दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
लकडाउनमा गाउँ फिरेकाहरूलाई हिउँदे बाली स्याहार्ने चटारो
दसैँ–तिहार र विभिन्न चाडबाडका बेला मात्रै चहलपहल हुने रुकुम पश्चिमका गाउँहरूमा यतिबेला ह्वात्तै चहलपहल बढेको छ । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनपछि धेरै मान्छेहरू यतिबेला सहरबाट गाउँ फिरेका छन् ।
सबैतिर हिउँदे बाली उठाउने चटारो छ, यस कारण सबै काममै व्यस्त देखिन्छन् । कोरोना संक्रमणको सन्त्रासबीचमा पनि गाउँ फर्किएकाहरू परिवारलाई काममा सहयोग गर्न पाएकामा खुसी देखिन्छन् ।
तर कोरोना संक्रमण हुन नदिनका लागि अपनाउनुपर्ने सावधानीका उपायतर्फ गाउँलेले खासै ध्यान दिएको पाइँदैन । किसानको वर्षैभरिको मिहिनेत सुरक्षित गर्नैपर्ने बाध्यता कारण पनि उनीहरू यसरी खेतबारीको काममा जुटेका हुन् ।
मुख्य चाडबाडका बेला मात्रै घरमा चहलपहल हुने र अरू समय परिवारका धेरै सदस्य घरबाहिरै हुँदा खेती किसानीमा एक्लै खटिनेहरू यतिबेला आफ्ना सन्तान घरमा आएर काममा सघाएकामा खुसी देखिन्छन् ।
गाउँघरमा भइरहेका यस्ता जमघटमा कोरोना संक्रमणबाट जोगिनका लागि व्यक्तिगत दूरी कायम गर्नेदेखि लिएर अन्य सुरक्षाका उपाय व्यक्ति स्वयंले अपनाउनैपर्छ । कोरोना सन्त्रास कम भएपछि गाउँघरमा अहिलेजस्तो चहलपहललाई कायम राख्न पनि अबको पुस्ताले केही न केही सोच्नैपर्छ ।
सम्बन्धित
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...