उफ् कोलकाता
‘जोरका झट्का धीरेसे लगे’ भनेझैँ विमानभित्र परिचारिकाले उद्घोष गरेको ३० डिग्री तापक्रम सहर पस्दा ४२ डिग्रीमा उकालो लागिसकेछ । टाउकोमा कसैले हेयर ड्रायर चलाइरहेको भान हुन्थ्यो । कोलकातावासी पंखा र एसीकै भरमा बाँच्ने रहेछन् ।
मान्छे गर्मी छल्न भनेर हिमाल नजिक जान्छन् । हामी भने जेठको अन्तिम साता सात जना कोलकाता पुगेका थियौँ, ताजपुरमा हुने तीनदिने जलरंग कार्यशालामा सहभागी हुन । ‘जोरका झट्का धीरेसे लगे’ भनेझैँ विमानभित्र परिचारिकाले उद्घोष गरेको ३० डिग्री तापक्रम सहर पस्दा ४२ डिग्रीमा उकालो लागिसकेछ । टाउकोमा कसैले हेयर ड्रायर चलाइरहेको भान हुन्थ्यो । कोलकातावासी पंखा र एसीकै भरमा बाँच्ने रहेछन् ।
प्राकृतिक रुपमा वातानुकूलित ठाउँमा बस्ने हामीलाई त्यो गर्मी असहृय त हुने नै भयो । धन्न, सहरमा हरियालीलाई विशेष महफ्वका दिइएको रहेछ । यस्तै गर्मी खेपेर होटल पुग्दा नेपाली सामाजिक संजालमा देशतिरको खबर भने यस्तो थियो, विकास भन्दै धमाधम रुख काटिादै, उच्च तापक्रममा नयाँ रेकर्ड, अत्यधिक गर्मीको कारणले उडिरहेका चरा खस्न थाले आदि–आदि ।
दुई मित्रको घुरेली
पाँच रातको कलकत्ता बसाइमा चार रात मैले साथीहरुसँग कोठा सेयर गरेँ तर प्रायः रात म अनिँदो पल्टिरहेँ । सँगै सुतेका दुई साथी घुर्नमा निपुण रहेछन् । छन्द मिलाएर, धुन फेरी–फेरी घुर्न प्रतिस्पर्धा गरेजस्तो लाग्यो । कतै सुनेको थिएँ, घुर्ने मानिसको नाकको प्वाल १० सेकेन्ड बन्द गरिदिएमा घुराइ रोकिन्छ । मैले घडी हेरेर दस सेकेन्डसम्म मित्रको नाक दुई अँगुठाले च्याप पारि दिएँ तर अवस्था उस्तै । तकियाले कान थुन्नुको विकल्प थिएन ।
ताजपुरको बसाइमा भने मेरो ओछ्यान दुई च्याम्पियनहरुको बीचमा पर्यो । निदाउन पल्टेको मात्र के थिएँ, दायाँबायाँ दुवैतिरबाट घुराइ सुरु भइहाल्यो । कोभन्दा को कम Û हपहप रापिएको रिसोर्टमा कहिलेकाहीँ सर्प–बिच्छी पनि आउने भएकाले सावधानी अपनाउन होटलवालाले सुझाएका थिए । तर त्यस्तो खतरनाक आवाज सुनेर त कोठाका सर्पबिच्छी भागे सायद ।
मदिराको करामत
कार्यशालाको दोस्रो साँझ मदिरा पाउँदै नपाइने ठाउँ ताजपुर रिसोर्टमा कसोकसो गरी हार्ड ड्रिंक्स भित्रिएछ । घरदेखि टाढा भएको मौकामा यसो मदिरा चाखौँ न भन्ने भइहाल्यो । मैले बियरसम्म चाखेँ । तर रक्सी ? दुई जना बहाना बनाएर अलप भयौँ । तेस्रो साथीलाई भने मुडवाले समूहले भरोसा दिलाएर मज्जाले पिलाएछ । साथी अबेर राती कोठामा आएर पल्टे ।
मेरो यसै पनि निद्रा पातलो, साथी बीचबीचमा अनिद्राले छट्पटिएको थाहा पाएँ ।
अकस्मात् साथी जुरुक्क उठे अनि मूलढोका खोले । “कता तपाईं ?” मैले सोधेँ । बर्बराएको आवाज आयो, “ट्वाइलेट” । हाम्रा कोठाभित्रको बाथरुमको ढोका र मूलढोका सँगसँगै थिए । मूलढोका अलि पर ठूलो तलाउ थियो । ट्वाइलेटको ढोका त दायाँतिर छ भनेर कराएँ । उनी मूलढोका थुनेर बाथरुम पसे ।
रातको त्यो किस्सा सुनाउँदा उनले विश्वास गरेनन् ।
पालोको पैँचो
एकपटक खाना खाइवरी फर्कने क्रममा पालैपालो रेस्टुराँको ट्वाइलेट प्रयोग गरेथ्यौँ । कृष्ण हरायो एकाएक । महिला शौचालयबाट फुत्त बाहिर निस्केपछि जिल्ल पर्यौँ । उसले शौचालयको ढोकामा टाँसिएको संकेत त विचारै गरेनछ । सब गललल हाँस्यौँ ।
कुरा यतिमा सकिएन । कोलकाताबाट ताजपुर जाँदा हाइवेमा पर्ने एउटा रेस्टुराँमा १५ मिनेट मात्र भनेर हाम्रो गाडी रोकियो । कसैलाई शौचालय जान हतार थियो, कसैलाई चिया पिउन । गाडीमा भारतीय तथा बंगलादेशी कलाकार पनि थिए । भुइातलामा भएको शौचालय खुला खालको थियो । साहुले माथिको तलामा जान आग्रह गरे । महिला शौचालय अगाडि हाम्रै टोलीका महिलाहरुको भीड लाग्यो । एकछिनपछि महिला शौचालयको ढोकाबाट निस्कने व्यक्ति कृष्ण नै थियो । महिला साथीहरु वाल्ल परे । हतारमा बसबाट झरेको उही कृष्णले फेरि पनि ढोकामा टाँसेको संकेत हेर्न भुलेछ । अब भने टोलीका सबैले उसलाई जिस्काउन थाले, “नामै कृष्ण, कामै कृष्ण ।” उसको अनुहारले भन्दै थियो, पख तिमीहरुको पालो पनि कसो नआउला ।
नभन्दै सुवासचन्द्र बोस एयरपोर्टमा सुरक्षा जाँचका विभिन्न चरणमा हामी भिन्नाभिन्नै लाइनमा पर्न गयौँ । म र रसिक राई गफिँदै थियौँ । दुवै जना झुक्किएर महिला लाइनमा उभिन पुगेछौँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...