साहित्य

[पुस्तक समीक्षा] युद्धका ती दिन : एक पत्रकार महिलाको भोगाई

माधव बस्नेत, श्रावण २८, २०७६

युद्ध कति निर्मम हुन्छ भन्ने अनुभव संग्रह हो, यो पुस्तक । युद्धको प्रत्यक्ष मार नदेख्ने/नभोग्नेका लागि राम्रो खुराक छ यसमा ।
पुरा पढ्नुहोस्

हाङयुग अज्ञातका तीन किताब

हाङयुग अज्ञात , श्रावण २७, २०७६

होमरका इलियड ओडिसी तथा पूर्वीय महाकाव्य रामायण महाभारततिरको प्रवेशद्वार नै श्रीमदभगवद्गीता हो, मेरा लागि विश्वका ठूल्ठूला विद्वान्ले समेत पढेको श्रीमदभगवद् गीताको दार्शनिक पक्षले मलाई सधैँ आकर्षित गर्छ

हिन्दी भावानुवादसहितको संस्कृत श्रीमदभगवद् गीता सुरुमा आम बुझाइजस्तै श्रीकृष्णलाईभगवान्को तहमा राखेर पढेको थिएँ भने पछिल्लो समयचाहिँ उनलाई विद्वान् मानिसकै रुपमा बुझ्छु श्रीकृष्णको पूजा गर्दै विश्व शान्तिको कुरा गर्नु भने शोभनीय हुँदैन विश्वेश्वरप्रसाद कोइरालाको हिटलर यहुदीमा पनि गीताबाट प्रभावित भएर युद्ध गरेको दाबी गर्छन्, हिटलर त्यसैले गीतालाई राम्ररी बुझ्न सकिएन भने विश्वमै हिंसा मात्रै हुने भयो

धर्मको नाममा मान्छे मार्दा फरक नपर्ने तर्क गर्छन्, श्रीकृष्ण यदि कोही कसैलाई देवत्वकरण नगरीकन धार्मिक ग्रन्थ पढ्न नसकिने परिस्थिति आइलागे अर्जुनलाईभगवान्बनाउँदा हुन्छ अर्जुनले रणमैदानमा सबै आफन्तजन देख्छन् अझै बृहत्तर ढंगले सोच्ने हो भने कसलाई मार्नु, सबै मान्छे हुन् भन्ने मनोभावले अर्जुनलाई निर्देशित गरेको देखिन्छ चीनमा पनि सुन जूको प्रसिद्ध पुस्तक आर्ट अफ वारबाट प्रभावित भएर माओले युद्ध गरेको दाबी सुनिन्छ

गीता पढ्दापढ्दै मैले पश्चिममा दर्शनको इतिहास चहारेँ साथै यताका उपनिषद् पनि हेरेँ सोपेनहावरजस्ता जर्मन दार्शनिकले उपनिषद्बाट आफ्नो विचारलाई विकास गरेको देखिन्छ उपनिषद्लाई शुद्ध हिन्दु दर्शनको रुपमा पाएँ, जहाँ आफ्नो अस्तित्व खोज्ने प्रयास गरिन्छ लाग्यो, यी ग्रन्थभित्र मेरो समुदाय छैन मेरै समुदायचाहिँ केमा ?

स्कुल अध्ययनमै फाल्गुनन्दको जीवनी पढिसकेको थिएँ पछि काठमाडौँमा मुन्धुम खोजेर पढेँ हिन्दुको आदिग्रन्थ वेदकै समयमा मुन्धुम पनि रचिएको हुनुपर्छ रामायण महाभारतमा वर्णित समाज विकसित लाग्छ तर मुन्धुमका कथा निकै आदिम लाग्छ त्यसैले मुन्धुमलाई किरातको वेद पनि भनियो होला जसरी वेद उपनिषद्का हाँगा अनेक हुन्छन्, त्यस्तै मुन्धुम पनि धेरै छन्

बैरागी काइँलाकृत सृष्टिवर्णन भने पृथ्वीको उत्पत्तिकथामा केन्द्रित मैले अन्य मिथकका पुस्तकमा हेर्दाजुनसुकै समुदायको पनि आफ्नै खाले धारणा हुँदो रहेछ, लिखित या श्रुति परम्परामा जस्तो, बाइबलले यो सृष्टि सात दिनमा सम्पन्न भएको मान्छ भने कुरानले आठ दिनमा अफ्रिकी मिथक भन्छ, बुमा भगवान्को मुखबाट यो सारा संसार सृष्टि भयो अस्ट्रेलियाली मिथकअनुसार त्यहाँको मानव पुर्खा आकाशबाट झर्यो पछिल्ला कालमा विकसित वैकल्पिक सिद्धान्त भन्छ, पृथ्वीमा मानव जाति अर्कै ग्रहबाट ल्याइयो

मुन्धुमको सृष्टिवर्णनअनुसार यो सृष्टि गर्ने क्रममा आकाशगंगा, सौर्यमण्डल ग्रह बनाउँदाबनाउँदै समय सकिएकाले मूल ईश्वरले अर्को देउतालाई जिम्मा दिन्छन् पानी, रुखपात, आगो आदिइत्यादि बनाउने काम गर्दागर्दै अर्को देउताको पनि समय सकिएपछि फेरि अर्कोलाई हस्तान्तरण गरिन्छ यसलाई हामीले धार्मिकभन्दा सांकेतिक रुपमा बुझ्नु उपयोगी हुन्छ राजनीतिकर्मीले मुन्धुम पढिदिएमा युवा पुस्तालाई देश निर्माणको जिम्मेवारी हस्तान्तरण गर्थे कि !

मुन्धुम वैज्ञानिक नभएको तर्कसँग सहमत छैन १२ वटा घाम लागेको लयदार रोचक कथा , मुन्धुममा कथामा कल्पनाको मात्रालाई पनि बेवास्ता गर्न सकिँदैन तर त्यो समय पनि अहिलेजस्तै बढ्दो वैश्विक तापक्रमले सताएको थिएन भन्न सकिन्न मुन्धुमले जीवको विकास लेउबाट भयो भन्छ भने विज्ञानले पनि पानीबाट भएको दाबी गर्छ बाघ मान्छे दाजुभाइ रहेको कथा पढ्दा लिम्बू लाटोसोझो समुदाय भन्ने नै लाग्दैन मौखिक मुन्धुमलाई पछिल्लो कालमा बैरागी काइँलाले लिपिबद्ध गरिदिएकाले हाम्रो पुस्तालाई सजिलो भएको उनले मुन्धुमी लयमा कविता लेखेर हाम्रा मिथक विम्बलाई अमर मात्रै बनाएका छैनन्, आफैँतिर फर्कन प्रेरित गरेका छन्

विद्यालयमा छन्दकविता पढिरहेको बैरागी काइँलाका कविताहरु पढ्दा अर्थ खुट्याउन नसके पनि छक्कै परेको थिएँ काइँलाका कविताको प्रभाव यति धेरै गडेछ कि पछि मैले आफ्नै कवितामा उनको लय ल्याउने प्रयत्न गरेँ रिमाल, भूपीदेखि समकालीनसम्मका कविमा पश्चिमा प्रभाव तर काइँला मौलिक ढाँचाको बाटो हिँडे आफ्ना कवितालाई भव्य बनाउन चाहने नेपाली कविले उनलाई नपढी धरै छैन

उनका कतिपय कवितामा लिम्बू येबाले फलाक्ने मुन्धुमी मन्त्रको आरोहअवरोह भेटिन्छ लाग्छत्यो कविता विश्व घुम्छ, तत्कालीन विम्बको वायुपंखी घोडा चढेर नेपालमा वर्गीय विभेद मात्रै छैन, जातीय, सांस्कृतिक, क्षेत्रीय लैंगिक विभेद पनि छन् यी मुद्दा नबुझी लेख्नु बेकारै हो काइँलाले सांस्कृतिक विम्बको प्रयोग गरेर कविताको पुरानो एकल जातीय साम्राज्यलाई धक्का दिए

प्रस्तुति  :  गुरुङ सुशान्त

पुरा पढ्नुहोस्

चिनियाँ कवि जिदी माजियाका मर्मस्पर्शी तीन कविता

युयुत्सु आरडी शर्मा, श्रावण २७, २०७६

माजियाका कवितामा जन्मस्थलका नोसुभाषीका पृथक् मिथक, लोकभाका, महाकाव्य र त्यसमा रहेका महानायकको स्तुतिगान गरिएको छ ।
पुरा पढ्नुहोस्

[पुस्तक समीक्षा] रैथाने चेतना

राज माङलाक, श्रावण २२, २०७६

५० को दशकदेखि निरन्तर कविता कर्ममा सक्रिय विमला तुम्खेवा नारी स्वतन्त्रताको पक्षमा उभिएकी लेखिका हुन् ।
पुरा पढ्नुहोस्

निर्भीक यात्रा

मोहना अन्सारी, श्रावण २१, २०७६

अश्वेत महिलाले जन्मभूमि छाडेर अर्को देश गएपछि सामना गर्नु परेका चुनौती छर्लंग पारिएको छ, बिकमिङमा । मिसेल ओबामा लिखित यो पुस्तकमा उनको जरा मात्रै होइन, अभाव र संघर्षबीच अगाडि बढेको जीवन–चित्र पनि कोरिएको छ ।
पुरा पढ्नुहोस्

(पुस्तक समीक्षा) राजदूतका अनौठा अनुभव

योगेश ढकाल, श्रावण १५, २०७६

मुलुकको बाहिरी मुहार हो– राजदूत । अन्तर्राष्ट्रिय समुदायले जसको चेहराबाट मुलुकलाई नियाल्छ । देशीय सम्बन्धको आयतन फराकिलो होस् वा साँघुरो, त्यो पनि राजदूतको औकातमा गुड्छ ।
पुरा पढ्नुहोस्

मेरो कथा खाली–खाली पिँजडामा खोज...

देवेन्द्र भट्टराई, श्रावण १४, २०७६

७० को दशकपछि अनि देउराली रुन्छ नाटक लिएर मुखिया दार्जिलिङ, कालिम्पोङ, गान्तोक, मङ्पु हुँदै काठमाडौँमा उत्रिएपछि उनको नामकामै अर्को बन्यो ।
पुरा पढ्नुहोस्

अरुन्धतीको आँट

विष्णु सापकोटा, श्रावण १४, २०७६

बौद्धिक–तार्किक लेखनको ताकतकै कारण अरुन्धतीका कुनै पनि पुस्तक नबिराई पढ्न मन लाग्छ । सत्ता–संस्थापनले लाद्ने अधिनायकत्वविरुद्ध उनी निर्धक्क प्रश्न उठाउँछिन् ।
पुरा पढ्नुहोस्

पदयात्रा

श्रवण मुकारुङ, श्रावण १३, २०७६

तिमीलाई पछ्याउँदा पछ्याउँदैपैतालाबाट यस्तरी रगत बगेकोपत्तै पाइनछु मैलेकाँडा बिझेछ
पुरा पढ्नुहोस्

[पुस्तक समीक्षा] संघर्ष र साधना

गुरुङ सुशान्त, श्रावण ८, २०७६

श्रोता–पाठकलाई लाग्न सक्छ, ती संस्कृतिकर्मीका जीवनका उकाली–ओराली कस्ता होलान् ? रामेशको बालापन जीवनकोले जिज्ञासु पाठकलाई केही उत्तर दिन्छ ।
पुरा पढ्नुहोस्

फेसबुक–ट्वीटर छाड्दा

जीवन क्षत्री, श्रावण ८, २०७६

डिसेम्बर २०१६ मा सामाजिक सन्जाल छाड्दा लागेको थियो, ट्वीटर र फेसबुकबाट यो मेरो अस्थायी बहिर्गमन हुनेछ । दैनिक जीवनको अभिन्न अंग बनिसकेका ती माध्यम सधैँका लागि छाड्न सकिन्छ भन्नेमा म विश्वस्त थिइनँ ।
पुरा पढ्नुहोस्