राजा महेन्द्रका रणनीतिकार
निरशमशेर जबरापछि केही समय कार्यवाहक र ०२२ सालमा प्रधानसेनापति भएका सुरेन्द्रबहादुर शाहलाई सबैले नेपाली कांग्रेसको बीपी कोइरालाको सरकारलाई अपदस्थ गराउन भूमिका खेलेको मान्छन् ।
निरशमशेर जबरापछि केही समय कार्यवाहक र ०२२ सालमा प्रधानसेनापति भएका सुरेन्द्रबहादुर शाहलाई सबैले नेपाली कांग्रेसको बीपी कोइरालाको सरकारलाई अपदस्थ गराउन भूमिका खेलेको मान्छन् । तर शाह ०१७ सालमा नेपाली सेनाको दोस्रो पद रथी (लेफि्टनेन्ट जनरल) थिए । राजा महेन्द्रको रणनीतिअनुसार प्रधानसेनापति महारथी निरशमशेर जबरालाई नेपाल भ्रमणमा आएका भारतीय प्रधानसेनापति जे थिमैयासँगै तराईको जंगलमा सिकार खेल्न पठाइयो ।
संविधानअनुसार तत्कालीन शाही नेपाली सेनाका परमाधिपति सुपि्रम कमान्डर इनचिफ राजा थिए । सेनामा दोस्रो दर्जा रथीमा रहेका शाहले काठमाडौँ त्रिपुरेश्वरमा चलिरहेको तरुण दलको सम्मेलन स्थलबाटै राजाको निर्देशानुसार प्रधानमन्त्री बीपीसहितका नेतालाई सौहार्दपूर्वक स्यालुट ठोकेर कब्जामा लिएका थिए । प्रधानसेनापतिको अनुपस्थितिमा परमाधिपतिको निर्देशनअनुसार उनले बीपीलाई गिरफ्तार गरेको भन्ने चर्चा त्यतिबेला चलेको थियो ।
कतिपयले ०१७ सालको घटनालाई कार्यान्वयनमा लैजान तत्कालीन प्रधानसेनापतिको सट्टामा आफ्नै ज्वाइँ नाता पर्ने दोस्रो दर्जाका रथी सुरेन्द्रबहादुर शाहको साथ लिएर महेन्द्रले मिसन फत्ते गरेको पनि भन्ने सुनिन्छ । त्यो हुँदै होइन । नेपाली सेनामा प्रधानसेनापति भएपछि शाहले थुप्रै सुधारका काम गरे । शाहअघिका प्रधानसेनापति निरशमशेरको पालामा नेपाली सेना र नेपाल प्रहरीका दर्जामा संस्कृतीकरण घुसाइएको थियो । यसमा हिन्दु पुरातनवादी पक्ष हाबी भएको मानिन्थ्यो । प्रशासनका साथै सुरक्षा अंगमा सबै चीजको नाम फेर्ने प्रचलन पनि त्यतिबेलै सुरु भएको हो । नेपाल प्रहरीको उच्च दर्जालाई आईजीपी भन्ने गरिन्थ्यो तर प्रहरी महानिरीक्षकबाट बोलाउन थालियो । नेपाली सेनामा पनि राजालाई सुपि्रम कमान्डर इनचिफको सट्टा परमाधिपति भनेर संस्कृतीकरण गरियो ।
चारतारे मुख्य जनरल कमान्डर इन-चिफलाई प्रधानसेनापति, तीनतारे जनरललाई लेफि्टनेन्ट जनरलको सट्टा रथी, मेजर जनरललाई उपरथी, बि्रगेडियर जनरलको सट्टा सहायक रथी भनेर संस्कृतीकरणको सम्बोधन थालियो । प्रधानसेनापति शाह सेनापति हुँदादेखि नै हो, सेनामा प्रचलित राणा, शाह जर्नेललाई राजा र तिनका श्रीमतीलाई रानी, हजुर, बक्सियोस्, प्रभु इत्यादि शब्द प्रयोग नगर्न उर्दी नै जारी गरे । तत्कालीन सेनामा सबैले सबैलाई तपाईं सम्बोधन गर्ने आदेश जारी भयो । यसलाई त्यतिबेला प्रगतिशील कदम मानियो ।
नाम बदल्ने संस्कृतीकरणको घटना नेपाल राष्ट्र बैंकसम्म पुग्यो । तत्कालीन गभर्नर कुलशेखर शर्मा संस्कृतीकरणको विरोधमा उभिए । राष्ट्र बैंकका दर्जा फेर्ने भए राजीनामा दिनेसम्मको चेतावनी उनले तत्कालीन सरकारलाई दिएको चर्चा सुनिन्थ्यो । शर्माकै कारण राष्ट्र बैंकमा यो निर्णयले प्रवेश पाएन । त्यही कारण अहिले पनि राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नरजस्ता पद यथावत रहन सकेका हुन् भनिन्छ ।
सेनाबाट अवकाशपछि दुर्गम विकास समितिको अध्यक्षमा कार्यरत रहँदा शाहसँग कैयौँ जिल्ला घुम्ने अवसर मिल्यो । समितिको जिम्मेवारी वहन गर्ने क्रममा शाहसँग दैनिक सम्पर्कमा रहनुपथ्र्यो । पेसाले सैनिक भए पनि साहित्यप्रति बढ्ता लगाव थियो, उनको ।
शाहलाई राजा महेन्द्रका रणनीतिक सल्लाहकारका रुपमा चिनिन्थ्यो । रणनीतिक अध्ययनकै क्रममा उनले सेनापति भएपछि जुम्ला, हुम्ला पैदल भ्रमण गरे । गोप्य रुपमा तिब्बत ल्हासा भ्रमण गरे । चीनकै सहयोगमा बनेको कोदारी राजमार्ग हुँदै पहिलोपल्ट ल्हासा भ्रमण गर्ने उनै थिए ।
राजा महेन्द्रकै रणनीतिलाई कार्यान्वयनमा लैजान शाहको योगदान महफ्वपूर्ण रहेको मानिन्थ्यो । राजा महेन्द्रलाई पदच्युत गर्न भारतले तत्कालीन नेपाली कांग्रेसलाई सशस्त्र सहयोग उपलब्ध गराएको भनिन्थ्यो । सन् १९६२ मा चीन-भारत सीमा युद्ध भयो । युद्धमा पराजित भारतले कांग्रेसलाई ४० किमि सीमा वरपर सशस्त्र गतिविधि गर्न रोक्यो । त्यतिबेलै उत्पत्ति भएको हो- तत्कालीन कांग्रेसलाई सम्बोधन गर्ने शब्दावली, अराष्ट्रिय तफ्व । त्यसपछि भारतीय बिनाविभागीयमन्त्री लालबहादुर शास्त्री राजा महेन्द्र भेट्न नेपाल आए । भारतीयबाट राजा महेन्द्रको शासनलाई पूर्ण रुपमा सम्मान गरियो । यद्यपि चीनसँग घनिष्ट सम्बन्ध बनाएका राजा महेन्द्रलाई शासनाच्युत गराउन भूमिका खेलेको निहुँमा चीनले भारतमाथि आक्रमण गरेको भन्ने चर्चा त्यतिबेला थियो ।
राजा महेन्द्रलाई बलियो बनाउन सेनापति शाहले कुनै कसर बाँकी राखेनन् । राजा महेन्द्रको साख्खै ज्वाइँ नाता पर्नुको कारणले मात्र नभई दुवै जनाबीच शासन-प्रशासन, विदेशी सम्बन्ध, रणनीतिजस्ता विषयमा मन मिल्थ्यो । दुवै जनाको रणनीतिका कारण नै ०१७ सालको घटना घटाउन सहज भएको मानियो । समय-समयमा शाहलाई भेट्न स्वयं राजा महेन्द्र उनको निवास डिल्लीबजार पुग्ने गर्थे । राजा त्यहाँ जानुको अर्थ सूचना र महफ्वपूर्ण सल्लाह बटुल्ने हुने गथ्र्यो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...