अभावमा थालिएको उत्पादन
![अभावमा थालिएको उत्पादन अभावमा थालिएको उत्पादन](http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Hamro-Nepalma/Hamro-Nepal-5.png)
कोरोना भाइरसको सन्त्रास फैलिएसँगै अहिले बजारमा मास्कको चरम अभाव छ । फार्मेसी, स्वास्थ्य चौकी, अस्पतालहरूमा मास्क पाइन छाडेको छ । भाइरसबाट जोगिन प्राय:जसो एन–९५ मास्क प्रयोग गर्नुपर्ने हो । तर बजारमा अहिले साधारण मास्कको समेत अभाव छ ।
भनिन्छ, चीनमा कोरोना संक्रमण फैलिएका बेला यहाँ आयात भएका मास्क उतै गए । त्यसकारण अहिले बजारमा मास्क अभाव चुलिँदै गएर कालोबजारी व्याप्त छ । प्रतिगोटा ३ रुपैयाँ पर्ने मास्क पाइहाले पनि महँगो मूल्य तिर्नुपर्नेे अवस्था छ ।
यसको हाहाकारबाट राहत पाउन ललितपुर महानगरपालिकाले आफैँ मास्क उत्पादन थालेको छ । महानगरअन्तर्गतको समाज कल्याण महाशाखाले महिलालाई मास्क बनाउने तालिम दिएको थियो ।
महानगरभित्रका २९ वटै वडाका महिला २ दिने सिलाइ तालिमपछि अहिले मास्क उत्पादनमा लागेका छन् । उनीहरू भन्छन्, “मास्क उत्पादन गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अरू कुरा महानगर प्रवक्तासँग सोध्नुहोला ।”
![](http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Hamro-Nepalma/Hamro-Nepal-4.png)
![](http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Hamro-Nepalma/Hamro-Nepal-2.png)
![](http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Hamro-Nepalma/Hamro-Nepal-3.png)
![](http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Hamro-Nepalma/Hamro-Nepal-1.png)