व्यंग्य

महरा र आफतावहरूलाई जोगाऊ !

लक्ष्मण गाम्नागे, कार्तिक ३, २०७६

संयोगले हालसम्म जोगिइरहेका चन्चले महराहरू पार्टीमा अरू कति होलान् ! उनीहरुको पनि मायाको गुप्ती संसारमा यसैगरी पहिरो लड्न थाल्यो भने पार्टीमा मायालु मन भएका नेताहरूको खडेरी पर्न के बेर !
पुरा पढ्नुहोस्

जनताको सेवामा

लक्ष्मण गाम्नागे, आश्विन ५, २०७६

स्थानीय सरकारका पदाधिकारीले तलबभत्ताबाहेक पौने अर्ब रुपैयाँ गैरकानुनी हजम गरेको सो रकम बेरुजु कायम गरी असुलउपर गर्नू भनेर महालेखाले स्थानीय निकायलाई निर्देशन दिइटोपलेछ जनताका प्रतिनिधि, त्यो पनि पक्ष-प्रतिपक्ष सबैले सर्वसम्मत निर्णय गरी मिलिजुली खाएको यसरी मिलाएर खाएको, लाएको पचाएको फिर्ता गर भन्नु कस्तो हास्यास्पद ! जनताले तिरेको करबाट जनताकै लागि जनताकै प्रतिनिधिले खाए यसमा कसैलाई किन ज्वरो आउनू ! जनताका प्रिय प्रतिनिधिले त्यसरी लाएको, खाएको पाएकामा केही पत्रकार बारम्बार उनीहरुका विरुद्ध समाचार बनाएर समाजलाई भड्काउने प्रयास गरिरहेका छन् केही गरी समाज भड्के पनि हाम्रा जनप्रतिनिधि भड्किने छैनन् उनीहरु खानबाट पछि हट्ने छैनन् यतिको अडानचाहिँ उनीहरुले कायम गर्नेछन् भन्ने अनुभव हामीले बितेका दुई वर्षमा गरिसकेका छौँ

जनप्रतिनिधिले कानुनमै नभएको पोसाक शीर्षकमा करोडौँ रकम बुझेको भनेर केही पत्रिकाले लेखे कानुनमा छैन भन्दैमा पोसाक नलगाई उनीहरूले घरबाहिर निस्कन मिल्छ ? जनताको सेवामा राम्ररी ध्यान दिनका लागि हाम्रा जनप्रतिनिधिलाई कम्तीमा सुट, टाई, दौरा-सुरुवाल, कोट, धोती, सारी सरकारले दिनैपर्छ त्यसमा थप पेटिकोट, जुत्ता, मोजा कट्टु, धोती गर्मीमा घर बस्दा लगाउने हाफपाइन्ट पनि चाहिन्छ रातबिरात जनताको सेवामा खटिने जनप्रतिनिधिलाई सिरक, डसना, तन्ना, झुल, छाता, टर्चलाइट आदि पनि दिनुपर्छ काइँयो, कपालमा लगाउने तेल, नेल कटर, लिपिस्टिकलगायत प्रसाधनका सामानका लागि पनि रकम उपलब्ध गराउनुपर्छ खल्तीको खर्च गरेर जनताको काम गर्ने कुरा अन्यायपूर्ण हुन्छ जनप्रतिनिधि नै अन्यायमा परे भने जनतालाई न्याय कसले दिन्छ ?

संघीयतामा सधैँ सरकारको मुख हेरेर हुँदैन, आफ्नो गाउँ आफैँ बनाउनुपर्छ आफूलाई चाहिने सुविधा आफैँले निर्णय गरेर लिनुपर्छ मोटर, मोटरसाइकल, स्कुटर, ल्यापटप, मोबाइल, क्याल्कुलेटर इत्यादि स्रोत-साधन उपकरण लिइसक्नुभएकै होला छैन भने लिनुहोला घर नहुने जनप्रतिनिधिले घरै नत्र घरभाडा लिने निर्णय गर्नुहोला घर भने मर्मतसम्भार खर्च लिने निर्णय गर्नुपर्छ महँगीले कर्मचारीलाई भन्दा बढी जनप्रतिनिधिलाई सताउँछ निर्णय गरेर महँगी भत्ता लिनुहोला जनप्रतिनिधि भएपछि अनेकौँ काम गराउन नागरिक आउँछन् उनीहरुलाई चिया खुवाउनुपर्छ, कहिलेकाहीँ बासै बसाउनुपर्छ पाहुना भत्ता झन् आवश्यक देखिन्छ औषधोपचार खर्च लिइसक्नुभयो होला

जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिले यी सबै प्रकारका सेवा-सुविधा लिन हिचकिचाउनु, लजाउनु हुँदैन डाह गर्नेहरुले गर्दै गर्छन्, खान नपाउनेहरुले दाह्रा किट्दै गर्छन्, खान छाड्नु हुँदैन विकास निर्माणका काममा मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यज्यूहरु एकआपसमा जतिसुकै गाँड कोराकोर गर्नुस्, टाउको फोराफोर गर्नुस्, तालाबन्दी, नाकाबन्दी गर्नुस् तर तलब-भत्ता, कपडा-लत्ता, टोपी-जुत्ता, गन्जी-ब्लाउजलगायतका सेवासुविधा थप्ने, बढाउने विषयमा सदा मेलमिलापको नीति अपनाउनुस् एक बारको जुनीमा यस्तो सुखद पाँच वर्ष फेरि आउँछ-आउँदैन, के थाहा, त्यसैले झोली राम्ररी भर्नुस्, भोलि सुरक्षित गर्नुस् यो दसैँमा सबैलाई कम्तीमा एक-एक वटा खसी, च्यांग्रो, पाडो, नयाँ लुगा दक्षिणाभत्ता लिने निर्णय गर्नुभयो ? छैन भने गर्नुस् महालेखा कराउँदै गर्छ, खानेकुरा पच्दै गर्छ जनताको सेवाका लागि खान नछाड्नुस् विजया दशमीको मंगलमय शुभकामना

 

पुरा पढ्नुहोस्

नेपाल गरिब छैन

लक्ष्मण गाम्नागे, भाद्र २२, २०७६

नेपाल गरिब देश होइन । यहाँ जताततै पैसाको छेलोखेलो छ । हामी नेपालीले मात्र यहाँको पैसा सम्हाल्न नसकेको ठानेर विदेशीहरू पनि बेलाबेला पैसा बटुल्न आउने गरेका छन् ।
पुरा पढ्नुहोस्

पत्रुकारिता प्रालि

लक्ष्मण गाम्नागे, भाद्र ६, २०७६

पत्रुकारिताका लागि पत्रकारितालाई जस्तो कुनै शैक्षिक योग्यता, कुनै आचारसंहिता, सरकारी निकायमा दर्ता, कार्यालय कोठा, कुनै ठूलो सञ्चार माध्यममा जागिर वा पहुँच केही नभए पनि हुने रहेछ ।
पुरा पढ्नुहोस्

अढाई करोडको अडेसो

लक्ष्मण गाम्नागे, भाद्र १, २०७६

गण्डकी प्रदेशका मुम पृथ्वीसुब्बाले अढाई करोड मूल्य पर्ने ल्यान्डक्रुजर गाडी किनेर चढेकामा केही मान्छे उनको उछितो काड्नमा लागिपरेका छन् ।
पुरा पढ्नुहोस्

तिनै ओली चाहिन्छ

लक्ष्मण गाम्नागे, श्रावण १६, २०७६

प्रधानमन्त्री ओलीको कार्यशैली धमाधम परिवर्तन हुँदै छ भन्ने अप्रिय समाचार आइरहेका छन् ।
पुरा पढ्नुहोस्

सबै ठीक छ सरकार

लक्ष्मण गाम्नागे, श्रावण २, २०७६

सबै कुरा ठीकठाक हुँदाहुँदै पनि केही विकासविरोधी, अप्रजातान्त्रिक तत्व सरकारको निरन्तर विरोध गरिरहेका छन् । तिनीहरुले डाह गर्दैमा चिन्ता लिनुपर्ने केही छैन सरकार !
पुरा पढ्नुहोस्

चित्तको भित्तोमा एक प्रश्न

खगेन्द्र संग्रौला, असार २९, २०७६

शंकर लामिछाने घरिघरि भन्थे— जीवनमा नयाँ केही छैन । र, अब नयाँ हुनु पनि केही छैन । जे भइसक्यो, अब हुने केवल त्यसैको पुनरावृत्ति हो ।
पुरा पढ्नुहोस्

बजेट रोपाईँ

लक्ष्मण गाम्नागे, असार २६, २०७६

हामीले बजेट खेर नजाओस् भनेर नै जथाभावी डोजर कुदाएका हौँ । यसरी असारको अन्तिममा भएपनि बजेटको रोपाइँ नगरेको भए हामीलाई ठूलो आर्थिक नोक्सानी हुन्थ्यो । हामीले नोक्सानी टारेका छौँ ।
पुरा पढ्नुहोस्

कर्णालीको माया

लक्ष्मण गाम्नागे, असार २०, २०७६

हिजोआज हामी कर्णालीलाई खुब माया गर्न थालेका छौँ । हुन त पहिला–पहिला पनि गर्थ्यौं तर दुई तिहाइको सरकार बनेपछि कर्णालीको माया बढी नै उर्लेर आएको छ ।
पुरा पढ्नुहोस्

भ्रष्टाचार प्रवर्द्धन शिक्षा

लक्ष्मण गाम्नागे, वैशाख १३, २०७६

यस वर्षको एसईई सकियो । धेरै कलेजले विद्यार्थी तान्न अनेक विज्ञापन-पर्चा बाँडे । सञ्चार माध्यममा प्रचारप्रसार गरे । विद्यार्थीलाई डाक्टर, इन्जिनियर, एकाउन्टेन्ट, पाइलट, प्रशासक बन्न वा विदेश गएर राम्रा काम पाउन सकिने आश्वासन दिँदै आकर्षण गरे ।
पुरा पढ्नुहोस्