यसरी लिइयो जंगे खम्पा नियन्त्रण
तिब्बती शरणार्थी कोही शान्तिपूर्ण रुपमा नेपालको हिमाली क्षेत्रमा शरण लिन आए । कोही जंगे खम्पा विद्रोही बनेर चीनसँग गुरिल्ला युद्ध गर्न भारत, अमेरिकाबाट तालिम र हतियारसहित नेपालका तिब्बत छुने जिल्ला प्रवेश गरे ।
तिब्बती शरणार्थी कोही शान्तिपूर्ण रुपमा नेपालको हिमाली क्षेत्रमा शरण लिन आए । कोही जंगे खम्पा विद्रोही बनेर चीनसँग गुरिल्ला युद्ध गर्न भारत, अमेरिकाबाट तालिम र हतियारसहित नेपालका तिब्बत छुने जिल्ला प्रवेश गरे ।
सन् १९६४ मा भुटानी दरबारमा सत्ता कलहपछि शाही परिवारलाई नेपालमा शरण लिएका बेला म नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययनरत थिएँ ।
राजा महेन्द्र दूरदर्शी थिए । शेर्पालाई नेपाल फर्किएर दुर्गम क्षेत्रमा स्याउ खेती गर्न सुझाएछन् ।
राजा महेन्द्रले तत्कालीन जेठा छोरा वीरेन्द्रलाई शासन-प्रशासन सिकाउने अभिप्रायले ०२७ सालको अन्त्यतिर दरबार जाँचबुझ केन्द्र स्थापना गरे ।
राजा महेन्द्रका दाहिने हात सुरेन्द्रबहादुर शाहले दुर्गम क्षेत्र विकास समिति अध्यक्षको हैसियतले परिकल्पना गरेको लामा देश दर्शन कार्यक्रम नेपालमा मात्र नभई भारत र चीनमा समेत प्रख्यात भयो ।
निरशमशेर जबरापछि केही समय कार्यवाहक र ०२२ सालमा प्रधानसेनापति भएका सुरेन्द्रबहादुर शाहलाई सबैले नेपाली कांग्रेसको बीपी कोइरालाको सरकारलाई अपदस्थ गराउन भूमिका खेलेको मान्छन् ।
तत्कालीन समय उत्तरी क्षेत्रमा विद्यमान भारतीय चेकपोस्ट, बाक्लो विदेशीको आउजाउ, तिब्बती शरणार्थी र विद्रोही जंगी खम्पाको उपस्थितिका कारण ती क्षेत्र राजनीतिक रुपमा नेपालकै भए पनि त्यहाँ विकास निर्माणको पहुँच शून्य थियो ।
हिमाली क्षेत्रमा उपस्थिति देखाउन सरकारले ०२२ मा उत्तरी प्रशासन क्षेत्र गठन गर्यो ।
त्यतिबेला जुन–जुन ठाउँमा चेकपोस्ट थिए, ती स्थानमा नेपालले भारतीय चेकपोस्टको सुरक्षार्थ नेपाली सैनिकको टुकडी खटाएको थियो, जहाँ क्याप्टेन वा मेजरले नेतृत्व गर्थे ।
वर्तमान नेपालको एकीकृत संरचना हुनुअघि नै ताप्लेजुङदेखि दार्चुलासम्मका हिमाली जिल्ला तिब्बतसँग सीमा जोडिएको हुँदा यस क्षेत्रको सामाजिक, आर्थिक तथा धार्मिक संरचना उसैसँग मिल्दोजुल्दो छ ।