[तस्बिर कथा] जोगबहादुरको गोठाले जुनी
मजिला मैकोट रुकुमका जोगबहादुर पुन, ६०, को पेसा भेडीगोठाले हो । आफ्ना भेडासँग रुकुमको पुपाललेकमा घुम्ती–गोठसँगै भेटिएका उनको पाँच जनाको परिवार यही पेसामा आश्रित छ ।
![[तस्बिर कथा] जोगबहादुरको गोठाले जुनी [तस्बिर कथा] जोगबहादुरको गोठाले जुनी](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2015/entertainment/230920150252165.jpg&w=900&height=601)
मजिला मैकोट रुकुमका जोगबहादुर पुन, ६०, को पेसा भेडीगोठाले हो । आफ्ना भेडासँग रुकुमको पुपाललेकमा घुम्ती–गोठसँगै भेटिएका उनको पाँच जनाको परिवार यही पेसामा आश्रित छ । उनी १० वर्षको कलिलो उमेरदेखि फिरन्ते जीवन बाँच्दै आएका छन् ।
वैशाख लाग्नासाथ चार सय भेडा लिएर लेक चढ्छन् । वर्षायामभन्दा हिउँदका कष्टकर दिन झेल्ने जोगबहादुर सुनाउँछन्, “चरनको खोजीमा भेडा जताजता पुग्छन्, उतैउतै घुम्ती गोठ बनाई हिँड्नुपर्छ ।” भेडा चराउनकै निम्ति उनी रुकुम, रोल्पादेखि बाग्लुङको ढोरपाटनसम्मका लेकाली खर्क चहार्छन् ।
भेडा पालनबाहेक उनको अर्को पेसा छैन । भेडापालक किसानलाई सरकारले केही अनुदान दिएर प्रोत्साहन गरे अझै धेरै गर्न सकिने उनको विश्वास छ । भन्छन्, “अरू केही गर्ने सीप छैन, अब त गोठाले जुनी बेगर अरू केही सोच्न पनि सक्दिनँ ।”