नारी संवेदनाका कथा
ठूलो रूखको सियाँलमा बस्यो भने ओत त लाग्छ तर साना बिरुवा या पोथ्रापोथ्रीले हुर्कने अवसर पाउँदैनन् ।
त्यसो त चार दशकयता कथा लेख्न थालेकी विन्दुलाई नेपालमा पहिलोपटक डोरेडो नामक बाजा बजाउने सलिल सुवेदीकी आमा भनेर पनि चिनिएको छ । यस्तै, छापामा अंग्रेजी र नेपाली भाषामा उत्तिकै कलम चलाउन सक्ने गिरिश सुवेदीकी आमा भने पनि हुन्छ । यी सबै परिचयबाट माथि उठ्न खोजेकी छन् विन्दुले कथासंग्रह मेरी दिदी र ऊमार्फत ।
यसअघि बाल उपन्यास र बालकथासंग्रह प्रकाशित भएका छन् उनका । एउटा संस्मरणले भरिएको पुस्तक पनि प्रकाशित छ । उनका १८ वटा फुटकर कथा पुस्तकाकार रूपमा आएको छ यसपटक । विन्दुले कथा लेख्ने विषय आफ्नो वरिपरिको परिवेशलाई बनाएकी छन् । जसले गर्दा सामान्य पाठकले पनि यी कथामा आफ्नो जीवन पाउँछन् । कथामा रुचि भएका र विशिष्टता हासिल गरेकाले त झन् स्वाद मानी मानी कथा पढ्ने नै भए । यतिसम्म कि नेपाली र जापानी महिलाले भोगेको समाज महिलाका दृष्टिले उस्तै रहेको सन्देश विन्दुका कथाले दिएको छ । विकसित भनेर के गर्नु ? तिनमा भएको प्रेम, आवेग, ईष्र्या, महिलालाई हेर्ने दृष्टिकोण, पुरुषवादले गाँजेको समाज सबै उस्तै हुन् । लामो समय जापानमा बसेका कारण केही कथामा जापानी अनुभव समेटिएको छ ।
उनका कथा भलिभाँती नारीवादी होलान् भनेर सोच्नु स्वाभाविक हो । तर, वास्तविकता त्यस्तो छैन । नारीवाद एउटा सिद्धान्त हो, त्यो सबैले अंगीकार गर्छन् भन्ने छैन । तर, मानवतावाद जसले जहाँ पनि देखाउन सक्छ । विन्दुका कथामा पनि त्यही छ ।
उनले नारीलाई धर्ती भन्नुको कारण कथामार्फत प्रस्ट्याएकी छन् । भित्रभित्रै विद्रोहको ज्वालामुखी दन्किए पनि शान्त रूपमा प्रस्तुत हुनु र त्यसरी नै कुरा राख्ने प्रयत्न गर्नु नारीको विशेषता हो भने यसमा विन्दु पनि सहमत छन् । समानुपातिक समाज निर्माणमा महिला, पुरुष समान हुनुपर्छ भन्नुको अर्थ महिलाले पुरुषको भूमिका निर्वाह गर्नु भन्ने होइन । महिला महिला नै भएर पनि आफ्नो हकअधिकार प्राप्त गर्न सक्छन् र त्यही उत्तम उपाय हुने जिकिर विन्दुको छ ।
एउटी नारी आमा, श्रीमती, छोरी या साइनोमा जे पनि हुन सक्छे । तर, तत् साइनोमा बाँधिएपछि तिनले भोग्ने पीडा, कष्ट र अप्ठ्यारा, तिनले सुल्झाउने समस्या, निर्वाह गर्ने भूमिका, प्राप्ति र सुखद अनुभूतिचाहिँ फरक फरक हुन्छ । शीर्ष कथा 'मेरी दिदी र ऊ'मार्फत विन्दुले मानिस भएर बाँच्न पाउने हकको वकालत गर्दै दिदी पात्रमार्फत महिला भएकै कारण कसरी हिंसापीडित भएर एउटी महिलाले इहलीला समाप्त पारी भन्ने सन्देश दिएकी छन् । १५ वर्षअघि घनिष्ट साथीझैँ व्यवहार गर्नेले कसरी एक गैरसरकारी संस्था खोलेर चन्दा दिने हैसियत बनाएर बसेकी म पात्रलाई उसले चिनिन भन्ने कुरा तर्कपूर्ण लाग्दैन । चिनेकै भए पनि के नोक्सानी थियो र ? जसले म पात्रलाई उपन्यास पढ्ने लत बसाई, उसलाई नचिन्ने कुरा पनि हुन्छ र ?
सबैभन्दा प्रभावशाली कथा हो, 'सृष्टिको हलचल' । एउटा बिरालाको जीवनचक्रलाई यति नरम किसिमले पत्रपत्र केलाएर मर्मस्पर्शी बनाउने काम सबै कथाकारबाट सम्भव नहुन सक्छ । बिरालाका छाउरा ढाडेले खाइदिएपछि त्यो माउ बिरालोले भोगेको, देखाएको र दुःख बिसाएको, छाउराको वियोगमा छटपटाएको कुरालाई यति मिहिन पारामा कसरी भन्न सकिन् होला विन्दुले ? एउटी आमा चाहे त्यो मान्छेकी होस् या बिरालाकी, सबैले सन्ततिलाई गर्ने प्रेम कति निश्छल र निःस्वार्थ हुन्छ भन्ने उदाहरण हो, यो कथा । अन्त्यमा छाउराको वियोगमा पिडित बिरालाले पुनः ढाडे खोज्दै हिँडेको र अर्को घर बसाउन खोजेको देखाउनु कथाको सशक्त पक्ष हो ।
विन्दुका कथाको अर्को सशक्त पाटो हो, केही रहस्य छाडेर कथाको अन्त्य गरिनु । निबन्धमा जस्तो लेखकले मनमौजी किसिमबाट यसको बिट मार्न पाउँदैन । कथाले के भन्न खोजेको हो, स्पष्ट हुनु पनि पर्छ । बरू परिणाम पछि आउने गरी छोडिदिनुपर्छ । सबै कुराको टुंगो कथाकारले लाउनैपर्ने जरुरी छैन । बरू यसको सुरक्षित अवतरण पाठकले गर्छन् । तर्कना गर्छन् । अनुमान गर्छन् र एउटा निचोडमा पुग्छन् या कथाकारसँगै रहन्छन् । अनुभवले खारिएकी, उमेरले परिपक्व, दुनियाँको समाज देखेकी, उच्च अध्ययन भएकी विन्दुले अब दुइटा काम गर्नुपर्ने देखिन्छ । पहिलो, लेखनीमा र दोस्रो, प्रकाशनमा निरन्तरता ।
मेरी दिदी र ऊ
स्रष्टा : विन्दु सुवेदी
प्रकाशक : रत्न पुस्तक भण्डार
पृष्ठ : १०८
मूल्य : १९५ रुपियाँ
एक संगीतज्ञको जीवन
- प्रभाकर गौतम
बिसे नगर्ची भन्नेबित्तिकै हामी सम्भवतः श्रवण मुकारुङलाई सम्झन्छौँ । तर, तिनै नगर्चीलाई भीमनिधि तिवारीले उहिल्यै आप\\mनो एकांकीका पात्र बनाइसकेका थिए । रामशरण दर्नालले त अझ ती पात्रबारे अनुसन्धान नै गरेका थिए ।
केही समयअघि लोचन रिजालको 'पौरखी...' बोलको गीत लोकपि्रय भयो । मौलिक नेपाली बाजा आरबाजोको प्रयोग गरिएको भन्दै मिडियामा त्यसबारे लेख्ने होडबाजी चल्यो । तर, त्यही मधुर धुन निकाल्ने आरबाजोसम्बन्धी दर्नालको कृति नै छ भन्नेबारे हामी बेखबर हुन सक्छौँ ।
नेपालको राष्ट्रगान भन्नेबित्तिकै हामी चक्रपाणि चालिसेलाई सम्झन्छौँ तर त्यसमा संगीतकार बखतवीर बूढापीर्थि थोरैका लागि मात्र परिचित नाम होला । दर्नालका यी र यस्तै अनेक तथ्यको खोजको सूची लामो छ । दलित, जनजातिलगायत सांस्कृतिक समुदायका लोपोन्मुख बाजागाजाको संरक्षण र प्रवर्द्धनमा विशेष काम गरेका दर्नालका संगीत र लोकसंस्कृतिसम्बन्धी दर्जनभन्दा बढी कृति छन् ।
तिनै दर्नालको जीवनका विविध पक्षलाई समेटेर प्रकाशित संगीतमय जीवन ः संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म पल्टाउँदा यस्ता धेरै नयाँ कुरा थाहा हुन्छ । दर्नालका ७४ वर्षे जीवनका अधिकांश क्षण नेपाली संगीतसँग जोडिएका छन् । हुन पनि जातीय हिसाबले गानाबजाना उनको पुख्र्यौली पेसा थियो । उनका बूढा हजुरबुबा, हजुरबुबा र बुबा नेपाली सेनामा ब्यान्ड बजाउँथे । खुट्टाले हावा भरेर बजाउने आर्गन बाजा, तबला आदि घरमै थिए । बुबासँगै भजन गाउन थाले । सकीनसकी आर्गन बजाउन थाले । बुबाका मावली हजुरबुबा 'श्रीमान् गम्भीर नेपाली...'मा संगीत भर्ने बखतवीर बुढापीर्थिका सन्तान दार्जीलिङमा थिए । भान्दाइ पुस्कल बुढापीर्थि -जर्जी ब्याङ्क्स)सँग दार्जीलिङ पुगे । सेन्ट रोबट्र्स हाई स्कुल पुगेर मेटि्रक गरे । काका डम्बरबहादुर बुढापीर्थि -बबी ब्याङ्क्स)को सहयोगमा कोलकाता पुगी हिज मास्टर्स भ्वाइस -एचएमभी)मा समेत काम गर्ने मौका पाए । पाश्चात्य संगीतको ज्ञान उनले यही प्रवासकालीन अवधिमा बटुले ।
दर्नाल काठमाडौँ फिर्दा त्यस बेला आधुनिक गितार ल्याउने पहिलो व्यक्तिका रूपमा दरिए । एकर्डियन गितार, मेन्डोलिन, ट्रम्पेट आदि बजाउन जान्ने दर्नालको प्रतिभाको छनक धेरैले पाइसकेका थिए । उनको माग स्वतः बढ्ने नै भयो । स्वर लिपिकारका रूपमा ब्रेक नै 'गाउँछ गीत नेपाली...'बाट पाए । प्रेमध्वज प्रधानका गितार गुरुसमेत बने ।
रेडियो नेपाल हुँदै प्रज्ञाप्रतिष्ठान छिरेका दर्नाल झन्डै ५० वर्ष त्यहीँ रहेर कला, लोकसंस्कृति र संगीतलगायत साहित्यिक गतिविधिमा सक्रिय रहे । ०२५ सालको दसैँछेक टीका लगाउन ससुराली गएका बेला अविरल वषर्ाले उनको पुरानो घर भत्कियो । घरमा स ंकलित पुराना र दुर्लभ सयौँथरी बाजा वषर्ाले लग्यो । वषर्ाले बाजासँगै लग्यो उनकी आमालाई पनि । उनलाई ती बाजासँगै लोक तथा संगीत-संस्कृति पनि मरेर गएको भान भयो । त्यही पीडाले उमार्यो, लोपोन्मुख बाजागाजा र कला संस्कृतिको संकलन, संरक्षण र प्रवर्द्धन गर्ने दृढ लालसा । यो घटनाले उनले स्थापना गरेको नेपालकै पुरानो वाद्य समूह -अर्केस्ट्रा) पनि शिथिल भयो । ०१६ सालमा बनेको त्यस अर्केस्ट्रामा भगतसिंह बागदास, मनश्याम बैजु आदि वाद्यवादक थिए ।
अहिलेसम्म वस्तुगत वा विषयगत खोजभन्दा व्यक्तिकेन्दि्रत अध्ययनको परिपाटी रहेको संगीत विधामा अनुसन्धानको काम गर्नु दुस्साहस नै थियो । यस काममा उनी यति लीन भए कि आफ्नै खर्चमा संगीतसम्बन्धी पुस्तक प्रकाशित गर्दै गए । पहिलेका आधुनिक बाजा बजाउने दर्नाल कालान्तरमा गम्भीर अनुसन्धाता भए । उनका सिर्जनात्मक धुन समयसँगै शब्दमा बदलिए । ती शब्द नेपाली बाजागाजा र लोकसंस्कृति बुझाउने अमूल्य माध्यम बनेका छन् । त्यही विज्ञताकै कारण उनी थुप्रै विदेशी अनुसन्धाताका सहयोगी र गुरुसमेत बने ।
बाजासम्बन्धी सबैभन्दा बढी खोज गर्ने दर्नालको मान्यता थियो, 'बाजा झुन्ड्याएर मात्र हुन्न, तिनका इतिहास, विशेषता सबै प्रस्ट्याइदिनुपर्छ ।' दर्नालले नेपाली बाजा पुस्तक तयार पार्नुको उद्देश्य यही थियो ।
त्यसो त पुस्तकको शीर्षकमा लेखिएजस्तो दर्नालको जीवन 'संगीतमय' अर्थात् रोमान्टिक भने लाग्दैन । ०२८ सालमा केदारमान व्यथित कुलपति रहेका बेला उनलाई आकस्मिक अवकाश दिइयो । छूतअछूतको अवहेलनाको सामना गर्दै भए पनि गाउँगाउँ डुलेर बाजा बटुलेर, कहिले अरूमार्फत मगाएर उनले प्रज्ञा प्रतिष्ठानको बाजा संग्रहालयलाई धनी बनाएका थिए । तर, ती लोपोन्मुख बाजालाई प्रतिष्ठानले कथित तल्लो जातको संस्कारजन्य सामग्री मान्यो, राज्यको सम्पत्ति ठानेन ।
रोगले थला परी जीवनका अन्तिम पलाको गिन्ती गर्दै बसेका बेला पनि उनलाई हेर्न-भेट्न आउने कमै भए । दर्नाल परिवारको इच्छा अनुसार उनको शव प्रतिष्ठानमा राखिएन । जुन संस्थामा जीवनको महत्त्वपूर्ण समय र ऊर्जा खर्चे, त्यही संस्थामा उनी जीवित हुँदा र पछि पनि उपेक्षित बन्न पुगे ।
पुस्तकमा दर्नालको सांगीतिक र प्राज्ञिक योगदानका बारेमा थुप्रै जानकारी समेटिएका छन् । यसरी संकलित सामग्रीमा जन्म, मृत्यु, माता, पिता, शिक्षा आदि कुरा दोहोरिरहँदा पाठकलाई झिँजो लाग्न सक्छ । यसका आधारमा दर्नालको सिलसिलाबद्ध जीवनी लेख्न सकियो भने अझ राम्रो हुन्थ्यो । पुस्तकमा दर्नालबारे केही कुरा भने छुटेका छन् । दर्नालले स्वरलिपिकार बनाएका गीतको सूची र प्रकाशित पुस्तकका बारेमा परिचय नपुगेको भान हुन्छ ।
विभिन्न आठ खण्ड रहेको पुस्तकमा अंग्रेजी भाषाका चारवटा लेख पनि छन् । आफन्तजन र साथीहरूका सामग्रीले उनको व्यक्तिगत जीवनका विभिन्न आयामलाई उजागर गरेका छन् । अन्तर्वार्ता, दर्नाल स्वयंले लेखेको संक्षिप्त आत्मवृत्तान्त आदिले उनलाई अझ नजिकबाट बुभ\\mन सघाएको छ ।
संगीतमय जीवन:
संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म
प्रकाशक : दलित साहित्य तथा संस्कृति प्रतिष्ठान
सम्पादक : राजेन्द्र महर्जन र पदम सुन्दास
पृष्ठ : ३१८
मूल्य : ३५० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...