[स्मरण] एक्लै लड्ने अठोट
पछिल्लो समय स्रष्टाभन्दा बढी सामाजिक अभियन्ता र आन्दोलनकारी साहित्यकार भएछु म ।
पछिल्लो समय स्रष्टाभन्दा बढी सामाजिक अभियन्ता र आन्दोलनकारी साहित्यकार भएछु म ।
राजनीतिक, सांस्कृतिक तथा सामाजिक असन्तुष्टिसँग मात्र नभएर तेस्रो आयामले उठाएको कुरा लेखन कार्य र प्रविधि, भाषा, शिल्प र शैलीसँग सम्बन्धित थियो र छ ।
मेरो परिवारले ००७ को जनक्रान्तिमा पनि एकतन्त्री जहानियाँ राणा शासनविरुद्धमा सहयोगी भूमिका नै खेल्यो ।
तुङसुङ बस्तीको उहाँको घरका भित्तामा, भुइँमा, डिलमाथि र मुनि फूलका गमला देखिन्थे । उनी आँगनमा दरी बिछ्याएर त्यसमाथि किताब थुपारेर पढिरहेको भेटिन्थे कि फूलहरु स्याहारसुसार गरिरहेका हुन्थे ।
यथार्थमा आयामिक लेखन के लेख्ने हो भन्दा पनि कसरी लेख्ने भन्नेमा पछिसम्मै केन्द्रित थियो । शब्दमा व्यक्त भएका स्रष्टाको अनुभूति पाठकले डल्लै (सम्पूर्ण) ग्रहण गर्न सक्ने गरी कसरी लेख्ने ?
भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु दार्जिलिङ आउँदै थिए । उनका समकालीन नेता बीसी रोय पश्चिम बंगालका मुख्यमन्त्री ।
मैले कोठामा साथी राखेको, बहिनीलाई ट्युसन पढाउन सिफारिस गरेको मान्छेले छोरी माग्दा मितबाबु र मितआमा मसँग रिसाउनु पनि भयो ।
अनौठा आनीबानी थिए ईश्वरवल्लभका । कसैसँग नदब्ने, सम्झौता नगर्ने ।
बीपीको भाषणले हाम्रो दिमाग भुटिदियो । हामीजस्ता साहित्यकारलाई त उनको भनाइ नै गुरुमन्त्र भयो ।
धेरै अग्रज भएकाले म उनको छेउ परिहाल्न हच्कन्थेँ । उनको आफ्नै साहित्यिक जमात थियो । साँझ परेपछि नियमित सुरापान गर्थे भन्ने सुन्थेँ । तर, पिएर लरबराउँदै हिँडेको कहिल्यै भेटिनँ ।
यतिबेलासम्म इमानसिंह पल्लो किरात लिम्बूवानमा लिम्बू भाषा, लिपि, इतिहास र संस्कृतिका अनुसन्धानकर्ता र प्रचारकका रूपमा अति लोकप्रिय भइसकेका थिए ।
यिनी लिम्बू लिपि, भाषा तथा संस्कृति–इतिहासका ठूला विद्वान् थिए । उनले लिम्बू भाषाको शब्दकोश, मुन्धुम, व्याकरणका साथै इतिहास–संस्कृतिका पुस्तक लेखेका छन् ।
विस्थापित कुमाई बाहुनहरूलाई हाम्रो गाउँमा आश्रय दिइएको थियो । तीन–चार सयको जमातलाई शरण दिने अभियानमा हाम्रा ठूलोबाबु, बाबु, काका र गाउँलेहरू लागेका थिए ।
उसबेला मनोरन्जनका साधन उति थिएनन् । अड्डा छुट्टी भएपछि हाकिम र कर्मचारीहरू बजारका चियापसलमा क्यारमबोर्ड खेल्थे । समयले खानपिन, लुगाफाटासँगै भाषामा पनि प्रभाव पार्दै थियो । उनीहरूले क्यारमबोर्ड खेल्दा बहुप्रयोग गर्ने अंग्रेजी शब्द ‘चानस’ थियो ।
“बोलाउने मेरो नाम त काइँला थियो । फुपू र बज्यूहरूले ओझाहाङ भन्थे । घरमा त...,” मैले डराउँदै जवाफ दिएँ । “अबदेखि तेरो नाम तिलविक्रम भयो बुझिस् ?,” कान्छा गुरुले फैसला सुनाए । यसरी म तिलविक्रम भएँ ।