मीना पाण्डे

मीना पाण्डेका लेखहरु
पद्मकन्याकी पहिली सभापति

स्ववियु सभापतिको हैसियतमा हाम्रो टिमले पद्मकन्यामा सर्वप्रथम बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई सहज आवास सुविधा दिलाउन पहल गर्‍यौँ । सोही पहलस्वरुप ११ पुस ०३६ मा पीकेमा ३२ कोठासहितको छात्रावास निर्माण भयो ।

विमानस्थलमा बीपीलाई देख्दा

बीपी काठमाडौँ उत्रिनुअगावै नेता कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, नेविसंघ अध्यक्ष विपिन कोइरालालगायत हजारौँ कार्यकर्तालाई पञ्चायती प्रशासनले बिहानै ७ बजे पक्रिएर हनुमानढोका हुँदै नख्खु जेल पुर्यायो । कांग्रेस समर्थक नेता/कार्यकर्तालाई ठाउँका ठाउँ पक्रियो, बीपीको स्वागतमा जनलहरको उभार आउने आशंकामा ।

सर्वोच्चले बचाएको नेविसंघ

पञ्चायती सत्ताले नेता/कार्यकर्तालाई पक्रिएपछि कांग्रेस संगठनमा एकखाले रिक्तता थियो । यही रिक्तता चिरेर युवालाई प्रजातन्त्रप्रति जागरुक बनाउन नेता बीपी कोइरालाले सुवर्णशमशेरलाई आग्रह गरेका रहेछन्, भारत निर्वासनमा जानुअघि ०२५ मै ।

बेथानमा खसालिएको पर्चा

विसं २०१८ को घटना हो । त्यतिबेला म ४ कक्षामा पढ्थेँ, रामेछापको कुशेश्वर प्रावि, बेथानमा । हामीहरु कक्षा सकाएर दिउँसो १ बजेको खाजा खान स्कुल मैदानमा बसेका थियौँ । आकाशमा फन्को मार्दै हेलिकप्टर घुमिरह्यो, स्कुल वरपर । हेलिकप्टरले आकाशबाटै सेतो कागजमा लेखेका पर्चा छर्‍यो ।

LOAD MORE