तिब्बतीलाई युरो पार्सल
केही वर्षअघि फ्रान्स घुम्न जाँदा त्यहाँका एक व्यक्तिले नेपाली गाइडलाई बन्द खाम दिए । उक्त खाम लाजिम्पाटस्थित फ्रान्सेली राजदूतावास छेउमै रहेको कालो गेटमा छाडिदिन भनिएको थियो । चिट्ठीमा कसैको नाम थिएन ।
केही वर्षअघि फ्रान्स घुम्न जाँदा त्यहाँका एक व्यक्तिले नेपाली गाइडलाई बन्द खाम दिए । उक्त खाम लाजिम्पाटस्थित फ्रान्सेली राजदूतावास छेउमै रहेको कालो गेटमा छाडिदिन भनिएको थियो । चिट्ठीमा कसैको नाम थिएन । खाम दिने फ्रान्सका धनाढ्य र राजनीतिक तहमा प्रभावशाली व्यक्ति थिए । भीआईपी पाहुनालाई ती गाइडले नेपाल घुमाएका थिए । त्यसैले बेनामी खाम ती गाइडले लिए । फ्रान्सेली भाषामा दक्खल भएका ती गाइडलाई उक्त खामभित्र के होला भन्ने उत्सुकता जागेछ । अनि होटल पुगेपछि चलाखीपूर्वक खामभित्र बन्द वस्तु पत्तो लगाएछन् । त्यो कसरी भने सबै बत्ती निभाएछन् अनि सियोले दुलो बनाएछन् र मोबाइलको बत्ती खाममा झोसेर भित्रको वस्तु हेर्दा त युरो नोट पो रहेछ ।
खामभित्रसमेत अर्को कागजले बेरेको रहेछ । उनलाई खाम होटलमै छाडिदिउँ कि लिएर जाऔँ भन्ने दोधार परेछ । उक्त रकमको वैधानिकता थिएन । कतै सुरक्षा जाँचमा भेट्याए पक्राउ परिएला भन्ने डर थियो । जसले यो पार्सल पुर्याइदिन भनेको थियो, ऊ ती गाइडका भीआईपी पाहुना थिए । जे त पर्ला भनेर बोकेछन् । भाग्यवश, पार्सल युरो हो भन्ने कसैले भेउ पाएन । सुरक्षित काठमाडौँ आइपुग्यो । पार्सल पुर्याउन जाँदा फेरि झस्किए । त्यो त तिब्बती शरणार्थी कल्याणकारी कार्यालय पो रहेछ ।
भोलिपल्ट उक्त कार्यालयबाट पार्सल ल्याइदिएकामा धन्यवाद फोन आयो र सँगै कफीको निम्ता । तर कार्यालयभित्र भने होइन, बाहिरै भेटेछन् । पश्चिमाहरुले तिब्बती शरणार्थीलाई आर्थिक सहयोग गर्ने कुरा नयाँ विषय होइन । तिब्बती शरणार्थीलाई सहयोग गर्न धेरै संस्था खुलेका छन्, उता । तर छापामार शैलीबाट समेत आर्थिक सहयोग आउने कुराले भने चकित तुल्यायो ।
खाङसेरभित्र के छ ?
यसरी नौलो शैलीमा पार्सल भित्रिएको घरमै भेट्न बोलाए, छुल्ट्रिम ग्याल्छोले । मुस्किलले जुर्याइएको भेट । दलाई लामाको निर्वासित सरकारको नेपाल प्रमुख हुन्, ग्याल्छो । गडेन खाङसेर भनेर चिनिने यो भवन लाजिम्पाटको मुख्य सडकबाट देखिँदैन । गेट मात्र देखिन्छ । बोर्ड छैन । यत्ति मात्र लेखिएको छ, गडेन खाङसेर । त्यहाँभित्र तिब्बतको झन्डा राखिएको सुरक्षा निकायका केही अधिकारीबाट सुनिएको थियो । ग्याल्छोले कार्यालयमै भेट्ने भनेकाले खाङसारको रुपरङ देखिने भयो भनेर खुसी नै थिएँ । र, यही मौकामा अब सुटुक्क तिब्बती झन्डा फहर्याएको फोटो खिच्छु भनेर मनमनै योजना बनाएर त्यहाँ पुगेँ ।
गेट अगाडि पुगेर फोन गर्न खोज्दा सुरक्षा गार्डले पर जान भने । ग्याल्छोले समय दिएर आएको भनेर फुर्ति लगाउन खोज्दै थिएँ, गार्डले सुने पो । बरु पर गएर फोन गर्न आदेश दिए । गेटबाट लुरुलुरु अलि टाढा पुगेर फोन गर्दा ग्याल्छोले कार्यालयमा होइन, बाहिरै भेटौँ भने । अघिसम्म कार्यालयमै गफ गर्न सजिलो हुने बताएका ग्याल्छोलाई अचानक के भएछ ? भेटमा ग्याल्छो दुरुस्त नेपालीजस्तो लाग्यो । उनले पनि आफूलाई तिब्बती भन्दा कसैले नपत्याउने खुलाए । बरु नेपाली लामा, तामाङ, गुरुङ हो भन्दा रहेछन् । भोलिपल्ट सहकर्मी रवि मानन्धरलाई खाङसेरको फोटो खिच्न जाँदासमेत गेट वरिपरि ढिम्किनै दिएनछन्, गार्डले । साँच्चै खाङसेरभित्र के छ कुन्नि ?
सूचना जोख्ने प्रवक्ता
पत्रकारलाई सूचना दिन हरेक सरकारी निकायले प्रवक्ता/सूचना अधिकारी तोकेका छन् । झट्ट हेर्दा यो एकदमै जवाफदेहीपूर्ण र पारदर्शी कामजस्तो लाग्छ । तर केही समयअघि नेपाल प्रहरीका प्रवक्तासँग एउटा सूचना माग्दाको घटनाले प्रवक्ता सूचना दिन होइन, सूचना छान्न बसेको अनुभूति दिलायो । प्रहरी दिवस अवसरमा नेपाल प्रहरीले देशभरका आफ्ना कर्मचारीलाई सम्मान गरेको थियो । प्रसंगवश त्यसरी सम्मानित हुनुपर्नेको संख्या चाहिएको थियो र मागियो ।
तर डीआईजी तहका प्रवक्ताले त कान्तिपुरजस्तो संस्थाले पनि यति झिनामसिना सूचना माग्ने भन्दै अर्ती दिन थाले । खुसी हुने जवाफ थिएन, यो । “तपाईंको काम सूचना सानो–ठूलो भनेर जोख्ने हो कि दिने ? तर्कसहित सूचना दिन सक्दिनँ भन्न सक्नुहुन्छ । तर सानो सूचना भएकाले दिन्नँ भन्ने ?” मैले अलि आक्रोशित शैलीमा भनेँ । त्यसपछि उनले आफू मातहतका कर्मचारीमार्फत सूचना दिए ।
यस्तो व्यवहार उनले मलाई मात्र गरेका होइन रहेछन् । बीबीसी नेपाली सेवाका एक पत्रकार मित्रलाई समेत भनेका रहेछन्, ‘बीबीसीजस्तो संंस्थालाई यस्ता मसिना कुरा किन चाहियो ?’ प्रवक्ताको काम सूचना जोख्ने हो कि सूचना दिने ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...