सम्झना

विनयशील जीवनको अन्त्य

भास्कर गौतम, मंसिर १३, २०७६

आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी राख्नेछ । 
पुरा पढ्नुहोस्

सधैंको लागि निःशब्द बाबा

उत्तमबाबु श्रेष्ठ, आश्विन १३, २०७६

बाबालाई बचाउन सकिएन । आज बाबा बित्नुभयो ।

मेरा बाबा कुनै नाम चलेको कलाकार, साहित्यकार, लेखक, राजनितिज्ञ, स्कलर वा चर्चित व्यक्ति हुनुहुन्थेन । एक सामान्य आमआदमी हुनुहुन्थ्यो । उहाँले समाजको लागि खासै ठूलो योगदान पनि दिनु भएन ।

मलाई थाह भए अनुसार, उहाँले टोलमा आफ्नै खर्चमा एउटा मन्दिर निर्माण गर्ने र आफू अगुवा भएर घरै अगाडीको बाटोको स्तरोन्नति गर्ने बाहेक ठूला सामाजिक काम गरेको जस्तो पनि लाग्दैन। हुन त आजको दिनमा समाजसेवी भनेर पगरि गुथ्ने, दिनरात समाजसेवाको लागि दैडिने, खादा र मालाले एकदिन पनि नछोड्नेहरुले समाजको लागि के गरे भन्दा उनीहरुले गरेका ठोस कामको सुची  भेट्न मुस्किल पर्छ तर बाबाले ती दुई काम गरेर छाड्नु भयो ।

गोरखाको सभंवत सवैभन्दा महंगो जग्गाहरु मध्येमा पर्ने ठाँउमा बनाइएको त्यो सानो मन्दिर नबनेको वा नवनाइएको भए सायद त्यो ठाँउ उहिल्यै अतिक्रमणको सिकार भइसक्थ्यो वा फोहर फाल्ने ठाँउमा परिणत हुन्थ्यो । बालुवाटार लगायतका देशभरिका थुप्रै सार्वजनिक जग्गा शक्तिशाली मान्छेहरूले लुटिइरहेको वर्तमान अवस्थामा शक्तिहिन मेरा बाबा जस्ताले घर छेवैको सानो सार्वजनिक जग्गालाई आफ्नो वलवुताले पुजनियस्थलको रुपमा रुपान्तरण गरिदिनु भयो ।

अष्ट्रेलियाबाट बाबा विरामी भएको खबर पाएर हतासिदैं आएको ६ हप्ताको समय मनौवैज्ञानिक र भौतिकरुपमा जीन्दगीको सबैभन्दा कष्टप्रद रह्यो । कहिले राम्रो कहिले नराम्रो। कहिले हाँसो, कहिले रोदन । कहिले हाई, कहिले लो । पुरै रोलरकोष्टर ।

तर पनि मलाई लाग्छ, यो समय मेरो जीन्दगीको सबैभन्दा खुशीको समय हो ।

खुशी भनेको ओठमा मुस्कान वा हाँसो ल्याउनु होइन । आफ्नो अवस्थाप्रतिको सन्तुष्टी हो खुशी । मार्क ट्वेनले भनेका छन्, वीस बर्षपछि हामी आफूले हासिल गरेका चिजमा खुशी हुने भन्दा नगरेका चिजमा बढि पछुताउँछौं ।

यो छ हप्तामा देशको विभिन्न अस्पतालहरुमा चाहर्दै लगभग हरेक दिनजस्तो अस्पतालका कोठाहरुमा उहाँसँग कुरुवा बस्न पाँए । आफ्ना तमाम पेशागत दैन्दिनी कामहरु, पूर्व निर्धारित विदेश यात्राहरुलाई थाँती राखेर । मैले पाए जस्तो अवसर आजको दिनमा नेपालमा म जस्तो परदेशीएको कमै छोराछोरीहरुले पाउँछन् । म जस्तै परदेशीएका नेपाली छोराछोरीहरुले आमाबाबाहरुको अप्ठ्यारो अवस्थामा उनीहरुलाई भेट्ने, सँगै बसेर दुखको भागेदार वा सहयोगी बन्ने भन्दा पनि उनीहरुको देहवसान भएपछि कर्मकान्डको लागि झुल्किन पर्ने बाध्यात्मक अवस्था छ यतिखेर । मेरो पनि त्यस्तै हुनसक्थ्यो तर भएन । त्यस अर्थमा म आफूलाई निकै भाग्यमानी ठान्दछु ।

हरेक बाबाहरुले आफ्ना छोराछोरीलाई मेरो बाबाले मेरा लागि गरे जस्तै धेरै कुराहरु गर्छन् । तर थप जाँदाजाँदै बाबाले मलाई छोरोेको कर्तव्य निर्वाह गर्ने अवसर दिएर मार्क ट्वेनले भनेजस्तै भविष्यमा मलाई पछुताउने ठाँउ पनि दिनु भएन ।

बाबाआमाको एक्लो सन्तान म । गाँउमा एसएलसी दिएपछि नै बाबाको सपना वा चाहना थियो । छोराले अमेरिकाबाट पढ्नुपर्छ । उहाँ भन्ने गर्नु हुन्थ्यो, अमेरिकाको पढाईलाई विश्वले मान्यता दिन्छ, संसारभर विक्न सकिन्छ । आइएस्सी पढ्दाताका बाबाले के भन्नु भएको होला ? हामी जस्ताले कसरी पढ्ने अमेरिका जस्तो लाग्थ्यो । सौभाग्यवश मेरो मेहनतले, उहाँहरुको सहयोग र हौसलाले मैले अमेरिकामा नै पढ्न पाँए । घरमा छोरी बनेर आएकी मेरो श्रीमती (उनी पनि एक्ली सन्तान हुन्) ले पनि अमेरिकामा नै पढिन्। दुवैले त्यहाँबाट पिएचडी सकायौं । अष्ट्रेलियामा काम पाइयो । कामको सिलसिलामा हुने मेरो संसारभरका यात्राहरु देखेर बाबालाई लाग्थ्यो, छोरो अब संसारका विभिन्न ठाँउमा विक्ने भयो ।

बाबाको अर्को चाहना पनि थियो । पढाई सकिएपछि छोरा विदेश बसिरहनु हुन्न, नेपाल फर्कनु पर्दछ । पछिल्लो समयमा त्यो चाहना ढिपीमा परिणत भएको थियो । सुजाताले र मैले त्यो चाहनामा पुरा गर्ने निश्चित गरेका थियौं ।

हामी सन् २०२० को शुरुवातमा सधैंको लागि नेपाल फर्कने निर्णय गरेर त्यहि अनुसारका चाँजोपाँजो मिलाउदै थियौं । त्यहि अनुसार अनुसन्धान संस्था जन्मिएको थियो। विदेश बसेका बच्चाहरु नेपालको अस्तव्यस्तता देखेर डराउँछन् । सात वर्षिय मेरो छोरी पनि अपवाद थिइनन् । बाबा अस्पतालमा हुँदा नै बाजेको चाहना अनुसार नै उनले नेपालका केहि स्कूलहरु भ्रमण गरिन् । यहाँका कतिपय स्कूलहरु भौतिक रुपमा उनले अमेरिका, अष्ट्रेलियामा पढेका स्कूलहरु भन्दा पनि भव्य थिए । त्यो देखेर छोरी दंग थिइन् । यो सबै देखेर बाबा निश्चित हुनुहुन्थ्यो, अब केटाकेटी नेपाल फर्कछन् ।

मलाई पनि यो समयमा बाबासँग अस्पतालहरु हिड्दा त्यहाँ भेटेका थुप्रै बाबाआमाहरु जसका सन्तानहरु विदेशमा छन् उनीहरुको कुरा सुन्दा आफ्नो नेपाल फर्कने निर्णय एकदमै सहि रहेछ भन्ने ढृढनिश्चित भएको थिए । बाबाआमाहरुले फोनमा स्काइपमा यहाँबाट ठीकै छु भनेपनि छोराछोरीको अनुपस्थितिमा धेरै बाबाआमाको अवस्था ठीक रहेनछ ।

वर्तमान नेपालमा मेरा बाबाआमा जस्तै धेरैको बाबाआमाहरुले आफूभित्र ठूलो पिडा लुकाएर बाँचेका रहेछन् । एकजना बुबा जसको छोरा अक्फोर्ड विश्वविद्यालय पढेर विदेशको प्रतिष्ठित संस्थामा काम गर्ने रहेछन् ।अस्पतालमा भेट्दा उहाँ भन्नुहुन्थ्यो, 'बाबु कहिलेकांहि त भाउन्न हुन्छ, पाउने भए लिट्टे (तामील टाइगर) ले घाँटीमा झुन्डाउने जस्तै पोटासियम साइनाइट झुन्डउँथे । सकुन्जेल यसरी अस्पताल आयो अनि नसकेपछि त्यसलाई टोक्यो अनि सुइकियो ।' उहाँको कुरा सुनेर स्तब्ध भए म । यो हदको वेचैनि र उकुसमुकुस रहेछ बाबाआमाहरुमा ।

मेले अहिलेसम्म सूर्यवहादुर थापा, गिरीजाप्रसाद कोइराला र शुशिल कोइरालाको अविच्यूरी लेखेको छु । अघि नै लेखे, मेरो बाबा कुनै त्यस्ता ठूला मान्छे हुनुहुन्थेन । त्यसैले मलाई थाह छैन् मेरा बाबाका लागि यी शब्दहरु मेलै लेख्न हुन्छ कि हुँदैन।

तर आज नेपालका उच्च पदस्थहरु वा ठूला भनिने मान्छेहरु जसले नेपालमा राजनितिदेखि प्रशासन र समाजसेवाका उद्योग र धन्दा चलाइरहेका छन् । उनीहरु सकेसम्म आफ्ना छोराछोरी विदेशमै बसोस् र नेपालमा आफ्नो उद्योग र धन्दा नचलेपछि बुढेसकालमा आफूपनि विदेश गएर सेटल्ड हुने चाहना राख्छन् र तत् व्यवहार गर्छन् । ती मध्ये कतिले यहाँ कमाएको कुत अकूत पनि विदेश लगेका छन् । त्यस कशिमा हेर्दा मेरो बाबा ठूलो मान्छे नभएतापनि उहाँको सोच ठूलो रहेछ जस्तो लाग्छ । सन्तानले विदेश पढोस्, देखोस्, ज्ञान, अनुभव हासिल गरोस्, संसार मै विक्ने पनि बनोस् । तर काम र पौरख स्वदेशमा नै आएर गरोस् । मेरा बाबाले उहाँले यस्तो सोच मात्रै राख्नु भएन । मेरो लागि सम्पूर्ण परिस्थिति निर्माणको लागि सहयोग गरिदिनु भयो । यू आर ग्रेट बाबा ।

बाबा अलि ढिपी हुनुहुन्थ्यो । आफ्नो कुरामा अडिग । म उहाँको कुरा काट्न नसक्ने । कहिलेकंहि डाक्टर र नर्सले समेत जिस्किएर उहाँलाई बाबा, गोरखाको पानी कति कडा हो भन्थ्ये । अस्ति अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भन्नुस्, तपाईको यस्ता कुरा मान्दिन ।

हरे ! कस्तो शब्द मुखबाट निकालेछु । बाबा सधैंको लागि निशब्द हुनु भयो । अलविदा बाबा! 

 

पुरा पढ्नुहोस्

माड्साब : राजनीति र पत्रकारिताको मिसमास

किशोर नेपाल, भाद्र १, २०७६

‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब उपनामले छाडेन उहाँलाई ।
पुरा पढ्नुहोस्

प्यारो ममदी !

कुमार नगरकोटी, भाद्र १, २०७६

एउटा पाठकले आफ्नो प्यारो लेखकलाई श्रद्धाञ्जली होइन, शब्दाञ्जली अर्पण गर्ने हो सायद ।
पुरा पढ्नुहोस्

खेल्दाखेल्दै बित्छ जिन्दगी

सीके लाल, असार ३, २०७६

नियति नै मान्नुपर्छ, महाभारत पढ्दै गर्दा गिरीश रघुनाथ कर्नाड -सन् १९३८-२०१९) सबभन्दा धेरै सम्राट ययातिको निर्वहण (डैनुमान) बाट प्रभावित भए । र, त्यस शोकजनक पात्रको नियतिलाई नाटकीकरण नगरी बस्नै सकेनन् ।
पुरा पढ्नुहोस्

म्यागजिन उनको सोख

गजेन्द्र बुढाथोकी, वैशाख ६, २०७६

म्यागजिनकारिताको सफलतापछि पुष्करलालले ०४९ मा पहिलो सन्ध्याकालीन दैनिक निकाले, महानगर । एक रुपैयाँ गोटा महानगर  बेचेर प्रतिपत्रिका २५ पैसा आम्दानी दिने गरी बेरोजगार युवालाई \'हकर\' बनाए ।
पुरा पढ्नुहोस्

निभ्यो त्यो तेज

सुनिता लोहनी, चैत्र १७, २०७५

जहाँ हिंसापीडित, त्यहाँ तेजश्री थापा । १० वर्षे सशस्त्र द्वन्द्वपीडितका पक्षमा आवाज उठाएकी उनले तीन वर्षअघिको मधेस आन्दोलनका हिंसात्मक घटना उजागर गर्न अनवरत काम गरिन् । उनै ५२ वर्षीया तेजश्रीले अघिल्लो साता न्युयोर्कमा देहत्याग गरिन् ।
पुरा पढ्नुहोस्

खस जातिको खसखस

राम लोहनी, फाल्गुन १९, २०७५

नेपाली विद्वत् जगतमा पोखरेलको स्थान सधैँ अग्रपंक्तिमा छ । भाषा, साहित्य र विशेषगरी खस जातिको प्रसंगमा पोखरेल चिरस्मरणीय रहनेछन् ।
पुरा पढ्नुहोस्

अथक अन्वेषकको सम्झना

हर्षमान महर्जन, फाल्गुन १९, २०७५

१९९८ असोज १ मा काठमाडौँको ठमेलमा जन्मेका शिव रेग्मीले सानै उमेरदेखि बुबाले घरमा ल्याएका पत्रिका उद्योग, शारदा, उदय र प्रगति पढ्ने बानी बसालेका थिए । पुस्तक संकलन भने ०१५ मा एसएलसी उत्तीर्ण गरेपछि थाले ।
पुरा पढ्नुहोस्

विश्वामित्रजस्ता मोराश

गुरुङ सुशान्त, माघ ११, २०७५

अनेक पाटामा पसिना पोखे पनि तीन विधामा उनले आफ्नो सग्लो अनुहार बनाए– नाटक, कथा, समालोचना । कथामा उनलाई ‘स्वैरकल्पनाका मास्टर/वस्ताज’ नै मानिन्थ्यो ।
पुरा पढ्नुहोस्

राजाका कवच

किशोर नेपाल, पुस ६, २०७५

‘राजाको नजिक’ रहेर पनि ‘पावर’ मा थोरै पटक र थोरै समय मात्र रहे गिरि । उनका नाममा निकै हल्ला भयो– गिरि शक्तिशाली छन् ।
पुरा पढ्नुहोस्