व्यक्तिचित्र

खाँटी अनुवादक

राजकुमार बानियाँ, कार्तिक २५, २०७६

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् ।
पुरा पढ्नुहोस्

क्यानभासमा पार्क

सुनिता लोहनी, कार्तिक १८, २०७६

कला कलाका लागि कि मान्छेका लागि ? मिलन राई, ३४, लाई यो प्रश्नले खुबै लखेटिरह्यो । क्यानभासमा कुचीमा रमाउने उनको मन छट्पटिन थाल्यो । उनी कला धनीका निम्ति मात्र होइन, सबै वर्गका लागि बनाउन चाहन्थे । कला सजाउने, चाखलाग्दो मात्र नभएर सामाजिक 'कज' लाई सम्बोधन गर्ने बनाउन चाहन्थे, उनी । त्यसपछि उनले पब्लिक आर्ट थाले तर जनतामा पुगेन । त्यसपछि के गर्ने भनेर सोच्दासोच्दै घुम्न निस्के ।

उत्तरको खोजीमा यायावरझैँ भारततिर हिँडे । भारतका मनमोहक ठाउँ डुले । जता गए पनि उनका आँखाले पुतली भेटे । भन्छन्, "म त गहिरो कुरा सोचिरहेको थिएँ । तर जीवनको अर्थ साधारण कुरामा लुकेको हुँदो रहेछ । जब जहाँ पनि पुतली देखेँ, जीवन महसुस गरेँ ।" उनले सेतो कागजलाई पुतलीको आकारमा काटे र त्यो विभिन्न ठाउँमा राख्न थाले ।

उनको पुतली यति धेरै प्रभावित भयो कि बिस्तारै ती उड्दै विदेश पुगे । अहिले ४० देशमा मिलनले बनाएका पुतली उडिरहेका छन् । उनले पनि विदेश घुम्ने मौका पाए । त्यहाँ सार्वजनिक स्थलमा कला नै कला । उनीहरुको त सरकारकै नीति हुँदो रहेछ- मान्छेको जीवन जीवन्त बनाउन पार्क एवं सार्वजनिक स्थलमा आर्ट राख्ने ।

त्यसपछि मिलन काठमाडौँ महानगरपालिका गए, पब्लिक आर्टको योजना लिएर । महानगरपालिकामा कलाकार भन्नेबित्तिकै कि मूर्ति बनाउने, कि थांका कोर्ने या क्यानभासमा उतार्नेबाहेक अन्यलाई आर्टको रुपमा बुझ्ने चलन थिएन । महानगरपालिकाले निवेदन माग्यो । उनले लेखेरै दिए तर सुनुवाइ भएन । ललितपुर महानगर पुगे पनि उनको काम बनेन ।

उनले दुई वर्षअगाडि काठमाडौँको धुँवाधुलो देखेर आर्टले अब समाजको विषय सम्बोधन गर्नुपर्छ भन्ने सोचाइ लिए । समस्या मात्र औँल्याउने होइन, समाधान पनि दिन सक्नुपर्छ । माइतीघरमा घोक्रो सुकाएर या फेसबुकमा लेखेर मात्र हुँदैन । शासकसम्म पुग्न फरक उपाय अपनाउनुपर्छ भन्ने उनलाई लाग्यो ।

पहिले ग्यास मास्क लगाएर बाटोमा निस्के, काठमाडौँको धुँवाधुलो सहन सक्दिनँ भनेर । बाटोमा मान्छेले हेरे । फेसबुकमा अपलोड गरे । धेरैबाट त्यसको प्रतिक्रिया राम्रो आयो । त्यसपछि उनी ग्यास मास्क लगाएर महानगरपालिका पसे । यस पटक उनी पहिलाजस्तो निवदेन लिएर गएनन् । पुराना निवेदन डस्टबिनमा फालेको सम्झना ताजै थियो । कार्यालय आएका अन्य सेवाग्राहीभन्दा म भिन्न छु, मेरो विषय फरक छ भनी देखाउन उनले ग्यास मास्क लगाए ।

मास्क लगाएका कारण महानगर कर्मचारीले उनको अनुहार भुल्न सकेनन् । चित्रको भाषामा यसलाई इम्प्रेसन भनिन्छ । कुनै पर्फर्मेन्स आर्टिस्टले जस्तो दिनहुँ पर्फम गरे । मेयर भेट्न पर्खनुपर्‍यो । उनी दिनको दुई घन्टा काठमाडौँ अनि त्यत्ति नै समय ललितपुर महानगरका मेयर भेट्न कुरेर बस्थे । कहिले भोलि, कहिले एक सातापछि आऊ भन्थे । उनले सही दिनको सही समय कुर्नुबाहेक अर्को विकल्प थिएन ।

कहिले २, कहिले ४ त कहिले ७ घन्टासम्म कुर्दाकुर्दै उनले १४ महिना दुवै महानगर धाइरहे । यसलाई उनी अहिलेसम्मकै सबैभन्दा लामो पर्फरमेन्स आर्ट भन्न रुचाउँछन् । बाटोबाट सुरु भएको उनको पर्फरमेन्स आर्ट कार्यालय पुग्यो । एउटा समय यस्तो पनि आयो कि कुनचाहिँ पर्फरमेन्स आर्ट हो र कुन दैनिकी ? छुट्याउन मुस्किल भयो ।

मिलनलाई यो प्रोजेक्ट नभई जीवनको प्रक्रिया हुन पुग्यो । यति धेरै धैर्य कहाँबाट आयो त ? उनी पर्फरमेन्स आर्ट गर्दा सही सन्देश दिन नियममा बसे र पुतली प्रोजेक्ट गर्दा धेरै समय प्रकृतिको साथमा बिताए । त्यसैले पनि यो धैर्य आयो होला । प्रकृतिलाई कुनै हतार हुँदैन्ा । तर उनले त्यहाँ गरेको पर्फमेन्स आर्ट फेसबुक पेजबाट लाइभ गर्न थाले । उनलाई लाग्यो, "महानगरपालिका ध्यान केन्द्र भन्दै छिर्छु । यहाँ आफ्नोे होइन, उनीहरुको कुरा सुन्नुपर्छ ।"

कार्यालयमा मेयर कुर्ने समय उनी त्यहाँका कर्मचारीसँग कुरा गर्थे । उनीहरुका कुरा सुन्थे अनि बिस्‍तारै आफ्नो कुरा राख्थे । समाजमा मानव कसरी सञ्चालित हुन्छ ? उनी जानकार छन् । समुदायको अनुभव सुनाउँदै भन्छन्, "समुदायमा काम गर्दा मलाई मान्छेले धेरै खालको सल्लाह दिए । कुनै ठाँउमा काम गर्न जाँदा भने त्यस विषयमा सबै जान्न्ो पल्टन्छन् । जब उनीहरुलाई सोही काम दियो, सबै पन्छिन्छन् । यो मानवीय गुण हो । यो सबै सुन्नुपर्छ अनि उनीहरुबीच काम लिने ।"

मिलनले शनिबार पनि कार्यालय धाए । अन्ततः ललितपुरका मेयर भेटे । मेयरले 'तपाईं त पागल हुनुहुँदो रहेछ, यसरी त कोही धाउँदैन' भनेछन् । अनि मेयरले कार्यालयका सबै कर्मचारीलाई बोलाए र उहाँ आर्टिस्ट हो, उहाँको काम सजिलो बनाइदिनू । काम ढिलो नगरिदिनू भने । यसले केही सहज भएको मिलन सुनाउँछन् । तर कर्मचारीको बानी उही पुरानै । प्रधानमन्त्री नै भेष बदलेर गए पनि उनको काम समयमै नहुने ।

धरानमा जन्मेका मिलन स्कुले जीवनमा कहिल्यै रम्न सकेनन् । ८ कक्षा पढ्दापढ्दै उनको पढाइमा विराम लाग्यो । तर पार्कमा पब्लिक आर्ट बनाउन उनले राती २ बजेसम्म आर्किटेक्ट पढ्थे । उनले काठमाडौँका भित्ता फोहोर थिए । तिनमा ग्रीनक्लाइम्बर (बिरुवा) भट्रिकल गार्डेन बनाए । पुलचोकको पुलमुनि पनि सचेतनामूलक आर्ट कोरे । उनले सात महिनासम्म यस्तो काम गरे ।

जीवनमा उकालीओराली गर्दागर्दै मिलन हार्वर्ड विश्वविद्यालय पुगे । त्यहाँ उनले कलाका अनुभव आदानप्रदान गरे । हार्वर्डको अनुभव उनी यसरी सुनाउँछन्, "म ब्रह्मान्डको सबैभन्दा पि्रय बच्चा हुँ । सबै मेरो पढाइका पछि लागे । कति पढ्यो भनेर सोधिरहे तर आर्टले मलाई हार्वर्ड पुर्‍यायो ।"

उनले फेसबुकमा भिजिट नेपाललाई इज इट नेपाल भनेर ग्यास मास्क लगाएको फोटो पोस्टाए । मिलनलाई संयोजक सुरज वैद्यले भिजिट नेपालको काम गर्न हौस्याएकै कारण काठमाडौँमा ५ सय बिरुवा रोपे । वैद्यले नै मिलनलाई फाउन्डेसन खोलिदिए, वृक्ष । उनैको फाउन्डेसन वृक्षमा निमा मार्टिन शेर्पा, निर्देशक मीनबहादुर भाम, मिस नेपाल शृंखला खतिवडा जोडिएका छन् ।

रुख रोपेर मात्र पुग्दैन, त्यसलाई संरक्षण गरेर सहरमा हरियाली र पार्क बनाउनु जरुरी छ । यसका लागि टिम भएकामा उनी खुसी छन् । अबको समय चौतारी मात्र बनाएर पुग्दैन । सर्वसाधारणलाई पार्कमा आकषिर्त गर्न 'इन्नोभेटिभ' बनाउनु जरुरी रहेको मिलन सुनाउँछन् ।

आर्टिस्टिक पार्क बनाउन सके मालीले काम पाउँछ, आर्किटेक्टले काम पाउँछ । यसरी कलाबाट सामाजिक उद्यमी हुन सकिने मिलनको बुझाइ छ । १२ वर्षअगाडि पहिलो एकल पेन्टिङ प्रदर्शनी गरेका मिलन अब आफ्नो क्यानभास आना होइन, रोपनी भएको बताउँछन् । भन्छन्, "पहिला मेरो पेन्टिङ ग्यालरीमा हुन्थ्यो भने अब पार्क हो, जहाँ बच्चादेखि वृद्ध रम्न सकून् ।"  

पुरा पढ्नुहोस्

सम्बन्धका सेतु

गोकर्ण गौतम, कार्तिक १४, २०७६

अनेक रङका कपडा जोडेर मनीषले १ सय ८ मिटर लामो प्रतिस्थापन कला तयार पारेका थिए । यसलाई नाम दिइएको थियो, \'भर्टिकल वेभ\' ।
पुरा पढ्नुहोस्

थिएटर स्कुल जानुजस्तै

गोकर्ण गौतम, कार्तिक ५, २०७६

"थिएटर मेरा लागि फेरि स्कुल जानुजस्तै हो । हरेक पटक नयाँ कुरा सिक्न पाइन्छ । नत्र त आफू रित्तिएझैँ छटपटी हुन्छ । आत्मिक सन्तुष्टिका लागि पनि नाटक खेल्छु ।"
पुरा पढ्नुहोस्

क्यामरा-बाज

गोकर्ण गौतम, आश्विन २७, २०७६

यो समय नेपाली सिनेमाको छायाकारमध्ये पुरुषोत्तम सबभन्दा अगाडि देखिन्छन्, संख्या र गुणात्मक दुवै कोणबाट । ५३ फिचर फिल्म खिचिसके, ५ रिलिज हुन बाँकी छन् ।
पुरा पढ्नुहोस्

विजय-पथ

गोकर्ण गौतम, आश्विन १२, २०७६

नेपाली रंगमञ्च र फिल्ममा विजय स्थापित कलाकारमा दर्ज भएका छन् । हास्यपरक होस् वा गम्भीर, सहरिया होस् वा गाउँले, रिसाहा होस् वा सोझो, जुन चरित्रमा पनि जीवन्त लाग्छन् ।
पुरा पढ्नुहोस्

सञ्जीवको अर्कै खेती

राजकुमार बानियाँ, आश्विन ७, २०७६

१२ वर्षपछि सञ्जीव उप्रेती, ५६, को दोस्रो उपन्यास आउँदै छ, हंस । दोस्रो किताब लेखकका लागि चुनौतीपूर्ण हुन्छ ।
पुरा पढ्नुहोस्

जोगी आत्मा

गोकर्ण गौतम, भाद्र ३०, २०७६

बनारस हिन्दु विश्वविद्यालयबाट फाइन आर्टमा स्नातकोत्तर गरेर फर्किएको तीन वर्षपछि किरण मानन्धर फ्रान्स गए, सन् १९८३ मा । साथमा थिए, उनका १५ पेन्टिङ ।
पुरा पढ्नुहोस्

गुलाबी कथावाचक

राजकुमार बानियाँ, भाद्र २२, २०७६

अमर न्यौपानेको नयाँ उपन्यासमा किशोरी मनोविज्ञान
पुरा पढ्नुहोस्

नदीपुर थिएटर

गोकर्ण गौतम, भाद्र १८, २०७६

अपराध र राजनीतिको जालोले समाजलाई कसरी अमानवीकरणतिर लग्दै छ भन्ने नियति नाटकमा प्रतिविम्बित हुन्छ ।
पुरा पढ्नुहोस्

बाँकी जीवन शून्यतामा बित्ने हो कि !

गोकर्ण गौतम, भाद्र २, २०७६

रहरैरहरमा गाएका थिए उनले । संगीत ज्ञान थिएन । तर त्यो गीत ओमविक्रमले आफ्नै लागि गाएझैँ भयो । किनभने उनले जीवन नै संगीतमा समर्पण गरे ।
पुरा पढ्नुहोस्