यस कारण घोडाचित्र
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा मल्लकालदेखिको घोडाकै अश्वशास्त्र पेन्टिङ छ । भक्तपुर म्युजियममा रहेको यो घोडैघोडाको चित्र देखेर मलाई घोडा बनाउने प्रेरणा मिलेको हो ।
जापानको फुकुआका प्रदर्शनी (सन् १९८०) पछि मात्र ममा घोडाचित्रप्रति लगाव बढेको हो । त्यहाँको नेपाल एक्जिविसनमा दश अवतारलाई समावेश गरेको थिएँ । रेखाचित्रबाट घोडाचित्र बनाउन थाल्नुमा धार्मिक, सांस्कृतिक, राजनीतिक आदि कारण जोडिएका छन् ।
विभिन्न धर्मशास्त्रमा सबै मनुष्य जातिको आदिदेव सूर्यलाई तान्ने घोडाको प्रतीक चित्र संसारभर कोरिएका छन् । मैले क्यानभासमा उतार्ने घोडाका चित्रहरु पनि सात थरीकै गायत्री, उष्निक, अनुष्टभ, वृहति, पगति, त्रिष्टुभ र जगाति रहेका छन् । यी घोडालाई इन्द्रेणी रङमा वर्णन गरिएको छ । भूगोलको हिसाबमा सात महादेश, सात समुद्र आदि ।
भारतीय कलाकारले पनि घोडालाई क्यानभासमा उतारेर विष्णुको कल्की अवतारको उदाहरण दिएका छन् । मैले दश अवतार तथा चेतक घोडालाई पनि त्यही धर्मशास्त्र र पुराणमा आधारित भएर सिर्जना गरेको हुँ । सांस्कृतिक रुपमा नेपालमा घोडेजात्रा पर्व मनाइन्छ । यस पर्वले पनि मलाई घोडाचित्रका क्यानभास कोर्ने बाटो देखाइदिएको हो ।
घोडालाई शक्ति, शान्ति र वीरताको प्रतीक ठान्ने हुँदा मेरा चित्रको सैद्धान्तिक आधार पनि यही नै हो । इतिहास खोतल्ने हो भने संसारका प्रख्यात व्यक्ति सवार हुने घोडाका अनेक नाम छन् । जस्तो, उच्चश्रेवा इन्द्रको घोडा, चेतक महाराणा प्रतापको घोडा, बुकफुलेस सिकन्दरको घोडा आदि ।
घोडाको नाम बटुल्ने क्रममा इतिहासकार हरिराम जोशीलिखित अभिनव संस्कृति कोष पनि हेरेँ । ६ सय पृष्ठको उक्त किताबमा ९९ पृष्ठसम्म त घोडाकै बखान समेटिएको पाएँ । यस्तै, सूर्यविक्रम ज्ञवालीलिखित नेपालको इतिहासका विविध पक्षमा राजा जयप्रकाश मल्ल चढेको घोडाको नाम पुरुषणी लेखिएको छ ।
पछिल्लो समय सिर्जनाका विषयवस्तु घोडा रहँदै आए पनि मलाई पेन्टिङभन्दा रेखाचित्र नै बढी मन पर्छ । घोडा सूर्यको प्रतीक पनि हो । सौर्यमण्डलका सबै ग्रह सूर्यकै प्रतापले बाँचेको वैज्ञानिक आधारले पनि पुष्टि गरेको छ ।
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा मल्लकालदेखिको घोडाकै अश्वशास्त्र पेन्टिङ छ । भक्तपुर म्युजियममा रहेको यो घोडैघोडाको चित्र देखेर मलाई घोडा बनाउने प्रेरणा मिलेको हो ।
हुसैनले पनि घोडाचित्र बनाउने भएकाले केही प्रभाव पर्यो होला । सरस्वतीको नांगो चित्र बनाएको बात लागेपछि उनी ज्यानको सुरक्षाका लागि साउदी अरब निर्वासित भएका थिए । पछि बेलायत गएका बेला सन् २०१० मा उनको निधन भयो ।
हामी चित्रकारिताकै क्रममा भारत भ्रमण गरिरहन्थ्यौँ । आग्रा दरबार अवलोकन गरियो । उक्त दरबारमा अकबरले ठूलो एरियामा बडेमाको ढुंगा आकृतिको चेस बोर्ड बनाएका छन् । गोटीको सट्टा मान्छे नै राखेर चेस खेल्थे अरे उनी । उक्त चेसबोर्ड हेरेपछि मलाई घोडाचित्रप्रति थप मोह जाग्यो ।
मूल थलो त भइहाल्यो । यसबाहेक भारत, चीन, पाकिस्तान, बंगलादेश, जापान, अमेरिकामा मेरा लाखौँ मूल्यमा घोडाचित्र बिक्री भए । त्यो क्रम अहिले पनि जारी छ । मेरो समुद्र मन्थन घोडा क्यानभासको मूल्य ६० लाख रुपैयाँ राखेको थिएँ ।
राजा वीरेन्द्रले मेरा चार–पाँच घोडाचित्र किनेर नारायणहिटी दरबारमा संग्रह गरेका थिए । तर दरबारभित्र कहाँ–कहाँ राखिएका थिए, मैले देखिनँ । रमेश खनालको संस्मरण नारायणहिटी घुम्दामा मेरा घोडाचित्रबारे बखानै गरिएकाले थाहा पाएको मात्र हुँ ।
अग्नि ग्रुपले मेरा घोडा सिर्जना १० लाख रुपैयाँमा किनेको थियो । अहिले कम्पनीको महाराजगन्जस्थित सोरुममा संगृहीत छ । ग्रुपले अन्य नेपालीका कला पनि उक्त सोरुममा राखेको छ । मेरा ३५ वटाजति घोडाचित्र पृथ्वीबहादुर पाँडेको नेपाल इन्भेस्टमेन्ट बैंकले किनिदिएको छ ।
सिर्जना गरेपछि त्यसको मोल पाउने लोभ सबैलाई हुने नै भयो । त्यसका लागि हामीले कहिलेकाहीँ ‘लौ यो लास्ट स्टक’ भन्दै आफ्ना सिर्जना छूटमा बिक्री गर्थ्याैं । त्यसबेला अघिपछिभन्दा बढी सिर्जना बिक्री हुन्थे, सबै सर्जकका ।
पछिल्लो समय मैले सिर्जना गरेका घोडाचित्रको संख्या १ हजार हाराहारी पुगे होलान् । अहिले पनि त्यसलाई निरन्तरता दिएकै छु ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...