सेनाको डर
अघिल्लो वर्ष थाइल्यान्डमा सुन्दरी यिङलक सिनावात्रा कार्यकारी प्रमुख थिइन्। निर्वासित पूर्वप्रधानमन्त्री दाजु थाक्सिन सिनावात्राबाट निर्देशित
पछिल्लो समय सेना प्रमुख प्रयुथ चान ओचाले कार्यकारी अधिकार हातमा लिएका छन्। राजनीतिक स्वतन्त्रतामा पनि बन्देज लागेको छ। गत महिना मात्र सुवर्णभूमि एयरपोर्टबाट होटलसम्म पुग्दा नेपाललाई 'नेपान' उच्चारण गर्ने ट्याक्सी ड्राइभर खुब गफिए। राम्रै अंगे्रजी बोल्न सक्ने र राजनीतिक चे तना भएका तिनले थाई जनतालाई मूर्खको संज्ञा दिँदै भने, "राजा राजा भनेर कोमामा गएका राजाको स्तुति गाएर बस्छन्। यिनको बुद्धि कहिले फिर्छ र देशले लोकतन्त्रलाई स्वागत गर्छ ?"
ड्राइभरले एकोहोरो राजतन्त्रका खिलाफमा मन्तव्य दिएपछि उनकै सिटछेउमा बसेकी रेणु राजभण्डारीले भनिन्, "नेपालमा पनि एकताका त्यस्तै थियो। राजालाई भगवान् मान्थे। जनता र राजनीतिक दल मिलेर राजतन्त्र निर्मूल पारे।" राजभण्डारीले बोल्दा ड्राइभरले बारम्बार सजग गराए, "बिस्तारै बोल सेनाले सुन्छ।"
नेपाली मन
बैंककस्थित बीओके भनिने सपिङ मलको एक कुनामा साना-ठूला, सस्ता-महँगा ब्याग बेचेर बसेका नेपाली भेटिए। सामान किन्न नेपाली बोल्दै हिँडेको देखेपछि तिनले बर्मेली लबजमा आफू पनि नेपाली भएको हामीलाई बताए। गुल्मीतिर पुख्र्यौली घर भएका सोमजित पाण्डेय बाल्यकालमै बर्माबाट थाइल्यान्ड आएका रहेछन्। आफ्ना ग्राहकलाई पन्छाउँदै सोमजित नेपाली भाषामा गफिए।
बर्माका नेपालीलाई थाइल्यान्डमा काम गर्ने इजाजत दिलाउन पूर्वराजा वीरेन्द्रले पहल गरिदिएको आफ्ना बाबुआमाबाट सुनेका रहेछन् तिनले। भने, "राजा वीरेन्द्रलाई बर्माका नेपालीले राम्रो मान्थे। यहाँ (बैंकक)का मानिसले पनि राम्रो कुरा गर्छन्। तिनैका भतिजा पारस यहाँ पक्राउ परे भनेर थाई साथीले सुनाउँदा कस्तो दिक्क लाग्यो।"
नेपाली, बर्मेली, थाई र अंग्रेजी भाषा बोल्ने सोमजितलाई एकपटक आफ्नो पुख्र्यौली घर पुग्ने मन रहेछ। तर, कताको भिसा, कताको पासपोर्ट, के कागजातका आधारमा नेपाल पुगिने हो भन्ने जानकारी रहेनछ। नेपाली उक्ति 'बर्मा गयो कर्मसँगै, नेपाल गयो कपालसँगै' सुनाउँदा तिनी दिल फुकाएर हाँसे।
विशेष सिट
बैंककबाट नेपाल र्फकंदा बोर्डिङ पास लिइसकेपछि प्रतीक्षालयका कुर्सीमा आँखा परे। एक जापानीजस्तै देखिने मानिस बसिरहेका थिए। भिक्षु आएपछि जुरुक्क उठेर ठाउँ छोडिदिए। भिक्षुप्रति सम्मानका कारण यसो गरेका होलान् भन्ने थियो मनमा। जहाज चढ्ने बेला भिक्षु उठेपछि यसो हेरेको त त्यस कुर्सीमाथि भिक्षु जनाउने छाप नै लगाइएको रहेछ।
नेपालका सार्वजनिक यातायातमा अपांग, वृद्धवृद्धालाई समेत ठाउँ छाड्न तम्तयार हुँदैनन् मान्छेहरू। मैले झलझली नेपाल सम्झिएँ । आखिर गर्नै नसक्ने त होइन रहेछ नि !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...