धपक्क लुम्बिनी
साँझ छिप्पिँदै जाँदा लुम्बिनी चम्किन थाल्छ ।
शान्तिकामी बुद्धका अनुयायीको पहिलो रोजाइ हो, लुुम्बिनी । लुम्बिनीमा स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो नै लाग्छ । यहाँ मायादेवी मन्दिर र अशोक स्तम्भ मात्र छैन, विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार नै छ । अर्थात्, यो ठाउँ मिनी बौद्ध वर्ल्ड हो ।
पछिल्लो समय यहाँ अर्को आकर्षण थपिएको छ– मनमोहक साँझ । साँझ छिप्पिँदै जाँदा लुम्बिनी चम्किन थाल्छ । जति समय घर्कंदै जान्छ, लुम्बिनी धपक्कै बल्छ । केन्द्रीय नहरका दुवैतिर बल्ने बत्तीले चित्ताकर्षक माहोल बनाउँछ । करिब डेढ किमि लामो नहर छेउ पानीमा देखिने बत्तीको प्रतिविम्ब उस्तै रोमाञ्चक हुन्छ । अझ अखण्ड शान्तिद्वीपतिरबाट साँझ देखिने नहरको मनमोहक वातावरण सुनमा सुगन्ध हुन्छ ।
त्यस्तै, बेबी बुद्धदेखि मायादेवी मन्दिरसम्म बल्ने साँझको बत्तीले पनि उस्तै आकर्षण थप्छ । गार्डेन र सोलार बत्तीले पनि लुम्बिनीलाई मनमोहक बनाएको छ । मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी पनि हरेक दिन दीपावलीजस्तै देखिन्छ । भिक्षु–भिक्षुणीले गर्ने परित्राण पाठको गुञ्जायमानले हिँडिरहेका मान्छेको पनि ध्यान तान्छ ।
तस्बिरहरुमा हेर्नुहाेस् :
सम्बन्धित
दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
क्वारेन्टाइनमा मनोपरामर्शदेखि नाचगानसम्म
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...