नोटबुक

‘भाग मिल्खा भाग’

रविराज बराल, कार्तिक २८, २०७६

हिलो घटनाबाट शिक्षा लिएपछि दोस्रो घटनामा भने मैले बुद्धि पुर्‍याएँ । १०० मा फोन गर्ने टन्टो गरिनँ । प्रहरी बोलाउँछु भनेर पनि धम्क्याइनँ । सिधै ज्यान जोगाएँ ।
पुरा पढ्नुहोस्

राजदूतका दुःख

देवेन्द्र भट्टराई, कार्तिक १५, २०७६

अवैतनिक दूत, महावाणिज्यदूत, वाणिज्यदूत, सद्भावना दूत, पर्यटन दूत आदिमाझ भेटिए- अमेरिकास्थित साँच्चिकै दुई राजदूत अर्जुन कार्की (वासिङ्टन डीसी) र अमृतकुमार राई (स्थायी प्रतिनिधि, न्युयोर्क) ।

कूटनीतिक सेवाबाहिरबाट एकाएक उदाएका कार्की आफ्नो ४ वर्षे कार्यकाल टुंगिएर पनि राजनीतिक निगाहमा केही महिना थमौती पाएर बसिरहेका प्रतिनिधि पात्र थिए । राई भने कूटनीतिक सेवा भए पनि उस्तै राजनीतिक छत्रछायामा पालोक्रम मिचेर राष्ट्रसंघमा स्थायी दूत बनेर १० महिनाअघि मात्रै न्युयोर्क उत्रिएका थिए ।

कार्की डीसीमा ८० करोडको राजदूत निवास किनेर विवादमा आएका र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को झन्डै ५५ अर्ब रुपैयाँको अमेरिकी सहयोग नेपाल ल्याउन माध्यम बनेर स्याबासी पाएका पात्र थिए । राई भने सनातनी राष्ट्रसंघीय कर्मकाण्डमै कहीँ-कतै हराइरहेका पात्र थिए ।

केही अपारदर्शी कर्म र नचाहिँदो सरोकारमा जोडिएर अमेरिकाका धेरै पत्रकारले कार्कीलाई प्रश्न सोध्ने गरेका रहेछन्- भूकम्पमा उठाएको पैसा खोइ ? ८० करोडको निवास किन चाहियो ? त्यो निवास किनेको लेखापरीक्षण गराउन किन महालेखा परीक्षकलाई नै बोलाउनुपर्‍यो ? दूतावासका गतिविधि किन पारदर्शी हुँदैनन् ? आदि-इत्यादि । अनेकानेक यी प्रश्नको जवाफ दिइरहनुको दुःख आफ्नै होला । त्यही भएर यस्ता प्रश्न गर्ने पत्रकार, जिज्ञासुलाई राजदूत कार्कीले फेसबुक, ट्वीटर सबैतिर 'ब्लक' हान्ने रहेछन् । न रहे बाँस, न बजे बाँसुरी ।

यही मेसोमा न्युयोर्कको स्थायी प्रतिनिधि कार्यालयमा भेटिएका राजदूत कार्कीलाई एमसीसीको अवरुद्ध स्थिति, डीसी दूतावासमा उठेका अपारदर्शी कुराबारे जिज्ञासा राख्ने अवसर मिलेजस्तै भयो । तर कार्कीको उस्तै दुःखको जवाफ सुनियो- मैले मेरा विभागीय मन्त्री र मन्त्रालयलाई सबै जवाफ दिने हो । तपाइर्ंलाई किन दिने ? मेरो जवाफ मन्त्रीलाई सोध्नुस् । यसरी एकै निमेषमा राजदूतको दुःख थाहा पाइयो ।

तेलभिसामा अमेरिका

ड्रयागन एयरलाइन्स हुँदै हङकङ लाग्यौँ, जहाँ ट्रान्जिटै थियो १२ घन्टाको । ट्रान्जिट के भन्नु, दुःख, हैरानी, कुन्ठा र बेचैनी बिसाउने चौतारी ।

"लौ है, मामु-बाबा जसरी नि आइस्योस्, यहाँ नातिनातिनाले खुबै मिस गरेका छन् भनेर यसपाला पनि बोलाए । अनि बाटा लाग्यौँ," नेपालगन्जका उमेरमा ६० नाघेका एक जोडी श्रेष्ठ थरका बाआमाको कुरा सुरु भयो ।

"यत्राको मिस गर्छन् ? ती छोराबुहारीले काममा जान, छुट्टीमा बाहिर घुम्न पाएनन् अनि हामीलाई नातिनातिना हेर्न बोलाएका हुन् । कुरा नबुझेको हो र ?" ३ वर्षअघि मात्रै तेलभिसामा अमेरिका आएर नातिनी हुर्काएर गएकी हजुरआमाले तुरुन्तै कुरा काटिन् ।

"हो नि, मेरो नि तेलभिसै हो । अर्को साता छोरीका सन्तान हुँदै छन्," अर्की भोजपुर मूल घर भएकी राई आमाले थपिन्, "मलाई काठमाडौँको अमेरिकी दूतावासमा बस्नेले पनि आमै तपाईंको तेलभिसा रहेछ भनेको थियो । होला त नि भनेर हिँडेकी ।"

"हामी सबैको अमेरिका जाने भाग्य भनेको कि त छोराछोरीलाई डीभी परेर हो, कि हामी तेलभिसामा छानिएरै हो," झापा दमकका एक पूर्वशिक्षक पनि यही चक्करमा मेरिल्यान्ड हिँडेका रहेछन्, "हाम्रा लागि अमि्रका भनेको बर्मा गयो कर्मजस्तै न हो, उही छोराबुहारीलाई भात पकाउने, नातिनातिना हेर्ने अनि ६ महिनामा यही बाटो घर र्फकने । यही हो, अलिक ठूलो पिलेन चढियो भन्ने मात्रै ।"

कठै ! मेरा भानिज

कोही जहानले भरेको डीभी परेपछि र कोही जहानको जोडबल चलेपछि ४ वर्षअघि अमेरिका पुगेका भानिजद्वय सुवास (आँगन) र प्रमोद (लारुम्बा) यसपाला बाल्टिमोरमा भेटिए । उनीहरुले अमेरिकाको घन्टे-जीवन र किस्ताबन्दी सपनाबारे हाँसीखुसी बताए । दुई भानिजका गाडी, घर, रसिलो जीवन देखेर उल्का लाग्यो तर अपराह्नमा यसो कुना पसेर दुःखसुखका बात मार्न थालेपछि तिनका गह भरिन्थे ।

एक साँझ भानिजहरु आ-आफ्ना घन्टा कटाएर सपिङ मार्टमा आइपुगे । अनि, भाइबर खोलेर सूची टिप्न थाले- आइफोन सेभेन प्लस ३ वटा, चार्जर २ वटा, माछाको तेल ५ बट्टा, खैनीको अम्मल छुटाउने निकोटिन गम २ प्याकेट, लार्ज साइज होजियारी २ वटा, सुगर फ्री चकलेट ३ प्याकेट, बिल्लो द बेल्ट जेल, लोरियल क्रिम ३ थान आदि-इत्यादि ।

हैट्, मेरा भानिजद्वयको दुःखको सूची अझ लम्बिँदै थियो । बरु अमेरिकी किस्ताबन्दी जीवन धेरै सजिलो हो कि ? झन्डै हतास मुद्रामा पुगेका भानिजमध्ये एकलाई फेरि मेसेज आयो, भद्रपुरबाट लीलाप्रसाद भिनाजुको- 'ए साला केटा, मलाई नाकको रौँ उखेल्ने मिसिन जसरी नि पठाइदे है । रौँ बढेर मुस्किलै भो...।'

मेरा अमेरिकी भानिजको साह्रै दुःख लाग्ने दुःख !

पुरा पढ्नुहोस्

स्वदेशीलाई विभेद

गोकर्ण गौतम, कार्तिक ६, २०७६

सिनेमा अभिव्यक्तिको माध्यम हो । त्यसैले संविधानमै अभिव्यक्ति स्वतन्त्रता भएको नेपालमा सेन्सर परिकल्पना हुँदैन । तर सिनेमा सेन्सरको पञ्जाबाट मुक्त छैन ।
पुरा पढ्नुहोस्

विस्थापितको देपूजा

नेपाल संवाददाता , आश्विन २८, २०७६

०७२ सालको भूकम्पले यहाँका भवनमा क्षति पुगेपछि देवस्थल पनि अस्तव्यस्त हुन पुग्यो । त्यसमाथि धरहरा पुनर्निर्माण भन्दै यो क्षेत्रमा व्यापारिक टावर बनाउने क्रममा देवस्थल थप उपेक्षित हुन पुगेछ ।
पुरा पढ्नुहोस्

नदोहोरिऊन् काण्ड

जनक नेपाल, आश्विन १४, २०७६

दसैँको सांस्कृतिक महत्व नै बिटुल्याउने गरी अर्को काण्ड भने नदोहोरियोस् । ओहोदाधारी, नेता-कार्यकर्ता र शुभेच्छुकका निम्ति अहिलेलाई यत्ति नै शुभकामना !
पुरा पढ्नुहोस्

सेनाका पत्याइनसक्नु गफ

मनबहादुर बस्नेत, आश्विन ७, २०७६

सैनिक जंगी अड्डाले ३१ भदौमा तात्तातो खबर पस्कियो, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने सैनिकको भत्ता बढाएको ।
पुरा पढ्नुहोस्

श्रापको ध्वाँस

विप्लव भट्टराई, भाद्र ३१, २०७६

मंसिर ०७५ मा पश्चिम बंगालको राजधानी कोलकाता घुम्ने लक्ष्य थियो, कालीमन्दिर दर्शन । हिन्दु धर्मावलम्बीले श्रद्धासाथ पुज्ने मन्दिर पुग्दा भने त्यहाँको वातावरणले मन अमिलो भयो ।
पुरा पढ्नुहोस्

भिडियो संवाद कि मन्त्रिपरिषद् ?

यम बम, भाद्र २५, २०७६

उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले \'टेलिकन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सकियो\' भनी ट्वीट गरे, ९ भदौमा ।
पुरा पढ्नुहोस्

चोर्न लगाउने आमिर

गोकर्ण गौतम, भाद्र १९, २०७६

लेखक रोबिन भट्टलाई हलिउडका उत्कृष्ट २० पटकथा नामक पुस्तक थमाउँदै आमिर खानले भनेछन्, ‘यहाँमध्ये मेरा लागि एउटा स्क्रिप्ट छान्नुस् र हिन्दीकरण गर्नुस् ।’
पुरा पढ्नुहोस्

इतिहास मेटुवा अख्तियार

मनबहादुर बस्नेत, भाद्र ९, २०७६

भ्रष्टाचारविरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइट खोल्नासाथ हाइलाइट गरिएको यो नारा देखापर्छ ।
पुरा पढ्नुहोस्

शम्भु राईका फ्यान सिक्किमे मन्त्री

पर्वत पोर्तेल, भाद्र २, २०७६

चाम्लिङको सत्ताच्युत र नयाँ शक्तिको उदयसँगै जनतामा उब्जिएका अनेकन आशंका, नयाँ सत्ताका चुनौतीप्रति नाटकले घुमाउरो पारामा व्यंग्य कसेको देखिन्थ्यो ।
पुरा पढ्नुहोस्