श्रद्धाको फूल
धेरै समयपछि बिहानै उठेर कथा लेख्न बसेँ तर शब्दहरूको कब्जियत भयो। मनोलोकमा कथा होइन, उनको याद आयो।
कुराकानी सुरु भयो:
'कता हुनुहुन्छ?'
म जिस्किएँ, 'तिम्रो मनमा !'
'तपैँ मेरो मनमा नआउँदै मैले आफ्नो मनमा तपैँलाई राखिसकेकी थिएँ।'
'मैले बस्न नचाहेको भए?
'तपैँले बस्न चाहे पनि नचाहे पनि मनको मान्छे त मनमै रहन्छ नि!'
बोल्दा उनले फेरेको सासको आवाज पनि आउँदै थियो तर सास आइरहेको थिएन। उनले लाडिएर भनिन्, 'आज के हो?'
बल्ल पो सम्झेँ, आज भ्यालेन्टाइन्स डे हो। तर, मैले उनको माया मिसिएको रसि उठाउन भनेँ, 'आज शनिबार हो।'
उनले फेर िसोधिन्, 'आज शनिबार
मात्रै हो?'
'आज फागुन २ गते पनि हो।'
'आज फागुन २ गते मात्रै हो?'
'आज संसारका धेरै मानिसको जन्म दिन र मृत्यु दिन पनि हो।'
त्यसपछि भने उनले झर्केर भनिन्, 'खै भ्यालेन्टाइन्स डे भनेको?'
मैले थाहा पाईपाई भनेँ, 'मैले त भुसुक्कै बिर्सेछु?'
उनले घुर्की लगाइन्, 'कुन दिन मलाई पनि बिर्सिनुहुन्छ तपैँले?
मैले ढुक्क भएर भनेँ, 'अवश्य बिर्सन्छु सरपिmा।'
उनी चर्किइन्, 'साँच्चै हो? राखिदिन्छु फोनसोन !' फोन राख्नुभन्दा पहिले उनले समय सोधिन्, 'कहिले?'
मैले शान्त भएर भनेँ, 'जब म आफँैले आफैँलाई बिर्सनेछु।'
मेरो कुराले उनी शान्त भइन्। फोन राख्ने हिम्मत गर्न सकिनन् र भनिन्, 'खालि यस्तै कुरा मात्र गर्न आउँछ तपैँलाई? तपैँलाई त माया गर्न पनि आउँदैन ! आज भ्यालेन्टाइन्स डे कसरी मनाउनी?'
मैले सम्झाउँदै भनेँ, 'माया गर्नेहरूका लागि वर्षमा ३ सय ६५ दिन नै भ्यालेन्टाइन्स डे हुन्छ, माया नगर्नेहरूका लागि वर्षमा एक दिन मात्र भ्यालेन्टाइन्स डे आउँछ। त्यसैले हामीले हिजोको दिनलाई जसरी मनाएका थियौँ, आजको दिनलाई पनि त्यसरी नै मनाउँछौँ।'
'नाइँ नाइँ, आज स्पेसल डे हो। मनाउनैपर्छ। आज त भेट्ने हो अनि सहरभन्दा टाढा कतै घुम्न जाने हो।'
उनले साह्रै जिद्दी गरनि्। उनको जिद्दी मलाई मन पर्यो। हामी भेट्ने भयौँ। तर, कहाँ भेट्ने? केही बेरसम्म हामी अलमलियौँ। काठमाडौँमा प्रेमी-प्रेमिका भेट हुने सुरक्षित पार्क कतै छैनन्। भएका केही पार्क पनि यस्ता छन्, जहाँ भेटियो भने तीन दिनसम्म त प्रेम नै गनाउँछ।
कुरा गर्दै जाँदा उनले नै भनिन्, 'राम मन्दिरमा भेटम्। बत्तीसपुतली। त्यसपछि कहाँ जाने हो, त्यो जिम्मा तपैँको।'
हामीले राम मन्दिरमा भेट्ने भयौँ। उनले सोधिन्, 'के लगाएर आउनुहुन्छ?'
मैले भनेँ, 'तिमीले दिएको आकाशे रंगको सर्ट र खरानी रंगको पाइन्ट।'
उनले खुसी भएर सोधिन्, 'अनि त्यसमाथि?'
मैले भनेँ, 'तिमीले नै दिएको नीलो कोट।'
उनको खुसी हाँस्न थाल्यो। अलिकति गुनासो गरनि्, 'मलाई भने के लगार आउँछेस् भनेर सोध्दा पनि सोध्नुहुन्न?'
मैले सोधेँ, 'के लगार आउँछ्यौ त?'
उनले भाउ खोजिन्, 'भन्दिनँ। सिकाएर सोधेपछि त म भन्दिनँ।'
मैले खासै भाउ दिइनँ, 'नभने पनि अहिले देखिहाल्छु क्यारे!' हाँस्तै जिस्क्याएँ, 'कि नलगाई आउँछ्यौ?'
उनी जंगिइन्, 'जे पायो तेही ! लाजै छैन तपैँलाई त! केटाहरू त एकदम लाजै नभका हुन्छन्।'
मैले भनेँ, 'त्यही भएर त केटाहरूले आधा जीउ देखिने गरी अझ शरीरको सेप सर्लक्क देखिने गरी अर्धपारदर्शी टाइट र पातला लुगा लगाउँछन्। केटीहरूले भने सप्पै जीउ ढाकिने गरी बाक्लो र डम्म लुगा लगाउँछन्, कसो?'
व्यंग्यलाई उनको मायाले सजिलै पचाइदियो, 'था छैन मलाई !'
- - - - - -
धूलोको पर्दाले हरयिा पहाडहरू पनि धमिला देखिए, सेता हिमाल पनि मैला देखिए, नीलो आकाश पनि खैरो देखियो। प्रेममा पनि प्रदूषण भयो भने मन यस्तै देखिन्छ होला। अझै बाक्लो प्रदूषण भयो भने त मनै देखिन्न होला।
उनीभन्दा पहिले म पुगेँ, राममन्दिर। मैले आकाशे रंगको सर्टको सट्टा मखमली रंगको रातो सर्ट लगाएको थिएँ अनि रातै ज्याकेट। भेट हुनासाथ उनले गुनासो गरनि्, 'खै मैले दिएको लुगा लगाउनुभको?'
मैले हाँसेर भनेँ, 'कोठामै छ।' मुटु भएको ठाउँमा देखाएर भनेँ, 'तर, तिमीले दिएको मन यहीँ छ।'
उनी ठुस्स परनि्, 'गफ त कत्ति आउँछ नि ! अनि, मलाई किन ढाँट्नू त?'
मैले बुझाएँ, 'तिमीलाई भनेपछि सोचेँ, आज त भ्यालेन्टाइन्स डे। रातो रंग प्रेमको प्रतीक हो भनेर यो रातो सर्ट र रातै ज्याकेट लगाको।'
उनले ओठ गोलो बनाएर भनिन्, 'पहिल्यै किन नभन्नु त मलाई?'
'तिमीलाई सरप्राइज दिन।'
त्यसपछि हामी मन्दिरको उत्तरतिरको सानो पार्कतिर गयौँ, जहाँ बेन्चीहरू सजाएर राखिएको थियो। त्यहाँ अरू पनि रामसीताका जोडी थिए। ती सबै जोडीले त्यो खुलापनलाई नै एकान्त बनाउँदै थिए। प्रेमको शक्ति भनेकै यही रहेछ क्यारे, जसले भीडलाई एकान्त बनाइदिन्छ र एकान्तलाई पनि भीड बनाइदिन्छ।
हामी पनि एउटा कुनामा दूबोको गलैँचामाथि बस्यौँ। उनले आफ्नो देब्रे हात मेरो देब्रे हातमाथि राखिन्। सायद किन देब्रे हात भन्ने प्रश्न मेरो आँखामा थियो। त्यही भाव बुझेर उनले भनिन्, 'किनभने, देब्रेतिर मुटु हुन्छ।'
त्यसपछि मेरो आँखाको स्त्रिmनमा यसरी हेरनि्, मानौँ त्यहाँ मेरो मन देखिएको छ। हेर्दाहेर्दै उनको अनुहारमा लाली चढ्न थाल्यो। एकैछिनमा उनले आफ्नो हातेझोलाबाट रातो गुलाफको फूल झिकिन् र मलाई दाहिने हातले दिँदै भनिन्, 'ह्याप्पी भ्यालेन्टाइन्स डे मेरो प्यारा !'
ज्याकेटको भित्री गोजीबाट मुटु झिकेझैँ मैले पनि रातो गुलाफको फूल झिकेर दिँदै उसरी नै भनेँ, 'ह्याप्पी भ्यालेन्टाइन्स डे
मेरी प्यारी !'
त्यसपछि हामी केही बेरसम्म चुपचाप भीडलाई नै एकान्त बनाएर शब्दविहीन र भावपूर्ण भएर बसिरह्यौँ। उनी धेरै बेर चुपचाप बस्न सकिनन्। भनिन्, 'तपैँलाई त कहिल्यै भेटम् भेटम् पनि लाग्दैन क्या हो !'
'भेटम्भेटम् नलागेको भए त भेट्ने नै थिइनँ नि पि्रय!'
'अनि किन नभन्नु त? मेरै करले त हो नि आज पनि भेटेको।'
'तिमी भेट्न कर गछ्र्यौ, म नभेट्न कर गर्दिनँ। त्यसैले हाम्रो भेट भइरहन्छ।'
प्रसंग बदलेर उनले भनिन्, 'हिजो राती किन फोन स्विच अफ राख्नुभको नि? कति आत्तिएँ।'
'एउटा कथा लेख्दै थिएँ।'
'एउटा कुरा कस्तो डर लाग्छ !'
'के कुरा?'
'कतै मलाई नै पात्र बनाएर कथा लेखिदिने पो हो कि कथाकारज्यूले !'
'कुनै दिन बनाउँछु तर कस्तो था छ?'
'कस्तो?'
'त्यस्तो पात्र बनाउँछु, जो तिमीजस्तै सुन्दरी हुनेछे, जो कहिल्यै बूढी हुने छैन, जो कहिल्यै रोगी हुने छैन, जो सधैँसधैँ यस्तै सुन्दरी रहिरहनेछे, जसको मृत्यु कहिल्यै हुनेछैन।'
मेरो कुराले उनी स्वप्निल र गम्भीर भइन्। त्यसपछि हामीले नगरकोट जाने योजना बनायौँ। लाग्यो, यसपटकको भ्यालेन्टाइन्स डे गजब हुने भयो। यसरी कुरा गर्दागर्दै हामी कुराको अगार् जममा पुग्नै लागेका थियौँ। अचानक मेरो मोबाइलको घन्टी बज्यो। एकछिनसम्म नउठाएरै रङिटोन बजेको सुनिरहेँ। उनले भनिन्, 'बल्लबल्ल भेट हुँदा एकछिन स्विच अफ राख्न पनि नसक्नी ?'
मैले सोधेँ, 'तिमीले स्विच अफ गरेकी छौ र?'
'मैले त भेट हुनासाथ स्विचअफ गरेको।'
मोबाइल हेरेँ। स्त्रिmनमा लेखक साथी तपेन्द्र तत्त्वज्ञानको नाम प्ले भइरहेको थियो। लाग्यो, हो त मैले पनि अफ गर्नुपर्ने रहेछ। फोन उठाइनँ। स्विच अफ गर्नै लाग्दा सोचेँ, मिल्ने साथीले गरेको फोन नउठाएपछि मैले कमसे कम कलब्याक त गर्नैपर्छ। एकछिनपछि कलब्याक गरेँ, 'नमस्कार तपेन्द्रजी !'
'नमस्कार ! कता हुनुहुन्छ?'
मैले भनेँ, 'बत्तीसपुतलीतिर।'
तपेन्द्रको आवाज सुसाइरहेको थियो, 'ए, नजिकै हुनुहुँदो रैछ। हामी आर्यघाटमा जाँदै छौँ। तपैँ पनि जतिसक्दो चाँडो आउनुहोला।'
मैले आत्तिँदै सोधेँ, 'कसलाई के भो?'
'हाम्रा पि्रय लेखक यमी विकल्प अब यस संसारमा रहनुभएन। आज दिउँसो तीन-चार घन्टा श्रद्धाञ्जलिको कार्यक्रम आर्यघाटमै हुन्छ। त्यसपछि साँझतिर दाहसंस्कार हुन्छ।'
उत्कर्षमा पुगेका हामी एक्कासि पिँधमा पुग्यौँ। मुटु चिसो हुँदैन तर चिसो भएजस्तो भयो। मृत्युले हामीलाई एकछिन नबोल्नु भन्यो। फेर िहामी चुपचाप भयौँ। मेरा सबैभन्दा पि्रय लेखक यमी विकल्प, जसको ममा ठूलो प्रभाव र प्रेरणा थियो। उनलाई श्रद्धाञ्जलि दिन गइनँ भने मलाई मेरो अन्तरहृदयले सधैँसधैँ धिक्काररिहनेछ।
मलाई डेटिङभन्दा आर्यघाटतिर जानु महत्त्वपूर्ण लाग्यो।
म प्रेममग्नबाट एक्कासि शोकमग्न भएँ। मृत्युलाई के थाहा, आज धरतीमा प्रणय दिवस चलिरहेछ। प्रेम र मृत्यु एउटै बाटो हिँड्छन् र फरकफरक गन्तव्यमा पुग्छन्।
अरू सबै कुरा स्थगित गरेर हामी सोझै आर्यघाटतिर लाग्यौँ। ठूलठूला लेखक, कवि, कलाकार तथा गन्यमान्य मानिसको ठूलै भीड थियो। मानिस सकेसम्म थोरै बोलिरहेका थिए। थोरै हाँसिरहेका थिए।
एकछेउमा शोकपुस्तिका राखिएको यियो। त्यहाँ मानिसहरू आ-आफ्नो नाम लेख्न हतारएिजस्ता देखिन्थे। हामीले शोकपुस्तिकामा आ-आफ्नो नाम लेख्यौँ। मलाई भने
कताकता मृत्युपुस्तिकामा आ-आफ्नो नाम लेखेजस्तो लाग्यो।
यमी विकल्पको सासरहित शरीर पीताम्बर ओडाएर सुताइएको थियो। मानिस लाइनमा बसेर फूल चढाउँदै श्रद्धाञ्जलि व्यक्त गररिहेका थिए। पार्थिव शरीर फूल र अबिरले ढाकिएको थियो। हामी पनि लाइनमा बस्यौँ। सायद मेरो एउटा आँखामा प्रेम र अर्को आँखामा शोकको भाव छचल्किरहेको थियो।
श्रद्धाञ्जलि दिने पालो मेरो आयो। मसँग केही थिएन, नमन गर्ने दुई हातबाहेक। नमन गर्न पनि त केही चाहियो। अनायासै मैले ज्याकेटको खल्तीमा हात हालेछु, त्यहाँ फूल थियो। मैले त प्रे मको फूल पार्थिव शरीरमा श्रद्धाको फूलका रूपमा चढाएछु।
चढाइसकेपछि पो झस्केँ, ला मैले त प्रणय दिवसको उपलक्ष्यमा सरपिmाले दिएको गुलाफको रातो फूल पो पार्थिव शरीरमाथि चढाएछु !
मलाई त्यो फूल टिपेर पुनः ज्याकेटको खल्तीमा राख्न मन लागेको थियो तर त्यसो गर्न मिलेन। लाजले कतै हेर्न सकिनँ। सरपिmातिर भने यसो पछाडि फर्केर हेरेँ,
उनले पनि मैले दिएको रातो गुलाफको फूल नै श्रद्धाञ्जलि स्वरूप चढाउँदै गरेकी रहिछन् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...