आत्मकेन्दि्रत दस्तावेज
आत्मकथा, आत्मवृत्तान्त, संस्मरणजस्ता आत्मकेन्दि्रत विधामा पुस्तक प्रकाशनको लहर चलेको छ।
प्रकाशक माधुरी सैँजूले सुरुमै भनेकी छन्, बुधबारेदेखि चाकुपाटसम्म लामो यात्रा हो तर यो कुनै आत्मवृत्तान्त वा व्यक्तिगत गाथा होइन। पुस्तक पढ्दै जाँदा प्रकाशकको यो उक्ति बारम्बार सम्भिmइन्छ। वास्तवमा लेखकले आफ्नो व्यक्तिगत विवरण र अहम् प्रदर्शन हुन्छ कि भनेर एकदमै होसियारी अपनाएका छन्। उनले बढीभन्दा बढी कामको कुरा गर्न खोजेका छन्। व्यावसायिक जीवनमा भोगाइलाई केन्द्रमा राखेका छन्। यसमा पनि उनी आफ्नो तोकिएको काममा मात्र केन्दि्रत भएका छन्। नित्तान्त व्यक्तिगत र अनौपचारकि प्रसंगलाई सकेसम्म पुस्तकमा पर्न दिएका छैनन्।
पुस्तक झापाको बुधबारेबाट सुरु हुन्छ। पञ्चायती व्यवस्था र भूमिसुधारको भावना ठीक विपरीत थियो। पञ्चायत जमिनदार र गाउँका मुखियाहरूमा आधारति व्यवस्था थियो। तर, भूमिसुधार जमिनदारको अहितमा थियो। तैपनि, राजा महेन्द्रको इच्छाशक्तिमा कसरी यो कार्यक्रम लागू भयो? त्यसमा खटिँदा के-कस्ता अनुभव हासिल भए भन्ने कुराको सजीव चित्रण गरएिको छ। कर्मचारीतन्त्र र राजनीतिक तहबाट समेत भूमिसुधारको कार्यक्रममा केकस्ता बाधाविरोध आए भन्ने कुरालाई समेत भद्रतापूर्वक उल्लेख गरेका छन्। छोटो समयको कार्यकालमा उनले तत्कालीन समाज, राजनीतिक र अर्थव्यवस्था बुझ्न र समाजको तल्लो स्तरको हितमा काम गर्न पाउँदाको रोचक अनुभव पुस्तकमा समेटेका छन्।
उनले आफ्नो करअिर नै भूमिसुधारबाट सुरु गरेकाले दुई खण्डमा यसै विषयमा उल्लेख गरेका छन्। तर, ती दुई खण्डमा धेरै कुरा दोहोरएिका छन्। यद्यपि, उनका हरेक अनुभव सूचनामूलक छन्। जानकारीमूलक छन्। आज पनि भूमिसुधार जटिल राजनीतिक विषय बनेको छ। भूमिव्यवस्थासम्बन्धी कुनै पनि नीति निर्माता, विशेषज्ञ र अभियन्ताका लागि यो अनुभवी छ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष हुँदा गरेका शैक्षिक विकासका प्रयास, राष्ट्रिय योजना आयोगमा छँदा देखेभोगेका विसंगति र कूटनीतिक सेवामा रहँदा नेपालबारे ती क्षेत्रमा गरेको 'मार्केटिङ'लाई उनले अलगअलग शीर्षकमा वर्णन गरेका छन्। योजना आयोगको खस्कँदो प्रदर्शन र छवि अनि राजनीतिक व्यक्तिहरूको अबुझपनाप्रति उनको चिन्ता देखिन्छ। पुस्तक पढ्दा थाहा हुन्छ, प्रधानमन्त्रीहरूलाई आफँै योजना आयोगको अध्यक्ष हुँ भन्ने नै हेक्का हुँदो रहेनछ। योजना आयोगले नामै नसुनेका परयिोजना मन्त्रीहरूले रातो किताबमा घुसाउँदा रहेछन्। विदेशी दाताहरूले नेपालीको मायाले, नेपालको समृद्धिको आकांक्षाले मात्र आफ्नो मुलुकको ठूलो स्रोत सहायताका नाममा यहाँ भित्र्याउन खोजिरहेका छैनन्। यति मात्र होइन, विकास परयिोजनाको मूल्यांकन र समीक्षाका क्रममा केही नकारात्मक कुरा उठे भने मन्त्रीहरूले थर्काएको प्रसंग उनले यसरी उल्लेख गरेका छन्, 'एकपटक राजाको सवारीका क्रममा शिविरमा सुत्ने तरखर हुँदै थियो। कसैले ढोका ढकढक्याए। मन्त्री रहेछन्। तिनले भने- यदि तिमीले गोली प्रहार गर्नु नै छ भने किन अगाडि नै गर्दैनौ?'
गरबिी निवारण कोषका पहिलो उपाध्यक्ष भएर काम गर्दा विकासको कुन दृष्टिकोण र ढाँचा अपनाइयो, आफ्नो व्यावसायिक जीवनको सुरुदेखि अन्तिमसम्म कसरी तल्लो तहका किसान जोडिन आए भन्ने कुरालाई उनले संयोग र सौभाग्यका रूपमा लिएका छन्। र, धेरै ठाउँमा हाम्रो विकास प्रणालीमाथि गम्भीर चिन्तन, मनन र समीक्षा गरेका छन्। आगामी पुस्ताका लागि गतिलो खुराक पस्केका छन्। यसै गरी कूटनीतिक सेवामा रहँदा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि त्यसबारे अमेरकिी सरकारलाई कसरी बुझाइयो, नाकाबन्दीको विपक्षमा आवाज बुलन्द गर्न केकस्ता प्रयास गरएि भन्ने रोचक र महत्त्वपूर्ण प्रसंग पनि पुस्तकमा समेटिएका छन्।
सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस)लाई स्वतन्त्र थिंक ट्यांकका रूपमा विकास गर्ने सोचको पनि सविस्तार चर्चा गरेका छन्। यो काम सरकारी तहबाट हुनुपथ्र्यो, भएन। भएका पनि थिलथिला बनाएर छाडियो। त्यस हिसाबले आईआईडीएसको स्थापना स्वागतयोग्य नै देखिन्छ। तर, विदेशी दाताहरूले पहुँचवालाहरू जम्मा भएर खोलेको संस्थालाई कसरी सजिलै ठूलो रकम सहयोग गर्न राजी हुँदा रहेछन् भन्ने कुरा पनि यस प्रसंगले खुलासा गर्छ।
पुस्तकमा सरल बोलीचालीको भाषा प्रयोग गरेका छन्। उच्च बौद्धिकता प्रदर्शन गरएिको छैन। कसैलाई अपि्रय लाग्ने गाली वा आरोपका शब्द छैनन्। तर, यत्रो पुस्तक पढिसक्दा पनि उनले आत्मालोचनामा एक शब्द पनि खर्च गरेका छैनन्। आफ्नो कामको समीक्षा गरेका छैनन्। आफ्ना व्यवहार र सम्बन्धहरूको मूल्यांकन गरेका छैनन्। केवल विवरणहरू मात्र दिएका छन्। त्यो विवरण ज्ञान र सूचनाका हिसाबले महत्त्वपूर्ण छ तर मोहनमान सैँजूको आफँैप्रतिको मूल्यांकन के हो त भन्ने कुराको जानकारी दिन असमर्थ छ। यो आत्मकथा होइन भनेर मात्र लेखक/प्रकाशक उम्किन पाउँछन्। नाम जे दिए पनि आत्मकेन्दि्रत विधाको पुस्तक अवश्य हो। त्यसमा लेखकले आफँैलाई ठीक र बेठीकको तुलोमा राखेर पाठकसामु पेस गर्नैपर्छ। इतिहाससामु आफूलाई खुला
रूपमा राख्नैपर्छ।
कुनै समय दरबार र नेपाल सरकारका सचिवलगायत विशिष्ट श्रेणीका पदहरूमा पाल्पालीहरूको वर्चस्व थियो। सैँजू पनि कुनै खुला प्रतिस्पर्धाबाट ती पदमा पुगेका थिएनन्। कुनै चुनावको सामना पनि गरेका थिएनन्। मनोनयनकै प्रक्रियाबाट उच्च पदमा पटकपटक पुगेका सैँजूले एकपटक आफू जिम्मेवारीविहीन हुँदा असन्तोष प्रकट गरेका छन्। जुन प्रक्रियाबाट उनी ती ठाउँमा पुगेका थिए, जुन प्रणालीमा उनी काम गर्दै थिए, त्यही प्रक्रियाबाट निकालिए वा भूमिकाविहीन बनाइए। त्यसमा उनले प्रणालीको दोष भनेर उल्लेख गर्न हिचकिचाएका छन्। खालि त्यस बेलाका केही व्यक्तिको कोपभाजनमा परेको कुरा भद्र रूपमा उल्लेख गरेका छन्। त्यसैले यस पुस्तकलाई भद्रता एवं चलाखीपूर्वक लेखिएको आत्मकेन्दि्रत दस्तावेज भन्न सकिन्छ।
- रामबहादुर रावल
बुधबारेदेखि चाकुपाटसम्म
लेखक : मोहनमान सैँजू
प्रकाशक : माधुरी सैँजू
पृष्ठ : ८+१३२
मूल्य : २०० रुपियाँ
जीवन बुझ्ने कविता
कविको भीडमा केही व्यक्ति परैबाट छुट्टिन्छन्। त्यसमा भौतिक अग्ल्याइको कुनै महत्त्व छैन। कविता लेखेरै आफूलाई अग्लो बनाउने केहीमध्ये पर्छन्, महेश प्रसाईं। समयक्रममा बढ्दै गएका विकृति र विसंगतिप्रति ठाडो हस्तक्षेप गर्दै शब्दबाणले तिनलाई क्षतविक्षत पार्ने तागत उनको कलममा छ।
यसै पनि महेशले कविता लेख्न थालेको दुई दशक नाघेछ। उमेरसँगै बढेको परपिक्वता र लेखनीमा त्यसले ल्याएको निखारले महेशका कविता झन् उज्यालिएका छन्। उनका कविताले हिजोका घटनाक्रम, भोलिका सम्भाव्यतालाई आज भोग्ने वास्तविकतासँग सामञ्जस्य गराएका छन्। मानिसको जीवनका दैनन्दिनीलाई टपक्क टिपेर त्यसलाई मालामा परण्िात गर्ने काम गरेका छन् महेशले। बोलीचालीका भाषालाई कविता बनाएका छन् उनले। उनका कविता विम्बमा पनि लेखिएका छन् तर ती पाठकलाई बोझ बन्ने खालका छैनन्। बुझिने, सरल र काव्यिक चेत महेशका कविताका विशेषता हुन्। अमूर्त किसिमका कविता लेखे पनि अमूर्ततालाई बुझाउने उनको तरकिा पारम्परकि र ढोँगी छैन। अमूर्तताभित्र मूर्तता खोज्ने प्रयास गर्ने पाठकलाई त्यो प्राप्य हुने नै छ।
कविता जीवन हो र जीवन कविता हो भन्ने मूल मन्त्र महेशले लिएका छन्। कवितालाई जीवन नमानेका भए महेश सबै किसिमका पाठकले रुचाउने कविमा दरनिे थिएनन् सायद। जीवनले कविता कसरी कहन्छ भन्ने कुराको चेत महेशले यसरी पस्केका छन्:
आँखाको पनि रदिम हुन्छ
चस्मामा कति विश्वास छ।
ऐनामा सबै कुराहरू देखिँदैनन्
कमसेकम
तिम्रो ढाड देखिँदैन
मेरुदण्ड देखिँदैन
कुर्कुच्चाहरू देखिँदैनन्।
(ऐनामा चस्मा)
महेशले ऐनामा देखिने विम्ब हेर्नलाई आँखा चाहिने जिकिर गरेका छन्। आँखाले नै हो संसार चिहाउने र आत्मालाई स्पर्श गर्न बाध्य पार्ने। आँखाले चिहाएपछि मान्छेले संसार विचरण गर्न पाउँछ। चेतनास्थलमा प्रवेश गर्न सक्छ। मानिसको चेत खुलाउने खालका कविता लेखेका छन् महेशले। कविता बुझ्ने चेत भएको पाठकले मात्रै यस सत्यलाई शिरोपर गर्न सक्छ। र, कविता बुझ्न सक्छ। उनले कविता लेखनीलाई आत्मतृप्तिसँग जोडेका छन्। मानिसका हर कर्म आत्मतृप्तिसँगै जोडिन्छन् पनि। तर, कविता नलेख्दा त्यो आत्मतृप्ति नपाइने जिकिर कविको छ। आ-आफ्ना क्षेत्रमा लाग्नेले त्यही आत्मतृप्ति पाए भने सफलता पनि सँगै आउने निश्चित छ। महेश हृदयले कविता लेख्छन् र पाठकका दिलदिमागमा बास बस्न आइपुग्छन्। उनले समयको माग र चापलाई सूक्ष्म तरकिाले केलाउँदै शब्दका माध्यमबाट त्यसलाई सम्पे्रषण गरेका छन्। जस्तो:
अरुण वा तमोरको
उर्लंदो भेल तर्नै लागेको बिहानसित
मफलर बेरएिको समय
एकैछिन पनि
अलमल गर्न सक्तैन
कतिलाई यो कुरा थाहा छ !
५१ वटा कविता संग्रहमा समेटिएका छन्। शीर्ष कविता 'शनै शनै रेगिस्तानहरू' सबभन्दा कमसल छ। मूर्त किसिमले जुराइएको शीर्षक पनि उस्तो उत्कृष्ट छैन। आफ्ना सन्तान सबैको माया उस्तै हुन्छ। झन् कमजोरप्रतिको भावना र चिन्त्ाा फराकिलो हुन्छ। के यसै कारण महेशजस्ता खारएिका कविले शीर्ष कविता जुराएका हुन् त? मरुभूमि सोचमा होला, जीवनमा पनि होला तर शीर्ष कविताको शीर्षक जुर्नुपर्ने तर्क देखिँदैन। अरू केही कविता पनि संख्या पुर्याउनका लागि राखेजस्तो देखिन्छ। साझा प्रकाशनले यति संख्या चाहिन्छ भनेर मापदण्ड बनाएको भए बेग्लै कुरा। समग्रमा महेश प्रसाईं जीवन र जगत्का वास्तविकतालाई केलाउन सामथ्र्य राख्ने थोरै कविमध्ये एक हुन्। यसको साक्षी उनका कविता नै छन्।
- यशोदा तिम्सिना
शनै शनै रेगिस्तानहरू
लेखक : महेश प्रसाईं
प्रकाशक : साझा प्रकाशन
पृष्ठ : २४+११२
मूल्य : २१५ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...