यस कारण घोडाचित्र
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा मल्लकालदेखिको घोडाकै अश्वशास्त्र पेन्टिङ छ । भक्तपुर म्युजियममा रहेको यो घोडैघोडाको चित्र देखेर मलाई घोडा बनाउने प्रेरणा मिलेको हो ।

राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पैसाले अमेरिका जान हवाईटिकट काटेँ ।
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन पाइँदैनथ्यो ।
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना समावेश गरेको थिएँ, सन् १९८० मा ।
तत्कालीन सोभियत संघको निम्तोमा मस्को पुगेको ८ कलाकारको टोलीले तीन महिनासम्म स्टेट म्युजियम अफ ओरियन्टल आर्टमा कला प्रदर्शनी गर्यो, सन् १९७६ को १८ जुलाईदेखि सेप्टेम्बरसम्म ।
सामूहिक कलाको विस्तारका लागि स्किब समूह खोलियो, सन् १९७१ मा ।
बलिउड नायक देवानन्द राजदरबारसँग पनि नजिक थिए । यिनलाई काठमाडौँ आएको समय खाना खुवाउनेसमेत गर्थ्याे, दरबारले ।
उत्तम नेपालीहरु बनारस हिन्दु युनिभर्सिटी गए भने हामी बम्बईको जेजे स्कुल अफ आर्ट कलेजमा छात्रवृत्तिमा अध्ययनका लागि छानियौँ ।
आर्ट विषय रोज्नुको अर्को कारणचाहिँ मेरो श्रवणशक्ति बालक अवस्थादेखि नै कमजोर रह्यो । दस वर्षको उमेरदेखि नै मैले कला सिर्जना थालिसकेको थिएँ ।