वि सं ०४१ को कुरा हो । राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा सुर्खेतमा सवारी क्याम्प खडा गरेर सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए । दरबारका मुख्य पदाधिकारी र म राजालाई सम्बोधन गरेर आएका बिन्तीपत्र र निवेदन हेर्ने भनेर त्यस टोलीमा सहभागी भएका थियौँ ।

यसरी ०४७ को संविधानको खेस्रामा उत्पन्न भएको असमझदारी टुंग्याउने काम भएको थियो ।

लमजुङको गौली परिवारकी एक विधवा घरमा देवर–जेठाजुले दु:ख दिएर बस्न नसकी माइतीमा बसेकी रहेछिन् । उनले दिएको अंश मुद्दा झन्डै २० वर्षसम्म पनि छिनिएको रहेनछ । त्यसपछि उनले ‘म अंश नपाएरै मर्ने भएँ, मुद्दा छिनिपाऊँ’ भनी दरबारमा बिन्तीपत्र दिइन् ।

राजा वीरेन्द्रले कृषिमा आधुनिकीकरणको त्यो प्रयास सुरु नगरेको भए आजको नेपालमा तरकारी र फलफूलको अवस्था कति भयावह हुन्थ्यो, हामी कल्पना पनि गर्न सक्दैनौँ ।

‘नेपाली कांग्रेस राजतन्त्र मासेर गणतन्त्र ल्याउन चाहन्छ, त्यसैले सोची–सम्झेर यो सब गरिएको हो’ भन्ने आशंका युवराज महेन्द्रको मनमा परेको रहेछ ।

त्यस गाउँका दर्तावाल मुखिया प्रेमसिंह खड्काले तीन वर्षसम्म आफ्नै नाममा तिरो बुझाई भूमिसुधार लागू हुँदा आफैँ जग्गाधनी भनी लगत लिएका रहेछन् ।

जनताको आयस्तर बढाउने र कुनै न कुनै किसिमको रोजगारीको अवस्था सिर्जना गर्न सके उन्नत जीवनस्तरका लागि जनता अन्यत्र भौतारिनुपर्ने र बसाइसराइ गर्नुपर्ने अवस्था आउँदैन भन्ने कुरामा राजा विशेष रूपमा सक्रिय थिए ।

रेडियो नेपालबाट प्रसारित गरियो, ‘... नम्बरदेखि ... नम्बरसम्मका रु पाँचका नोट चोरी भएको हुँदा यस नम्बरका कुनै पनि नोट चलनचल्तीमा नल्याउनू, फेला परे/पारे तुरुन्तै प्रहरीलाई बुझाइदिनू ।’

राजा महेन्द्रले आमनागरिकको भेषमा छड्के

सायद राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री नरसिंह रावबीचको यही भेटघाटपछि नेपाल–भारत सम्बन्धमा केही समय सुधार पनि आयो ।

युवराज दीपेन्द्रलाई पनि सुप्रिया खुबै मन परेकी थिइन् । त्यसैले उनको पूर्ण कदको ठूलो तस्बिर दीपेन्द्रले त्रिभुवन सदनभित्र रहेको आफ्नो बेडरुममा सजाएर राखेका थिए ।

वास्तवमा डोटी जिल्लाका दुई जना ठालू बाबुसाहेबबीचको लडाइँको घानमा ती सोझा किसान पिसिन पुगेका रहेछन् ।

यदुनाथ खनालले ‘नेपाली र अंग्रेजी भाषाको एउटा पत्रिका निकाल्ने र त्यसको सम्पादनको जिम्मेवारी युवराज वीरेन्द्रलाई सुम्पिने’ सल्लाह दिए । यो प्रस्ताव राजा महेन्द्रलाई जच्यो ।

अनिरुद्धप्रसाद सिंहले आफूले सुविधामा प्राप्त गरेको त्यो गाडी दाइजोस्वरूप ज्वाइँलाई दिएका रहेछन् ।

अनि, तुरुन्तै राजा महेन्द्रले सवारी मन्त्रीलाई आदेश दिए, ‘मलाई समेत यसरी झुक्याउनेले दुनियाँ (जनता)लाई बाँकी राख्छन् होला ? ती कर्मचारीसँग तुरुन्त स्पष्टीकरण माग गर्नू, सन्तोषजनक जवाफ आए पेस गर्नू, होइन भने जागिरबाट तुरुन्त झिकिदिनू ।’

