[विशेष] नभएको मान्छेले मुद्दा जितेपछि
नेपाली न्याय प्रणाली नियाल्न सघाउने एउटा ‘केस स्टडी’
नेपाली न्याय प्रणाली नियाल्न सघाउने एउटा ‘केस स्टडी’
दाम्लोले भैँसी बाँधेझैँ झ्यालको ग्रिलमा मोटरसाइकल बाँधेर मस्तसँग निदाउने जुक्ति निकालेका रहेछन् । मैले मोटरसाइकल बाँधेर चाबी लिएँ । आमाले चिसो जुस र झिलिंगाको खाजा ल्याइन् । मोटरसाइकल र सिक्रीको सम्बन्ध गाँसिएको अवसरमा हामीले प्रीतिभोज खायौँ ।
कृष्णबहादुरले बोकेको झुत्रो कपडाको झोलामा १ हजार १ सय रुपियाँ बाँकी रहेछ । उनले घर सम्झिएछन् । आफ्नो बाटो हेरिरहेका बाबुआमाको आशाले भरिएको अनुहार याद आएछ । अनि, आफ्नै स्वरूप नियालेछन् । त्यत्रो महिना कमाएर फर्कंदा एक जोर लुगा पनि गतिलो नलगाई घर गए गाउँलेले के भन्लान् भन्ने लागेछ ।