– फेरि बिरामी हुँदा खाने हो, सधैँ औषधी कहाँ पाइन्छ ? पाउँदा लगेर राख्ने हो । शरीर ठीक भएकाहरु त झन् औषधी नपाएकामा तीतो पोख्दै फर्किए । यसबाट बुझ्न सकिन्छ, बल्लबल्ल पाएको औषधीको समेत गलत प्रयोग भइरहेछ । अहिले पनि यसैगरी कुखुरा बोकेर झारफुकेसामु पुग्छन्, गाउँले ।
शब्द/तस्बिर : छम गुरुङ
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...