अदूरदर्शी दूरसञ्चार
जमाना नानोको छ । अचेल सबैलाई सामान सानो चिटिक्कको मन पर्छ । नानो कार, नानो मेमोरी कार्डपछि नानो सिमकार्ड आएको पनि धेरै भइसक्यो ।
जमाना नानोको छ । अचेल सबैलाई सामान सानो चिटिक्कको मन पर्छ । नानो कार, नानो मेमोरी कार्डपछि नानो सिमकार्ड आएको पनि धेरै भइसक्यो । नानो सिम आएकाले सोहीअनुरुपको मोबाइल फोन बन्यो वा सानो सिम अटाउने मोबाइल बजारमा आएकाले सिमकार्ड नानो भयो । जेहोस्, दुवैलाई एकापसमा मिल्ने कुरा बन्यो ।
पहिले मोबाइलमा अटाउन ५० रुपैयाँ तिरेर सिमकार्डलाई ताछेर साइजमा ल्याइन्थ्यो । यसो गर्दा सिमकार्ड बिग्रिने जोखिम पनि उत्तिकै हुन्थ्यो । अचेल ५० रुपैयाँ तिरेर दूरसञ्चारले नै तीन भिन्न साइजका बनाउन मिल्ने नयाँ सिमकार्ड दिँदो रहेछ ।
केही समयअघि साथीले नयाँ फोन लिँदा यसलाई मिल्ने सिमका लागि दूरसञ्चार गयौँ । ५० रुपैयाँ तिरेर मैले नै उसको फाराम भरेर बुझाइदिएँ, नागरिकताको प्रतिलिपिसहित । बदलामा कर्मचारीले सहकर्मीसित गफिँदै मेरै हातमा उसको नम्बरको सिम थमाइदिए । फाइनान्स कम्पनीले बाइक, फ्रिज किस्तामा दिादा त लालपुर्जाको फोटोकपी माग्ने समयमा सिम हस्तान्तरण गर्दा दूरसञ्चारले कुनै प्रकारको ग्यारेन्टी मागेन, न त कुनै क्रसचेक नै गर्यो । कति फितलो नियम । एक मनले भन्यो नयाँ नियम हो, यस्ता कमी–कमजोरीलाई दूरसञ्चारले बिस्तारै परिमार्जन गर्ला नि ।
एक महिनाअघि आफ्नै मोबाइल सेट फुटेर नयाँ लिनुपर्यो । त्यसका लागि मिल्ने नानो सिमकार्ड लिन नागरिकताको फोटोकपी बोकेर दूरसञ्चार अफिस पुगेँ । तर नियम पुरानै रहेछ । नयाँ सिमकार्ड सजिलै पाएँ । सतहमै विचार गर्ने हो भने पनि कसैको नागरिकताको फोटोकपी र मोबाइल नम्बर भए सजिलै सो व्यक्तिको मोबाइल नम्बर प्रयोग गर्न सकिने रहेछ । यस्तो भयानक जोखिमप्रति दूरसञ्चारले किन आाखा चिम्लेको होला ?
पैसा झिक्नै सकस
अचेल बैंकहरुले मात्र होइन, सरकारी संस्थाले समेत ग्राहक सुविधा लक्षित टोकन मेसिन राख्न थालेका छन् । मेसिनबाट टोकन लियो, त्यही नम्बरको आधारमा पालो आउँछ । टीभी हेर्दै आफ्नो पालो कुर्यो । लाइन उभिनु नपर्ने । यस्तो स्मार्ट जमानामा इन्भेस्टमेन्ट बैंकले भने पुरानै ढर्रा कायम राखेको महसुस भयो ।
कालिमाटी शाखाका तीन एटिएममध्ये कुनै एकबाट पैसा झिक्न सके भाग्यमानी मान्नुपर्छ आफूलाई । सधैँ कुनै न कुनै समस्या भएकै हुन्छ । त्यसैले शाखाले एउटा एटिएम मेसिन हटाइसकेको छ । अर्को मलाई पायक पर्ने न्युरोडको एटिएम पनि बन्द छ । एटिएमले धोका दिएका बेला चेक प्रयोग गरेर पैसा झिक्नुको विकल्प हुँदैन । चेक लिएर बैंकको कुनै शाखा छिरेपछि आधा, पौने घन्टा लाइनमा उभिनुपर्ने बाध्यता त सामान्य भइहाल्यो ।
कालिमाटी शाखामा त कहिलेकाहीँ हरिबिजोगै हुन्छ । लाइन बस्दाबस्दा कहिलेकाहीँ ढोकाबाहिर नै पुगिने अवस्था आउँछ । यस्तो अवस्थामा अरु बैंकमा टोकन मेसिन प्रयोग गरी टीभी हेर्दै आरामले पालो कुरेको याद आउँछ । हुन त इन्भेस्टमेन्ट बैंकको अरु शाखामा पनि टोकन मेसिन व्यवस्था छ । यहाँ भने किन नराखेको होला, थाहा भएन । यसबारे सोधीखोजी गर्दा बैंक कर्मचारी सुनेको नसुन्यै गर्छन् । सुरक्षागार्ड ओठ लेप्य्राउँछन् ।
के यो बैंकलाई ग्राहक पुगिसकेको हो वा यहाँभन्दा बढी सुविधा हामी दिन सक्दैनौँ भनेर हात उठाएको हो ? कर्जा र निक्षेपमा आकर्षक ब्याजदरका अलावा बैंकले टोकन मेसिन र सेवाग्राही बस्न पुग्ने कुर्सी व्यवस्था गरे के फरक पर्छ ? शाखा त हो नि भनेर हेला गरेर हुन्छ ?
हरियो सट्टापट्टा !
काठमाडौँमा हावा छानेर सास फेर्नुपरेको धेरै भयो । धूलो र धुवाँ नउडेको ठाउँ भेट्टाउन मुस्किल छ । सडकमा थोत्राले मात्र होइन, महागा चिल्ला गाडीले पनि कालो मुस्लो फालेको देख्दा बाल्यकालको याद आउँछ । हाम्रो टोलका अधिकांशको ट्याक्सी र ढुवानी व्यवसाय थियो । हामी खेल्ने चौर साँझतिर ट्याक्सीले भरिन्थ्यो ।
हाम्रो पनि एउटा ट्याक्सी थियो । हरेक ६–६ महिनामा गाडीधनी गाडीको कन्डिसन अद्यावधिक गर्न व्यस्त हुन्थे । मेरा बा पनि हाम्रो ट्याक्सीको मोबिल फेर्ने, फिल्टर फेर्ने, कोरिएका ठाउा रंगरोगन भर्ने काम रुचिपूर्वक गर्नुहुन्थ्यो । यसरी तयार गरिएको गाडीलाई बग्गीखानामा सम्पूर्ण जाँच गरेपछि हरियो स्टिकर अर्थात् जाँचपास दिइन्थ्यो । किनभने उतिबेला प्रदूषणको मापदण्डमा फेल भएको, राम्ररी रंग नगरेको, थोत्रो देखिने गाडी सडकमा गुड्न प्रतिबन्ध थियो ।
कसै–कसैले दाम चढाएर हरियो स्टिकर ल्याएको हल्ला बेलाबेला टोलमा चल्थ्यो । यस्ता हरिया स्टिकरको नियम अचेल पनि छ । तर अहिले पछाडिबाट वायुमण्डल नै विषाक्त हुने गरी कालो धुवाँ फाल्दै गुड्दै गरेका गाडी पनि बग्रेल्ती देखिन्छन् । यसरी धुवाँ फाल्दै गरेका गाडीअघिल्तिर सिसामा भने हरियो स्टिकर टाँसिएकै हुन्छ । थोत्रा गाडीमा पनि कसरी हरियो स्टिकर टाँसियो होला ? कतै हरियो स्टिकरसँग हरियो नोटको सट्टापट्टा त चलिरहेको छैन ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...