मित्र शिशिरलाई दुई प्रश्न
के कुनै पुत्र आफ्ना मातापिताका अर्घेल्याइँहरूको प्रतिरक्षा गर्न कर्तव्यबद्ध हुन्छ ? के ऊ आफ्ना मातापिताका भूलचूकहरूको ढाकछोप गर्न अभिशप्त हुन्छ ?
के कुनै पुत्र आफ्ना मातापिताका अर्घेल्याइँहरूको प्रतिरक्षा गर्न कर्तव्यबद्ध हुन्छ ? के ऊ आफ्ना मातापिताका भूलचूकहरूको ढाकछोप गर्न अभिशप्त हुन्छ ?
अर्को बिहान । नवसिकुवा वाकेको नूतन प्रयोगको बिहान । म साबिककै समयमा उठेँ । र, सोचीविचारी गुरुद्वयको विकल्पको बन्दोबस्त गरेँ ।
यो नृत्यमा वाके गुरुद्वयका विलम्बकारी अनुहार गोचर हुन्छन् । अनि मलाई याद आउँछ, चार बजे अनिवार्य हाजिर हुनुपर्ने आदेशको ।
बाह्र बजेतिर सुत्ने मेरो बानी । हिजो राती दसै बजे सुतेँ । सुत्नलाई दस बजे सुतेँ, निद्रा लागे त मार्दिनु । मर्निङ वाके गुरुको आज्ञा थियो– चार बजे हाजिर हुनू, गणेशथान पछाडि । बुलबुले मास्तिरको छोटी मोडमा ।
म परेँ बिहानको लास्टै अल्छी । कति छिटो उज्यालो भएको हो ? मलाई बहुधा कालचक्रसँग रिस उठ्छ । हाइ काड्दै सात बजेतिर उठ्छु म । अनि बित्थामा केको वाक ?
एक बारको दुर्लभ जुनीमा समय बित्न बेरै नलाग्ने । मैले प्रातः कालमा खुट्टा तन्काउन थालेको हिजैजस्तो लाग्छ । तर मेरो मर्निङ वाकको आयु १३ वर्ष पुगेछ ।
शंकर लामिछाने घरिघरि भन्थे— जीवनमा नयाँ केही छैन । र, अब नयाँ हुनु पनि केही छैन । जे भइसक्यो, अब हुने केवल त्यसैको पुनरावृत्ति हो ।
नागबेली जीवनपथमा बहुविध कर्ममा संलग्न र रंगीन व्यक्तित्वयुक्त तुलाधर वास्तवमा हुन् चाहिँ के ? साहित्य स्रष्टा ? मानव अधिकारवादी ? भाषा–संस्कृतिका अभियन्ता ? पहिचानवादी नेता ? मध्यस्थकारी सहजकर्ता ? संयोजनकारी सूत्रधार ?
वीरगन्ज जेलमा रैथाने विजयलाल कर्ण भेटिए । र, विजय बने मेरो जीवनका प्रथम मधेसी मित्र । म शिक्षक आन्दोलनमा लाग्दा थुनिएको थिएँ, विजय वाम विद्यार्थीको कामले थुनिएका थिए ।
मानव अधिकारको रुमानी रङ लेपन गरिएको लोकतान्त्रिक भोजमा पाक–परिकार केके होलान् ? भोजको वातावरण मोजमय होला कि रंगहीन र रसहीन होला ?
एकबारको जुनीमा दीर्घायु, सुखद र अल्पायु दु:खद कुरा हो । तर, एकाध भाग्यमानीको दीर्घायु अगणित अभागीहरूको अल्पायुको उपहासको कारक बन्नु झनै दु:खद कुरा हो ।
ती कथित नाटक वास्तवमा कलाको कोटिमा नउक्सिएका लालित्यविहीन एवं निरस प्रचारबाजी थिए । ती जसरी हत्तपत्त लेखिए, त्यसरी नै ती अस्तित्वबाट हत्तपत्त मेटिए ।
मृत्युसँग आम्ने–साम्ने झ्याप्पै जम्काभेट भयो । जम्काभेट हुनु के थियो, यी दुई परस्परविरो धी ब्रोबीच “कि तँ छैनस् कि म छैन”को इखाइखमा घम्साघम्सी चल्यो । संयोगवश भनूँ, एकपटकलाई मृत्यु हार्यो र जीवनले जित्यो ।
एउटा चुस्स दाह्रीजुँगा पालेको, कपाल छरपस्ट भएको, अँध्यारमुखे, दुब्लो, झलक्क हेर्दैमा कम्निस्टजस्तो लाग्ने मान्छे आयो र खगेन्द्रलाई भेटेर गयो । यसको चाल निको छैन, ख्वामित् !
घरको मोलमोलाइ भएको पनि थियो । थैलो राम्रो थियो । छिमे कीहरुले पलायनको मेरो बाध्यात्मक रोजाइको सुइँको पाए । तिनले मलाई घरप्प घेरे ।