दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
कमलको जरा चुँडाल्ने संघर्ष
फागुन मसान्तदेखि वैशाखसम्म कमलको जरा निकाल्ने याम हो । त्यसैले यतिबेला सिस्ने–५ रुकुमकोटस्थित कमल दहमा दैनिक ठूलो भीड छ । पछिल्ला केही वर्ष देशका विभिन्न ठाउँबाट यसको खोजीमा मान्छेहरू रुकुमकोट पुगिरहेका छन् । यो समय कमल दह हेर्नेहरू मात्रै होइन, अरू कामले पनि जम्मा हुनेको संख्या धेरै छ । पानीमा फुल्ने कमलको फूल हेर्दा जति सुन्दर हुन्छ, त्यसको फाइदा पनि त्यत्तिकै ।
कमलको जराको अचार स्वादिष्ट मानिन्छ । जरा ताछेर बनाइएका चाना पछिसम्म पनि अचारको रूपमा प्रयोग गर्न सकिन्छ । हाल दहमा कमलको जरा निकाल्ने, खरिद गर्ने र त्यो दृश्य हेर्नेको भीड बाक्लै हुन्छ । तीन वर्षदेखि सिस्ने गाउँपालिकाले टेन्डरमार्फत कमलको जरा निकालेर बिक्री गरिरहेको छ । टेन्डर लिएका ठेकेदारलाई एक दिनमा पुरुषले ६ सय र महिलाले ४ सय रुपैयाँ तिरेपछि दिनभर कमलको जरा निकाल्ने अनुमति पाउँछन् । उनीहरू आफैँले निकालेको जरा आफैँ मूल्य राखेर बेच्छन् ।
कमलको जरा निकाल्ने याम फागुनदेखि वैशाखसम्म भए पनि गाउँपालिकाले चैत पहिलो सातासम्मका लागि मात्रै अनुमति दिएको छ । जरा निकाल्नु जोखिम हुन्छ । दहभित्र पसेर कमलको जरा खुट्टाको सहायताले फेला पार्नुपर्छ । केही सेकेन्ड पानीभित्रै डुबेर जरा निकाल्ने गरिन्छ । पौडँदै छाम्ने र जरा भेटिएपछि मात्रै आफू डुबेर त्यसलाई बाहिर निकालिन्छ ।
यो याम स्थानीयका लागि आम्दानी लिने समय पनि हो । कमलको जरा निकाल्न सक्नेहरूले दैनिक २ देखि ६ हजारसम्म आम्दानी गर्छन् । कमलको जरा तौलेर वा नापेरभन्दा पनि अनुमानको भरमा बिक्री हुने गर्छ । एक दिनमा ६ सय तिरेर ६ हजारभन्दा बढी कमाउने स्थानीय पनि छन् । हरेक वर्ष कमलको जरा निकाल्दा त्यो जरा अर्को वर्ष थप फैलने स्थानीयको बुझाइ छ । कमलको काँचो जरा, फल र पात जन्डिसका लागि उपयुक्त हुने भएकाले पछिल्लो समय यसको बिक्री बढेको छ ।
सम्बन्धित
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...