भारतको बदलिँदो भावभंगी
वीरगन्जबाट भैरहवा हुँदै गोरखपुर, लखनउ, बेंग्लोर, कोलकाता, सिलिगुडी, गुवाहाटी र रक्सौलसम्म पुगियो । करिब ६ हजार किलोमिटरभन्दा बढीको यात्रा थकानयुक्त त थियो । तर अविष्मरणीय रह्याे ।

भारत पहिले पनि घुमिएकै हो तर तर योपल्ट घुम्दा थाहा भयो, धेरै बदलिएछ ।
पुस दोस्रो सातापछि केही काम अनि घुमघामको मनसाय लिएर जाँदा नौला प्रतिविम्ब देख्न पाइयो । वीरगन्जबाट भैरहवा हुँदै गोरखपुर, लखनउ, बेंग्लोर, कोलकाता, सिलिगुडी, गुवाहाटी र रक्सौलसम्म पुगियो । करिब ६ हजार किलोमिटरभन्दा बढीको यात्रा थकानयुक्त त थियो । तर अविष्मरणीय रह्याे ।
केन्द्रीय संसद्ले पास गरेको विवादास्पद नागरिकतासम्बन्धी कानुनका कारण विभिन्न सहरमा जारी विरोध प्रदर्शन पनि प्रत्यक्ष देखियो । सुनौलीबाट गोरखपुर जाने गाडीमा चालक अनिल पाठक भन्दै थिए, “मोदीजी भारतको हिन्दु राष्ट्र बनादेंगे और फिर संन्यास लेलेंगे ।”

रेल यात्रामै रहँदा खबर आयो– प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तले लखनउ अशान्त छ । श्रीमतीलाई उपचार गर्न लैजाँदै गरेका भारतीय नागरिक मोहम्मद आलमले मोदी सरकारले आर्थिक सुधार र सामान्य जनताका लागि केही पनि राम्रो काम नगरेको गुनासो गरे ।
भोलिपल्ट स्थानीय पत्रकारसँग लखनउका विभिन्न स्थल नियाल्न निस्कियौँ । बाटोका चोकचोकमा प्रहरीकोतैनाथी बाक्लै थियो ।
नेपाल–भारत कन्क्लेभमा सहभागिता जनाउन बेंग्लोर पुगेँ । उक्त कार्यक्रममा भ्रमण वर्ष २०२० को प्रवदर्द्धन गर्न सँगै लिएर गएका नेपालका तस्बिरको स्लाइड प्रदर्शन गरेँ ।

बेंग्लोर बसाइ सकाएर कोलकाता पुगियो । त्यहाँबाट व्यापारिक यात्रा समापन भएसँगै सपरिवार सिलिगुडी, गुवाहाटी पुगियो । प्रसिद्ध कामाख्या मन्दिर दर्शन र ब्रह्मपुत्र नदी टोलाउँदा मनै फुरुंग भयो । गुवाहाटीमा पनि मोदी सरकारकै कारण आसामको पहिचान र संस्कृति गुम्ने भयमा स्थानीय चिन्तित देखिन्थे ।
यात्राकै क्रममा रक्सौलको एकीकृत जाँचचौकीमा आयोजित भारतको७१ औँ गणतन्त्र दिवसमा सरिक भई स्वदेश फर्कें ।
