दसैँ साहित्य

अबिर

युमा, आश्विन १६, २०७६

हारको इतिहाससँगकुनैसरोकार छैन मेरोजितकोपछि-पछि छु मसधैँ
पुरा पढ्नुहोस्

डायन

आन्विका गिरी, आश्विन १६, २०७६

रामचन्दरसँग स्कुलमा हाजिर भएकै दिन भेट भएको थियो भेट हुनु स्वाभाविक पनि थियो स्कुलको पियन अनि अंग्रेजी पढाउने नयाँ मास्टर हेडसर विमलेश्वरले सबैसँग चिनाउँदा रामचन्दरसँग पनि चिनाए, 'अलि धेरै बोल्छ तर सब काम गर्छ तपाइर्ं यहाँ नयाँ हुनुहुन्छ, केही चीज जरुरत भयो भने यसलाई अह्राउनुहोला '

उनले रामचन्दरलाई मलाई धेरै बोलेर दुःख नदिन पनि भने, 'बेसी बकबक नै करियही ! '

रामचन्दर हेडसरको कुराले मुस्कायो उचाइमा मभन्दा अलि अग्लो रामचन्दरका आँखा भित्र धसेका थिए ज्यान ठिक्कको थियो बाइस काटेजस्तो लाग्दैनथ्यो कपाल बायाँ सिउँदो पारेर तेल लगाएर कोरेको थियो सर्ट, पाइन्ट मिलाएर लगाएको आफैँकुनै मास्टरझैँ नै देखिन्थ्यो कपाल मिलाउँदा देखेँ, उसको निधारमा खत निधारमा खत मेरो पनि थियो त्यसैले पनि रामचन्दर मलाई नजिकको लागिहाल्यो, अरु बातचित हुन पाएकै थिएन

वीरगन्जबाट एकैचोटि मेरो सरुवा धनुषा भएको थियो मलाई बुटवल जाने चाहना थियो परिवार उतै थियो तर चाहेजस्तो भएन सोर्स पनि लगाएकै हो तर सोर्सको फोर्स दह्रो रहेनछ अनि चित्त बुझाएर यो फिरकवाँ गाउँमा आइपुगेँ

रामचन्दरसँगको भेट स्कुलमा मात्र सीमित भएन मेरो बसोबासको व्यवस्था रामचन्दरकै घर नजिक हरिश कायस्थकहाँ भएकाले उसकै साइकलमा चढेर स्कुल आउने-जाने गर्न थालेँ बस्ने ठाउँदेखि दस मिनेटको दूरीमा भएको स्कुलमा रामचन्दर साइकलमै जान्थ्यो भर्खरै बिहे गरेको उसले साइकल दहेजमा पाएको थियो भन्थ्यो, 'अब ससुरालीले दिइसकेपछि चढ्नु पर्यो ! मैले सही बात गरेँ कि गरिनँ भन्नुस् ?'

'हो हो', हाँसिदिन्थेँ

हरिश गाउँका मुखियाझैँ थिए उनले भनेको जे पनि चल्थ्यो प्रशस्त जग्गा-जमिन भएकाले पनि उनको भाउ बढी हुने नै भयो अंग्रेजी पढाउने मास्टर भनेपछि उनले स्कुलमा बस्ने कोठा हुँदाहुँदै पनि आफ्ना छोराहरुलाई पढाउन मलाई आफ्नो घरमा राख्न स्कुललाई दबाब दिएका थिए रे ! यो कुरा मलाई रामचन्दरले स्कुल जान थालेको दोस्रो दिनै भन्यो नभन्दै चौथो दिनबाट हरिशका छोराहरु मेरो कोठामा किताब लिएर छिरे मेरो पनि खास काम के नै थियो साँझमा ! मैले पढाउन सुरु गरेँ ठूलो केटो परविन मा सानो केटो सन्तोष मा पढ्थ्यो हरिशले आफ्ना १६ १८ वर्षकी दुई छोरीको बिहे गराइसकेका थिए

'केटाहरुलाई तगडा बनाइदिनुहोला सर,' उनले कुस्ती खेलाउन खोजेझैँ गरेर भने, 'एउटालाई डाक्टर पढाउँछु, अर्कोलाई इन्जिनियर बनाउँछु '

' कोसिस गर्छु', मैले पनि पहलमानी भाषामै भने, 'केटाहरु यसै पनि कमजोर छैनन् '

केटाहरु कमजोर थिएनन् पनि दुवै कक्षामा फस्र्ट थिए माविलाई पढाउन भनेर गए पनि कक्षामा पनि अंग्रेजी पढाउँथे स्कुलमा शिक्षकको अभाव थियो, हेडसरले मलाई विज्ञान पनि पढाइदिन भनेका थिए तर मानिनँ सक्ने कुरै थिएन, त्यसैले मान्ने कुरा पनि थिएन स्कुलमा जति कक्षा माथि बढ्दै गयो, त्यति छात्राहरुको संख्या कम थियो कक्षा १० मा हेडसरकी छोरी मात्र थिई उसको पनि एसएलसी पास गर्नेबित्तिकै बिहे गरिदिने दाउमा थिए, हेडसर

'के गर्नु भन्न नमिल्ने तर हाम्रो विरादरीमा धेरै पढेपछि बिहेको मुस्किल पर्छ', उनले एक दिन मलाई भने, 'प्रत्येक वर्ष महँगाइ बढ्दै जान्छ अनि दहेजको भाउ पनि बढ्दै जान्छ '

रामचन्दर दुसाद जातिको थियो त्यसैले सोझै हरिशको आँगनमा छिरेर मलाई बोलाइहाल्दैनथ्यो

'सर जल्दी करु ! ' बाहिरैबाट चिच्याउँथ्यो, 'अबेर भेलै ! '

कहिले भने आफू आएको संकेत घन्टी बजाएर दिन्थ्यो एक दिन रामचन्दर हरिशको घरअगाडि साइकलको घन्टी बजाइराख्दा उनले भनेको सुनेँ,

'मास्टर बाबुकें निक जका लजाही फेर बीच पैरा मे नै गिरैए '

रामचन्दरले गाउँका सबैबारे मलाई भन्न भ्याइसकेको थियो कसले कसको खेत अधियाँमा गर्छ, को कहाँ कति कमाउँछ ? कसको घरमा भात पाक्छ अनि कसको घरमा रोटी यहाँसम्म कि कसले, कसकी स्वास्नी ताकेको छसम्म भन्न भ्याएको थियो उसका यस्ता कुरामा चासो दिन्नथेँ वीरगन्जमा वर्ष पढाएकाले भोजपुरीमा मिसाएर टुटेफुटेको मैथिली बोल्थेँ स्कुलका धेरैजसो सर वरपरका थिए, हिसाब पढाउन मोरङबाट आएका दीपक चौधरी यतैको रंगमा रंगिसकेका थिए रामचन्दर मेरो भोजपुरी बिगारेर मैथिली सपार्न लागिपरेको थियो त्यसैले स्कुल जाँदा फर्कंदा मलाई मैथिली क्लास पनि दिइरहेको थियो

जनकपुर बजारबाट दस-बाह्र किलोमिटरभित्रको फिरकवा गाउँको बस्ती बाक्लो थियो एकसँग अर्को घर जोडिएका थिए दुई चार घर बाहुनको भए पनि धेरै दुसाद, डोमका नै थिए गाउँबाट बाहिर निस्कनेबित्तिकै एउटा ठूलो पोखरी थियो, जहाँ गाउँलेहरु लुगा धुने, भाँडा माझ्ने दिसा धुने सबथोक गर्थे धेरैले हरिशकै जमिनमा घर ठड्याएका थिए रामचन्दरले पनि गाउँमा धेरैजसो महिला घुम्टोभित्रबाट संसार हेर्थे घरभित्र जे भए पनि बाहिर टाउकोमा हातले नसमाई ढाकी बोक्दा पनि उनीहरु घुम्टो ओढेरै बाटो पहिल्याउँथे मलाई यस्ता दृश्यले अचम्मित पार्छ, धूमिल दृश्यमा पनि गोडा नअलमलिएको देख्दा !

एकाध बूढी महिलाहरुको अनुहार मात्र खुला हुन्थ्यो ती पनि कि विधवा थिए, कि गतिछाडा थिए, रामचन्दरको भाषामा हरिशकी स्वास्नीको पनि घरमा भएका बेला आवाज मात्र सुन्थेँ उनी पनि मलाई देख्नेबित्तिकै घुम्टोभित्र लुकिहाल्थिन् मसँग कमै बोल्थिन् कि प्रवीण कि सन्तोषले नै आमाको काम टार्थे, 'केही चाहियो सर ?'

'हाम्रो चलन यस्तै , सर उनीहरुलाई बानी परिसकेको हुन्छ,' रामचन्दरले बाँकी मैथिलीमा भन्यो, 'घरमे ठिके छै लेकिन बाहर दोसर मरदेके आगु घोघे निक लागैछै '

यो चर्चा मैले हरिशजी हेडसरसँग पनि चलाएको थिएँ उनीहरुको जवाफ पनि रामचन्दरकै जस्तो थियो सोच्थेँ, उनीहरु आफैँले निधो गरेर घुम्टो ओढ्दा हुन् बाहिरको उज्यालो कसलाई मन नपर्दो हो ! मैले पनि उनीहरुलाई  सोधिनँ मैले पनि उनीहरुले मालिक भनेकैसँग जवाफ मागेँ उनीहरुलाई सोध्थेँ भने भन्दा हुन्, आफ्ना कुरा ! अरुलाई सोधेपछि थाहा पाइयो, अरुकै कुरा

रामचन्दरको बुबा पहिला हरिशकै खेत कमाउँथे उनको ढाड दुख्न थाल्नु रामचन्दरले पिउनको जागिर पाउनु एकै साल भयो अनि उनी घरमै बसेर चिलिम तान्न थाले रामचन्दरकी आमा स्वास्नी घरकै भातभान्सामा व्यस्त थिए रामचन्दरकी दिदी मरेपछि भिनाजुले अर्को बिहे गरेकाले उसले भान्जालाई आफूसँगै राखेको थियो, जो सरस्वती माविमै मा पढ्थ्यो

'कमाइ थोरै ,' रामचन्दरको गुनासो थियो, 'बोझ धेरै सर दुबई जान्छु होला ! '

उसलाई देशमै बसेर केही गर्न सकिन्छ भनेर ढाडस दिइरहन्थेँ त्यसताका माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो फिरकवा गाउँमा पनि रातीराती मान्छे हिँड्छन् भन्ने हल्ला थियो स्कुलमा पनि चन्दा संकलनका लागि पत्र आउने कुराले पूरा स्कुल हल्लिएको थियो

'सर दुबई जाने नै भएँ,' रामचन्दरले एक दिन साइकलमा चढ्नेबित्तिकै भन्यो, 'तपाइर्ं देश बन्छ नभन्नु होला गाउँमा माओवादीको बिगबिगी बढ्न थालेको अनि अब मेरी स्वास्नी पनि पेटकी छे '

मैले केही भनिनँ मलाई लागेको थियो, मेरो ढाडसले काम गरिरहेका थियो तर केही दिनमै उसले पियनबाट राजीनामा दियो अर्को नयाँ पियन लछमन काममा आउन थाल्यो

रामचन्दर जाने अघिल्लो साँझ धेरै कर गरेपछि उसको घरमा खाना खान गएको थिएँ उसले आफ्नी आमा, बाउ स्वास्नीलाई चिनायो मैले बाउलाई चिनेँ तर स्वास्नी आमाको नमस्कार भन्ने आवाज मात्र सुनेँ भान्जा सुरेशलाई मैले पहिलेदेखि नै चिनेकै हुँ

'सर गएपछि यो सुरेशको मामीलाई चिठी लेख्न मद्दत गर्दिनुहोला ' रामचन्दरले खाँदै गर्दा भन्यो

'सुरेशले लेखिहाल्छ नि ! ' पन्छिन खोजेँ

'यी चपाट मनक बात कि उतारतै ! ' उसले छेवैमा भएको भान्जाको टाउकोमा देब्रे हातले प्याट्ट हान्यो भान्जो ङिच्च गर्यो

'संकोच नै मानव, मास्टर साहवस मनक बात सबटा चिठीमे लिखबालेबु ! ' उसले स्वास्नीलाई पनि भन्यो, जो भात थप्न तयार भएर अघिल्तिर उभिएकी थिई

मैले ऊतिर हेरेँ, घुम्टोभित्रको उसको मुन्टो हल्लियो

रामचन्दर गएको महिनासम्म मैले जानकीका लागि दुइटा चिठी रामचन्दरको नाममा लेखिदिएँ त्यतिखेरसम्म जानकीले छोरा पाइसकेकी थिई उताबाट आएका तीन वटा चिठी पनि पढिदिएँ पहिलो चिठीमा जानकीले पैसा पाएको ऋण तिरेको कुरा लेखिदिन भनी दोस्रो चिठीमा उसले आफू बसेको जमिन किन्न अलिकति पैसा पुगेन भनेर लेखाई त्यही चिठीमा सुरेशले 'मामी लया लिपिस्टिक किनने है' भनेर लेखिदिनू भन्यो जानकीले नाइँ भन्दाभन्दै पनि मैले लेखिदिएँ उताबाट रामचन्दरको चिठी पनि आइरहेको थियो उसले दिनरात काम गरेको कुरा लेखेको थियो जानकीको यादले उसलाई ताकत दिइरहेको कुरा पनि लेखेको थियो

यस्तैमा रामचन्दरले घरमा टिभी पठायो गाउँभरिमा हरिशको मात्र टिभी थियो, त्यो पनि श्यामश्वेत ! हरिशले २१ इन्चको रंगीन टिभी पठाएपछि गाउँमा रामचन्दर परिवारको भाउ एक्कासि बढ्यो सारा गाउँले उसको आँगनमा भेला हुन थाले एकाध पटक रामचन्दरको ढोकाबाहिर मैले हरिशलाई पनि देखेँ उनका छोराहरुको बासै रामचन्दरकोमा हुन थालेको थियो साँझमा पढाउन पनि मैले उनीहरुलाई उतैबाट बोलाउन लगाउनुपथ्र्यो

रामचन्दरको प्रगति बढिरहेको थियो उसको अब आफ्नै जमिनमा ठडिएको काठकै भए पनि एकतले घर थियो उसले अलिकति खेत पनि किनिसकेको थियो हरिश आफ्ना छोराहरुसँगै सुरेशलाई पनि पढाउने कुरामा मन्जुर भएका थिए पहिला मैले एक पटक कुरा गर्दा उनले मुख बिगारेका थिए बिदामा घर आउजाउ गथेर्ं हरिशको जेठा छोरा दस कक्षा पुगेको थियो बीचबीचमा सरुवाको प्रयास पनि गरिरहेको थिएँ तर काम बनेको थिएन देश बाह्रबुँदे समझदारी हुँदै संविधानको चुनावसम्म पुगिसकेको थियो

रामचन्दरको ठीकठाक चलिरहेको गाडीमा भने उसको बुबाको बिमारले ब्रेक लाग्यो बुबालाई घरि ढाड दुख्ने, घरि मुटु दुख्ने, घरि टाउको दुख्ने , घरि के हुने व्यहोरासहित मैले रामचन्दरलाई चिठी लेखिदिएँ, 'तुा जल्दी ! '

सबै रामचन्दर आउने आशा गरिरहेका थिए रामचन्दर आयो, तर लास बनेर अन्तिम सास उसले उतै दुबईमा फेरेको थियो जानकीले अब हरियो चुरा लगाउन छाडी उसको हातमा सिल्भरको एउटा बाला देखेको थिएँ हरिशकोमा ससुराको उपचारका लागि जमिन किनिदिन अनुरोध गर्न आएकी थिई जमिन बिक्यो तर जानकीको ससुरा बिसेक भएन पनि रामचन्दर गएकै ठाउँमा गयो रामचन्दरले पठाउने कमाइ रोकिएपछि रामचन्दरले जोडेका सबै सामान बेचिन थालेका थिए बिक्ने सिलसिला टिभीबाटै सुरु भएको थियो रामचन्दरको टिभी अब हरिशको बैठक कोठामा थियो टिभी अलिअलि जोडेका गहना, घर, जमिन सबै बिकेपछि जानकी, उसकी सासू वरैयावाली सुरेश पहिलेकै झुप्रोमा बस्न थालेका थिए सुरेशको पढ्न आउने क्रम बन्द भएको थियो मैले उसलाई स्कुलमै नआएको कुरा सोध्न भनेको थिएँ अब अरुको घरमा जबर्जस्ती पढाउँछु भन्न पनि सक्दिनथेँ खासमा मैले स्कुलमै बस्छु भनेको थिएँ तर कहिले माओवादीको त्रास कहिले मधेस आन्दोलनको त्रास देखाएर हरिशले मलाई जानै दिएनन् पनि डराएँ, ज्यानको माया कसलाई पो लाग्दैन !

रामचन्दरको फटाफट उन्नतिको उही क्रममा अधोगतिको साक्षी बनिरहेको थिएँ पतिमा पूरै भर परेकी रामचन्दरकी स्वास्नी, छोरामा आश्रति रामचन्दरका बाउआमा एकदमै असहाय देखिन्थे बाउ धेरै दिन असहाय भएनन् अस्पतालमा बडो कष्टका साथ उनले अन्तिम सास फेरे

गाउँमा पहिला सुक्नाको बयल मर्यो साँझ ठीकठाक गुहालीमा बाँधेको दुइटामध्ये एउटा बयल बिहान लम्पसार परेको थियो पछि वनीलालको कलमा पानी आउन छाड्यो घर र्फकंदा हरिशकी स्वास्नीलाई वनीलालकी स्वास्नी वरैयावालीले दिउँसो उसको कलको पानी खाएदेखि पानी नै आउन छाडेको सुनाउँदै थिई उसले वरैयावालीले सुक्नाको वयललाई घाँस दिएकै दिन उसको वयल मरेको पनि सुनाई आउनेबित्तिकै दुवैले टाउकामा घुम्टो हाले घुम्टोभित्रैबाट वनीलालकी स्वास्नीले भनिन्, 'वरैयावाली हमरा डायन बुझाइय ! '

हरिशकी स्वास्नीले घुम्टोबाटै टाउको हल्लाइन् मैले गाउँका कुरा यस्तै हुन् भनेर केही भनिनँ शिक्षकजस्तो मान्छेले कुनै प्रतिक्रिया नदिई हिँडेपछि पो उनीहरुको मनोबल बढ्यो कि ! आज पनि आफूलाई धिक्कार्छु

पैदलै स्कुल जाँदै थिएँ रामचन्दर गएपछि पैदलै जान्थेँ रामपुरवाली काखमा छोरा बोकेर आउँदै थिई रामपुरबाट विवाह गरेर आएकीले उसलाई सबैले रामपुरवाली भन्थे रामचन्दरकै छिमेकी थिई

'कत्त सँ अबैछे?' मैले सोधेँ

'बेटाके धामी सँ फुकाव गेल छलिय ' उसले सीधा जवाफ दिई, 'जानकी कोरामे लिते बौवा बोकैरदैछै ! '

'पेटमे चाली भगेल होतै ! ' मैले भनेँ, 'डाक्टर सँ देखाले ! '

'छेवैमे मनहुस आदमी भेला सँ डाक्टरके दबाइयो नै काज करतै ! ' उसले छोराको टाउको मुसार्दै भनी, 'हेल्थपोस्टमे क्या बेर गेलियै ! '

'बजारके अस्पताल लक जो ! ' मैले भनेँ, 'ले, धर् '

त्यसको दुई-तीन दिनपछि वरैयावाली जानकीलाई पोखरीको छेउमा कदमको बोटमुनि झोक्राएर बसेको देखेँ साँझको हावा खान निस्केको थिएँ

'बुढिया कथि भेल हौ ? मन खराब हौ ? के भो आमा, सन्चो भएन ?' मैले सोधेँ उसका आँखा भित्रैसम्म धसेका रहेछन्

'बाप, मरद बेटा मर्लाकबाद बुढियासब कहियो स्वस्थ नै रहैछइ ! ओही उपर गरिब भेला आरो दुःख ! ' त्यति भनेर उठेर गइहाली जानकीले टिलपिल आँसु झारेर भनी, 'काइल वहे आदमीसब बन्इयाँ देखै आइ वहे आदमी आज देख नै सकैत है '

त्यो साँझ वरैयावाली सुरेशलाई खोज्दै हरिशकोमा आउँदा हामी आँगनमै चटिया बिछ्याएर खाना खाँदै थियौँ गर्मीमा आँगनमै खाने चलन थियो सुरेश पढ्न आउन छाडेको उसलाई पत्तै थिएन परविनकी आमा छेउमा बसेर के लिने भनेर सोध्दै थिइन् सुरेशलाई नदेखेपछि गइहाली एकछिनपछि फेरि जानकी आई पहिला खेतमा काम गर्न बोलाएर पछि पर्दैन भन्ने खबर गएको रहेछ आफूलाई काममा बोलाउन अनुरोध गर्न आएकी थिई आँगनमा दुई हात जोडेर उसले भनेकी थिई, 'कोइ कामोमे नै बजबैए हम सब भूखे मरबै '

हरिश, उनकी स्वास्नीले ऊतिर हेरे लगालग खाइरहेका थिए सन्तोषले 'तू जो हम नै बजएबौ ! ' भनेर प्याच्च बोलेको थियो सायद बाउआमाको कुरा सुनेको थियो

मध्यरातमा अचानक सन्तोष छट्पटायो भनेर हरिश मलाई उठाउन आए सन्तोष घरि पेट, घरि टाउको समातेर नीलो हुँदै गयो हरिशले मोटरसाइकल स्टार्ट गर्न नपाउँदै सन्तोषले अन्तिम सास फेर्यो

'यी ठन्डा छै', हरिशकी स्वास्नीले आत्तिएर भनिन् सन्तोष उनैको काखमा थियो मैले नारी छामे चलेको थिएन पछि हरिशले आएर मुटुको ढुकढुकी सुन्न खोजे, सुनेनन् उनले पनि नारी छामे अनि सन्तोषकी आमाको डाँकोले सारा गाउँ ब्युँझियो

जानकीको घर पनि ब्युँझियो जानकीलाई हरिशको आँगनमा छिर्दै गरेको देखेँ हरिशलाई सन्तोषको लास पोस्टमार्टमका लागि अस्पताल लगौँ भनेर सुझाउँदै थिएँ उनकी स्वास्नी आएर भनी, ' काम वहे साउस-पुतहु के है सुक्नाके वयल मइरगेलै वनीलालको कलके पाइन सुइख गेलै '

'भौजी यैहन समयमे केहन बात करैछी ! ' मैले अलि कडा स्वरमा भनेँ

' अपन परोसिया के नै छोरलकै ! ' भाउजू झन् चर्को स्वरमा रुन थालिन्, 'रामपुरवालीके छौरा सवदिन बेमार रहैछै, धामी कहने रहैक तोरा परोसमे मनहुस आदमी छौ, होसियार रहिह '

उनको कुरा हरिशले चुपचाप सुने लुंगीमै सुतेको हुनाले अब अस्पताल जानुपर्ला भनेर कोठामा पाइन्ट लगाउन गएँ फर्केर आउँदा सन्तोषको लास कुरेर परविन मात्र बसेको थियो

'बाबु कत्त गेलै ! ' मैले सोधेँ

'डायनके मार गेलैय,' उसले भन्यो उसले घरमा भएका सबै हतियार लिएर घरमा आएका सारा गाउँ डायनलाई ठीक पार्न गएको पनि बतायो

'के डायन ?' अत्तालिएँ

'वरैयावाली जानकी ! ' उसले भाइको निधारमा हात राखेर सोध्यो, 'सर आदमी केनाक डायन हेतै ?'

'गरिब भेला ! मौगी भेला ! दलित भेला ! अइसगैर भेला ! ' त्यत्ति जवाफ दिएर जानकीको घर गएँ यस पटक ज्यानको माया नगरी उनीहरुलाई बचाउनु थियो परविनले कति बुझ्यो ?

पुरा पढ्नुहोस्

लघुशंकाको सजाय

 रामलाल जोशी, आश्विन १५, २०७६

\'ए पुरुष  !  धर्तीलाई तताउन सक्ने कस्तो वाफिलो शक्ति हँ ।\' निहुरेर नाक खोपिल्टोको नजिक पुर्‍याइन् । सुस्तरी सुँघिन्, आहाहा.... लठ्ठ पार्ने कस्तो मादकता । सुगन्ध हो कि दुर्गन्ध, उनले छुट्याउनै सकिनन् ।
पुरा पढ्नुहोस्

सार्वजनिक बसमा एक दिन

 विमला तुम्खेवा, आश्विन १५, २०७६

हो, धेरैपछि आज म सार्वजनिक बसको यात्रामा छु ।
पुरा पढ्नुहोस्

टोपीले छोप्न नसक्ने चिरा

वसन्त थापा, आश्विन १५, २०७६

नेपालमा छँदा आक्कलझुक्कल मात्र नेपाली टोपी पहिरिए पनि विदेश जाँदा भने म गौचर विमानस्थलमा जहाजभित्र पदार्पण गर्दादेखि नै शिरमा नेपाली टोपी लगाउने गर्छु ।
पुरा पढ्नुहोस्

हवल्दार सुकबहादुर

 महेशविक्रम शाह, आश्विन १५, २०७६

माओबादी विद्रोहीले द्वन्द्वकालमा बम हानेर भत्काएको दुई तले पक्की चौकी यत्तिका वर्ष बिते पनि बनेको छैन । सितिमिति गाउँलेहरु चौकीलाई घर भाडामा दिन मान्दैनन् । धन्न गाउँपालिका प्रमुखले भैँसीगोठ भए नि बस्न दिएका छन् ।
पुरा पढ्नुहोस्

सुनको मृग

रमेश क्षितिज, आश्विन १४, २०७६

बहुमूल्य सामान छुटेरहतारमा फर्किरहेको यात्रीजस्तोसधैँ-सधैँ दौडिरहेको हुँदो रहेछु
पुरा पढ्नुहोस्

असत्यभित्रको अस्तित्व

विश्व पौडेल, आश्विन १४, २०७६

चन्द्रमायाको शव पोस्टमार्टम गर्ने डाक्टरले पहिला मलाई उनको पेटमा तीन महिनाको बच्चा थियो भन्यो । मलाई एकछिन रिँगटा लाग्लाजस्तो भयो ।
पुरा पढ्नुहोस्