स्मरण

राजा महेन्द्रका रणनीतिकार

ताम्ला उक्याब, भाद्र २७, २०७६

निरशमशेर जबरापछि केही समय कार्यवाहक र ०२२ सालमा प्रधानसेनापति भएका सुरेन्द्रबहादुर शाहलाई सबैले नेपाली कांग्रेसको बीपी कोइरालाको सरकारलाई अपदस्थ गराउन भूमिका खेलेको मान्छन् ।
पुरा पढ्नुहोस्

तिब्बत छुने सबै दुर्गम

ताम्ला उक्याब, भाद्र २०, २०७६

हिमाली जिल्लामा उत्तरी प्रशासन क्षेत्र स्थापनासँगै स्थानीय क्षेत्रमा पूर्वाधार विकास लैजान ०२४ सालमा ग्रामीण तथा  दुर्गम क्षेत्र विकास समिति गठन भयो तर ०२६ सालमा ग्रामीण शब्द छटनी गरी दुर्गम क्षेत्र विकास समिति बनेको हो

तत्कालीन समय उत्तरी क्षेत्रमा विद्यमान भारतीय चेकपोस्ट, बाक्लो विदेशीको आउजाउ, तिब्बती शरणार्थी विद्रोही जंगी खम्पाको उपस्थितिका कारण ती क्षेत्र राजनीतिक रुपमा नेपालकै भए पनि त्यहाँ विकास निर्माणको पहुँच शून्य थियो यसैलाई आधार मानेर ३८ प्रतिशत भूभागको हिमाली क्षेत्रका निम्ति समिति गठन गरियो

यो कार्यालय गृह पञ्चायत मन्त्रालयअन्तर्गत पर्थ्यो पछि गृह पञ्चायतको केही खण्ड फुटाएर ०२९ सालमा स्थानीय विकास मन्त्रालय बनेको हो समिति स्थापनाको सुरुआती समय दुई आर्थिक वर्षसम्म भारतीयकै लगानीमा चल्यो तर चेकपोस्ट हटेसँगै नेपालले उसको खर्च लिन चाहेन आफ्नै कोषबाट चलाउन थाल्यो

तत्कालीन समय समिति गठन गर्नुको उद्देश्य रणनीतिक नै थियो किनभने जहाँजहाँ भारतीय चेकपोस्ट, तिब्बती शरणार्थी, जंगी खम्पा थिए, ती स्थान अगलबगलमै यो क्रियाशील थियो नेपाल पहाडैपहाडको देश भए पनि चीन सीमा छुने भारतीय चेकपोस्टको उपस्थिति रहेका १५ रणनीतिक महफ्वका गरी १८ जिल्लालाई मात्र दुर्गम मानेर यसको संरचना बनाइयो त्यसमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ, दार्चुला तिब्बत सीमा नछुने जुम्ला, बाजुरा कालीकोट (पहिले तिब्रीकोट भनिन्थ्यो) पनि समितिमा राखिए

त्यतिबेला सोलुखुम्बुभन्दा ओखलढुंगा दुर्गम थियो तर ओखलढुंगालाई दुर्गम नमानी सोलुलाई मानियो किनभने सोलुले चीनको तिब्बत छुन्थ्यो यस्तै, ताप्लेजुङभन्दा पाँचथर दुर्गम थियो तर तिब्बत छोएको हुँदा ताप्लेजुङलाई दुर्गम मानियो कुनै बेला रसुवामा दुइटा एयरपोर्ट थिए नुवाकोटभन्दा विकसित मानिन्थ्यो तर तिब्बती सीमा छोएकाले नुवाकोटको साटो रसुवालाई दुर्गम भनियो तिब्बत सीमा छोएकै कारण सिन्धुपाल्चोक दुर्गम मानियो तर काभ्रेलाई पारिएन

विकास इकाइका रुपमा गठित यो समितिको अध्यक्ष प्रधानमन्त्री, गृहमन्त्री उपाध्यक्ष सरोकारवाला मन्त्रालयका सचिव सदस्य रहने प्रावधान थियो पछि शाही नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति (पछि फिल्ड मार्सलमा पदोन्नति) सुरेन्द्रबहादुर शाहलाई अध्यक्ष नियुक्त गरियो

शाहको कार्यकालमा समितिले थुप्रै काम गर्यो सरकारले तोकेको दुर्गम १८ जिल्लामा विकास पूर्वाधारका संरचना खडा गर्न एकैचोटि १८ इन्जिनियरलाई खटाइयो बजेट बढ्यो हरेक जिल्लामा प्राविधिक शाखा खोलिए उत्तरी क्षेत्रमा विकास लैजान गठित यो समिति सरकारको उच्च प्राथमिकतामा थियो उबेला नेपालका प्रसिद्ध बागवानीविज्ञ शिवबहादुर नेपाली, उत्तरी प्रशासन क्षेत्र काम गरेका जगबहादुर बुढाथोकी, डोरबहादुर विष्ट, मधुसूदन गोर्खाली (पछि मुख्यसचिव), रामराजध्वज जोशीलगायत समितिमा थिए सुरुमा सदस्यसचिवको जिम्मेवारी सम्हालेका रामबहादुर रावल पछि सञ्चारसचिव भए

०२५ सालमा शाखा अधिकृतका रुपमा विकास सेवाअन्तर्गत दुर्गम विकास समितिमा खटिएँ ०२७ सालमा उपसचिव भएर विज्ञ टोलीसँगै कैयौँ पटक दुर्गम जिल्ला घुमेँ समितिमा एउटा विकासतर्फ अर्को निजामती गरी दुई खाले कर्मचारी हुन्थे उत्तरी जिल्ला भ्रमणका क्रममा त्यस क्षेत्रको मनोविज्ञान, वस्तुस्थिति, पूर्वाधार निर्माणका आधार, स्थानीयसँग छलफलबाट प्राप्त निष्कर्षलगायतका विषयबारे तयार ठेलीका ठेली रिपोर्ट सरोकारवाला मन्त्रालयमा सुम्पिन्थ्यौँ त्यो रिपोर्ट कार्यान्वयनका क्रममा समितिले स्थानीय पूर्वाधारको आधार बनाउन सहजीकरण गर्यो

तिब्बती परम्परा, ढाँचामा चलिरहेको समय हिमाली जिल्लाबासीलाई बाँकी नेपाल जान्न बुझाउन भाषाको समस्या थियो तिब्बती भाषाबाट नेपाली पुस्तक अनुवाद गर्ने अथक प्रिन्टिङ प्रेस थियो त्यसका सञ्चालक भोटेभाषाविज्ञ भूपूसहायकमन्त्री नरसिंहभक्त तुलाचन थिए उनी नेपाली भाषाका ऐनकानुन तिब्बती भाषामा उल्था गर्थे गृह मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको नेपाल एसियाली अध्ययन केन्द्र (सिनास) मा दुई तिब्बती विज्ञसमेत राखेको थियो तिनबाट पनि धेरै प्रशासनिक काम सहज भयो, उत्तरी क्षेत्रमा सरकारको भाषा उल्था गर्ने कार्यक्रम पनि समितिमार्फत हुन्थ्यो

नेपालीबाट तिब्बती भाषामा नेपालको ऐनकानुन, संविधान आदिबारे जानकारी गराइन्थ्यो यसले पनि उत्तरी क्षेत्रका मानिससँग केन्द्रको सीधा सम्पर्क सहज भयो नेपाली भाषा बुझ्ने भए समितिले हिमाली क्षेत्रका बासिन्दालाई राज्यको मूल प्रवाहमा समेट्न भूमिका खेलेको मानियो

उक्याबसँग सरकारको कर्मचारी प्रशासनका साथै तिब्बतमा महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव

पुरा पढ्नुहोस्

खम्पा निगरानी गर्न उत्तरी प्रशासन

ताम्ला उक्याब, भाद्र १३, २०७६

हिमाली क्षेत्रमा उपस्थिति देखाउन सरकारले ०२२ मा उत्तरी प्रशासन क्षेत्र गठन गर्‍यो ।
पुरा पढ्नुहोस्

हिमाली क्षेत्रमा भारतीय चेकपोस्ट

ताम्ला उक्याब, भाद्र ६, २०७६

त्यतिबेला जुन–जुन ठाउँमा चेकपोस्ट थिए, ती स्थानमा नेपालले भारतीय चेकपोस्टको सुरक्षार्थ नेपाली सैनिकको टुकडी खटाएको थियो, जहाँ क्याप्टेन वा मेजरले नेतृत्व गर्थे ।
पुरा पढ्नुहोस्

हिमाली क्षेत्रको तिब्बत साइनो

ताम्ला उक्याब, श्रावण ३०, २०७६

वर्तमान नेपालको एकीकृत संरचना हुनुअघि नै ताप्लेजुङदेखि दार्चुलासम्मका हिमाली जिल्ला तिब्बतसँग सीमा जोडिएको हुँदा यस क्षेत्रको सामाजिक, आर्थिक तथा धार्मिक संरचना उसैसँग मिल्दोजुल्दो छ ।
पुरा पढ्नुहोस्

शाह राजाका सत्तापलट

हरिराम जोशी, श्रावण २४, २०७६

रणबहादुर शाहले नेपालमा भीमसेन थापालाई काजी, मूलकाजी, प्रधानसेनापति र सरकार प्रमुख बनाए, विसं १८६० मा । नेपालका प्रधानमन्त्रीको रोलक्रममा थापाको नाम अग्रपंक्तिमा रहेकाले कसैकसैले पहिलो प्राइममिनिस्टर पनि भनेका छन् ।
पुरा पढ्नुहोस्

नेपाली झन्डाको विरासत

हरिराम जोशी, श्रावण १६, २०७६

संसारकै प्राचीनमध्येमा पर्ने नेपालको राष्ट्रिय झन्डाका विषयलाई पछिल्लो समय राजनीतिक रङ पनि दिन खोजियो ।
पुरा पढ्नुहोस्

चीनलाई नेपालको सैनिक सहयोग

हरिराम जोशी, श्रावण १०, २०७६

नेपाल सानो र गरिब राष्ट्र भए पनि विशाल देश चीनलाई सैनिक सहयोग गरेको गर्विलो इतिहास छ । नेपालले चीनलाई सैनिक सहयोग मात्र नगरेर आफ्नो प्रभावसमेत त्यहाँ विस्तार गरेको थियो ।
पुरा पढ्नुहोस्

यसरी राखियो काठमाडौँ

हरिराम जोशी, असार २६, २०७६

प्रसिद्ध सम्पदा काष्ठमण्डपको नामकरणबारे इतिहासकारबीच खासै विवाद छैन । तर काष्ठमण्डपबाटै हालको राजधानी सहर काठमाडौँको नाम राखिएको समय सन्दर्भबारे इतिहासकार तथा विभिन्न कालखण्डका वंशावलीले यसको आधार प्रस्ट्याउन सकेका छैनन् ।
पुरा पढ्नुहोस्

गुठीको जन्म र विवाद

हरिराम जोशी, असार २०, २०७६

संस्कृतमा गोष्ठीको अपभ्रंश भई चलनचल्तीको भाषामा गुठी भएको हो । समाज, संस्कृति, राजनीति, अर्थ, धर्म, दर्शन आदिबारे छलफल चलाउने व्यवस्था नै गोष्ठी/गुठी हो ।
पुरा पढ्नुहोस्

राज्यकै संरक्षणमा सखाप सम्पदा

हरिराम जोशी, असार १२, २०७६

लिच्छवि तथा मल्लकालीन राजा–महाराजाले काठमाडौँ उपत्यकामा थुप्रै मठमन्दिर, पुरातात्विक सम्पदा स्थापना गरे ।
पुरा पढ्नुहोस्