सगरमाथालाई एक मुठी हिउँ !
माघे ठिहीमा सल्लेरी ! ओखलढुंगाबाट सोलुखुम्बु लाग्दै छु भनेर घरमा खबर पठाएँ। घरबाट सातै लिए, 'यस्तो समुद्रै जम्ने बेलामा सोलु जाने? हावा खुस्केको त छैन?'
माघे ठिहीमा सल्लेरी लाग्दा राम्रैसँग गाली पाइएथ्यो। तर, त्यो गालीलाई एक कानले सुनेर अर्को कानले उडाइहालेँ मैले लगत्तै।
राती सल्लेरी पुग्दा चिसोले सातै लियो। कथम् क्यै झमेलामा परएिला कि भनेर पुण्यप्रसादसँगै उत्तम भट्टराईको सहयोगमा बासको जोहो
मैले गरछिाडेँ।
पातलेडाँडादेखि नै हिउँका चपरीले बाटोभर िअत्यास पाररिहेथ्यो। त्यो चिसो राती ज्यानसम्म आइपुग्दा के होला भनेर सावधान नहुने नि कुरै भएन। कुसाङको माथ्लो टाँडेघरमा बास मिल्यो। भोलिपल्ट सबैतिरबाट थुनिएको सल्लेरीलाई राजनीतिले फेर िघेराबन्दी गर्यो। लौ, बन्द रे ! अब नमानी सुख भो त?
'हाम्रा खुट्टा थुनिन्न त होला नि !' नेता कज्र्याङलाई मैले सोधेँ। ती फिस्स हाँसे। अनि, हामी चार भाइ फाप्लु भएर लाग्यौँ, रातनांगे डाँडातिर।
बाटाभर िलुङ्दर हल्लिएर मन नै उज्जर भइरहेथ्यो, ऊर्जा भरइिरहेथ्यो। धर्मले पार्ने हर्ष भनेको त्यही होला। उत्तरपट्ट िचम्किएका नुम्बुर, कारेलुङ हिमाल हातैले समात्न सकिने गरी नजिकिएका थिए। कति सुकिला हँ, यी घनटाउके हिमालहरू। हिमालमा लोभ नलाग्ने कुरा नि क्यै नहुने ! चिवाङ खोपको टुप्पामा टल्ल गजुर टल्काएर मुस्काइरहेको थियो- चिवाङ गुम्बा।
फाप्लु पुगेपछि सम्पूर्ण आचार्य, आरएम डंगोल र प्रोल्लास सिन्धुलीय जूनबेसी जाने सोचमा खुट्टा तन्काइरहेथे। मै पनि पहाडको एकान्त र मौनताको उत्तर पढ्न जाउ“m कि भन्ने रहरले उचालिन लाग्दै थिएँ। एक्कासि सम्पूर्णले योजना बदले- 'सगरमाथा हेर्न रातनांगेतिर उक्लिऊँ है !'
त्यसो त अघिल्लै राती सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव शर्मा र शिक्षक हेरम्बराज बाँस्तोलाले पनि सन्काएका थिए, 'याँ आएपछि रातनांगे नपुग्नु अधुरो हुन्छ है घुमघाम त !' अनि, हामी लाग्यौँ उकालै-उकालो। रातमाटेको ठसठसी कन्नै लगाउने उकाली।
सल्लेरीको अस्पताल नाघे लगत्तै घर पातलिएर जंगल सुरु भयो। अलिक माथि पुगेपछि उत्तरतिरको पाखोमा रमाइला घरहरू झुल्किए। पर परसम्म आँखा हुत्याएर हामी विभोर भयौँ। अझ पूर्व र उत्तरतिरका पखेरा, खोँच र पाखामा फाट्टफुट्ट घरहरू देखिन्थे। माथितिर अग्लो पहाडको लस्कर गनी नसक्नुको थियो। पहाडको मुखिया। पहाडको राजनीतिलाई मेरा आँखाले खैखबरी गरे। पश्चिमतिर बटारएिर गएको गोरेटो देखाउँदै आचार्यले भने, 'जूनबेसी जाने अजिङ्गरे बाटो त्यै हो नि !'
नामै कति प्यारो, जूनबेसी !
हामी निकै माथि आइसकेका थियौँ। उत्तरतिर देखिएका सेताम्मे चुली घरी नजिक, घरी हुत्तिएर पर पुग्थे। घोडाका बथान ओल्लो डाँडादेखि पल्लो थुम्कासम्म दगुररिहेका देखिन्थे। तिनका पछि-पछि स्वाँ-स्वाँ कुदिरहेका गोठालोका स्वर हामीसम्म हावाले ल्याएको लाग्थ्यो। सुइँ-सुइँ हावा चलेर मधुरो बनाइरहेको थियो घामको तातो। ओठ फुटेर मुख बाउनै सकस भएथ्यो। मेरी बास्सै ! कति गाह्रो है। उकालो त जब्बरएिर सुरु भयो। मेरो सास बढ्यो गज्जबले।
घरहरू रिित्तएर वन बाक्लियो। भुइँ नै छोपिने आपट्टे जंगल।
बाटामा दुई जना केटासँग भेट भो।
'पढेर आएको?'
'हैन, मामाघरबाट फर्केको पो !'
केटोसँग गफ हुन थाल्यो। सलोन राई ऊ। उमेर जम्माजम्मी ११ वर्ष। कम बोले पनि मसँग हिमचिम बढ्यो।
'बाबु, हामीसँग हिँड् न।'
'राजा हामीलाई बाटो देखाउन, जाऊँ ल !'
'कान्छा, हिँड है।'
सबैले भन्यौँ। फकाउन थाल्यौँ। सबैले अनुरोध गरेपछि उसको अनुहार फेरयिो। खाजा खाने पैसा दिने बताएपछि बल्ल सलोनले भन्यो, 'आमालाई सोध्नुपर्छ !' निकै बेरदेखि ऊ हामीसँग हिँडिरहेको थियो। पैसाले गलाएछ। एकाएक फापरबारीको डिलबाट हाम्फालेर एकछिन अलप भयो। हामी उकालिएको बाटो मास्तिरको झ ्याङ समाएर उभिइरह्यौँ। बाटैदेखि भेटिएको हिउँको धूलोमा साथीहरू लडीबुडी गर्न थाले। लौ हेर, कति भोकाएका !
आउँदैन होला भन्ने लागेको थियो, हामी बाटोको फन्को नाघेर उक्लिनै लाग्दा टुप्लकियो सानो केटो। आधी जुत्ता खालको चप्पल लगाएको उसले गालामा आरु, स्याउ पोतेको थियो राताम्मे। लोभलाग्दो सिँदुरे आभा। उकालो लम्केको घन्टा नहुँदै हिउँको तुजुक देखियो। भुइँका ओसमा नपग्लिसकेको सेताम्मे हिउँ देख्ने बित्तिकै साथीहरू छ्यापाछ्याप गर्न जुटिहाले कम्मर कसेर।
पानी कुलकुलाएको भए पनि ठाउँ-ठाउँमा जमेर मुस्लो भई अरमिठ्ठएिर बग्थ्यो। बग्न बिर्सिएको हो कि बिर्साइएको हो? साथीहरू तर्कको जालो बुन्थे। मलाई त चिप्लिउँला भन्ने महापीर ! बाटो साह्रै अप्ठ्यारो थियो। सल्लीपिरको चिप्लोसँगै हिउँ-चपरी थियो बाटोभरि। अलिकति पारा बिगि्रयो कि पुल्टुङबाजी खाइने ! ठाउँ- ठाउँमा बडेमानका रूखका जराले अलमलाउँथे बाटो। फेर िहिउँको रास अघि भेटेभन्दा झन् उल्कापातको थियो। पाइलैपिच्छे सेताम्मे हिउँराशि बाक्लिएर तिरििमरी झ्याइँ देख्न थाल्यौँ हामी।
बाटो देखाउन आएको केटो तीन वर्षअघि आएको थियो रे यता। कतिपटक त उसैलाई सावधान गराउँथे साथीहरू, 'त्यता हैन, यता-यता !' हिउँले धेरै ठाउँमा बाटो अलमल्ल पार्यो। पाँच-सात पाइला हिँडेपछि फेर िफर्केर अर्को अनुमान गरेको गोरेटोमा पाइला गाड्नुपथ्र्यो। कति ठाउँमा त सेताम्मे हिउँले पाइलै सार्न सकिनँ मैले। लौ, सेतोभित्र थुपि्रएको शक्ति।
पछारनिे र उठाउने होडबाजी नै पर्यो। मलाई सलोनले उठाउने र मैले राईलाई सम्हाल्ने काम निकै खेप भयो। हतारएिर रातनांगे खोजिरहेको थिएँ म।
तर, निकै अघि देखिएको थुम्को भागिरहेथ्यो झन् झन् पर। जंगलमा भेटिएका आरावालहरू भन्थे, 'ए, एक घन्टा।' अनि, त्यही एक घन्टा हिँडेपछि भन्थे अरूहरू, 'ए, अब एक घन्टा।' यो 'भर' नभएको बोलीले मलाई अत्याएको थियो बेस्सरी। राती र्फकंदा हुने हैरानीले चिमोटिएको थिएँ म हुनसम्म।
के सोच्नु र...? पछारएिँ म फेर िबङ्लङ्गै...!
सोलुखुम्बुको हरेक महत्त्व नेपाल र विश्वमै आफ्नै खालको उच्चतम् र अद्भुत छ नै। अझ सल्लेरीकै मुटुमा अग्लिएको यो रातनांगेको मूल्य अझ बढी रहेको छ। सायद गाथा सुनेर अरू झैँ हामी पनि लड्दैपड्दै उक्लेका हौँ- रातनांगे।
हामी पुगेको तीन-चार दिनअघि मात्र चर्को हिउँ परेको रहेछ। अलिक तल भनिएको सल्लेरीमा त तीन मुठी बाक्लो हिउँ चुरुप्प-चुरुप्प टेक्दै मानिसहरू हिँडिरहेका थिए। ती त छोइएलाजस्तो अलग्गै हिँड्थे थपक्क-थपक्क। बाटो देखाउने सलोनको चेतना पनि थला पथ्र्यो बेलाबखत, बरा !
माने भेटियो बाटोमाथि। साथीहरू कताबाट घुम्ने गलफती गर्दै थिए। नयाँ-नयाँ हिउँचुलीले पुलुक्क मुख देखाउन थाले। तिर्खाले मुख स्याप्पै सुकायो। हिउँ चाटेर आँत भरेँ।
'डाँट जाला !'
केटोले अशुद्धसँग यति भन्दा मेरा 'दाँत' शुद्धसँग सिरङि्ग हुन पुगे। जरा हल्लिए बेढंगले। त्यहाँबाट यति माथि थुम्कामा हिउँ पग्लियो भन्ठानेर ठाँटिई-ठाँटिई आउनु हाम्रो 'सुकुल गुन्ड्याइँ चाला' भन्दा अरू थोक नहोला। लडी-लडी कुइनेटो पुछ्ने र अनुहार पाछपुछ गर्ने साथीहरूले हिउँ टेकेको पहिलो, दोस्रो गणना गररिहे का हुन्थे। सल्ला, चाप र उत्तिसका रूख ठाउँठाउँमा हिउँमय देखिन्थे। कम्मर-कम्मरसम्म हिउँले पुरएिका बुट्यान हेरेर मैले मनलाई थामथुम पारेँ, 'पृथ्वीमा हरेकको परीक्षा हुँदो रहेछ !'
मूल बाटो छोडेर सजिलो गोरेटो हिँड्दा निकै खेप पछारएिँ म। हिउँका भसभसी र पातपतिंगरको छेकथुनमा खुट्टा मज्जाले जाकिन्थे। बाटोमा गाडी फँसेका धेरै ठाउँमा देखिए।
'मूला हो, खुट्टा गतिला भए पो !' तिनलाई पनि जिस्काएँ मैले। हिउँले पुरनिै आँटेका थिए ती। फाट्टफुट्ट मान्छे टुप्लुकिए पनि चराका बथानले हिउँको चिसोमा कराउन छोडेनन्, पखेटा फटफटाउन छोडेनन्, चुच्चा ठुङाउन छाडेनन्। ओर्लिरहेको घाम हेरेर म अत्तालिइरहेको थिएँ।
'हत्तेरकिा...!' फेर िपाहा भ्यागुता भएँ।
'लड्न मात्र आएको रहेछु म त !' मेरो बोलीमा सानो केटो खितखितायो। झन्-झन् उकुसमुकुसिएको हिउँ चपरीले बाटो झनै अक्करे, जब्बरे र आपट्टे भइरहेको ठानिरहेको छु म। हिउँले छोपिएको बाटोलाई चिन्न आँखासँगै दह्रै शक्ति चाहिएको थियो।
लट्ठी त लुरे पो परेछ। टेक्यो कि बांगिने ! केटोले खोजिदिएको नि हो ! हात परेन गतिलो। झन्डै तीन घन्टाको घुमाउरो र फन्के बाटो नाघेपछि माथि थुम्कामा टहरो देखियो प्रस्टसँग। अब त्यता जाने-नजाने दोमनमा ठाडै उकालीमा हामी जुध्न थाल्यौँ।
'चोर बाटो होला !' पछाडिबाट आइरहेकामध्ये कोही चिच्यायो।
जताततै हिउँ नै हिउँ छ, अब बाटो पो खोज्नु कसरी ! रनभुल्ल भयौँ सबै।
म माथि जाने हविगतमा थिइनँ। अनि, बसेँ थ्याच्चै।
'यता, यता !' केटो करायो।
बाटो भेटिछाडेछ उसले। त्यति सानो फुच्चेले डोर्याएर लग्यो हामीलाई माथि थुम्कीमा। खोँचमा झन् जब्बरएिर चुच्चा, ठाडा र तीखा थिए हिउँराशि। आँट, जोस र बलजफ्ती कराउँदै हामी डाँडैमा लमतन्न हुनपुग्यौँ। छाती फुट्ला जस्तो भइरहेथ्यो मेरो। बाफ् रे अघि देखिएको कारेलुङ, नुम्बुर हिमाल त फिका !
मैले उत्तरतिर आँखा लगाएँ। सयौँ हिमालमा कुइरो, घाम र बादलको शासना थियो छरपस्ट। सेता, पहेँला र चाँदीरंगे पर्दा घरीघरी हामी छेवैबाट सथ्र्यो सरर्र। अब त नौला हिमाल सामुन्ने आए। नयाँ-नयाँ हिउँचुलीमा लस्करले तीनैतिर घेरे। अनौठा-अनौठा सेताम्मे चुचुराले पक्क पारे,
हाम्रा आँखालाई।
टेकेको भुइँ कार्पेटभन्दा सुकिलो थियो सेताम्मे। वरपरका पोथ्रामा थुप्रेको हिउँ गर्लाम्म-गर्लाम्म खसिरहेको सुनिन्थ्यो। हरयिोभन्दा सेतैको तुजुग जतासुकै। पहाडभन्दा हिउँचुलीले चारैतिर घेरेको देखिन्थ्यो। कुइरो नाँच्न छाडेन हाम्रा सामु।
हिउँसँगै पहाडको मौन तातो। पहाडसँग सेता हिमालको अँगालो कसाइ। अग्लिन नसकेका चुलीको बेग्लै घुर्की। घोसेमुन्टो लाए पनि, आँखा तरे पनि, ठुस्काठुस्की गरे पनि, गजधुम्म भए पनि- किसिम-किसिमका श्वेत हिमाल छन्, आँखा अघिल्तिर। रातनांगेबाट हरेक हिमालमा हिउँको उरुङखात देखियो। हिउँले लच्किएको, हिउँले थिचिएको, हिउँले पुरएिको हरेक चुली उत्तेजित देखेँ। चुली चुलिन कति आतुर !
चलायमान हिमाल कति धेरै। गतिशील हिउँचुली कति धेरै। श्वेत हिमशिला कति धेरै। म निर्निमेष भएर हेररिहेछु हिमालको आभा। अन्नपूर्ण, लार्के, थामसेर्कु र नुप्सेका चुलीले हामीलाई तानिरहे।
खोइ त सगरमाथा? धेरै बेरको खोजीमा टुप्लुकियो ऊ। धेरै प्रयासपछि झुल्कियो ऊ। निकै चेष्टापछि सामुन्नियो ऊ। तर, हामी पाँचैले हिउँशून्य, शान्त र गजधुम्म देख्यौँ सगरमाथा। नांगो, कालो र चेप्टे किन देखियो सगरमाथा? रत्तिो, अनाथ र बिजोगको किन देखिएको सगरमाथा? दुःखी, स्तब्ध र सुषुप्त किन देखिएको सगरमाथा?
अनि, मैले एक मुठी हिउँ हुर्र्याएँ त्यतैतिर।
- - - - - - - - - - - - - - - - - - - - - - -
कहाँबाट सुरु हुन्छ मातृभूमि ?
- मिखाइल मातुसोभ्सकी
कहाँबाट सुरू हुन्छ मातृभूमि ?
हुन्छ कि वर्णमालाको चित्रबाट
या असल र विश्वासिला
चोकका पुराना मित्रबाट ?
कि सुरू हुन्छ मातृभूमि
आमाले गाएको गानबाट
या जस्तै कठिनाइमा पनि
नझुक्ने स्वाभिमानबाट ?
कहाँबाट सुरू हुन्छ मातृभूमि ?
कि चौतारीको दौँतरी भेटबाट
या हुन्छ बतासमा झुल्दै हुर्कने
ती बर-पीपलका बोटबाट ?
कि सुरू हुन्छ मातृभूमि
मैनाको वासन्ती स्वरबाट
या सुदूरसम्म तन्किएको
गाउँको बाटो र घरबाट ?
कहाँबाट सुरू हुन्छ मातृभूमि ?
हुन्छ कि क्षितिजको ज्योतिबाट
या हुन्छ कन्तुरमा भेटिएको
बुबाको सिपाही टोपीबाट ?
कि सुरू हुन्छ मातृभूमि
छुकछुक रेलको धुनबाट
या पहिलो बाचा मायाको
साँचेको तिम्रो मनबाट ?
साँच्चै, कहाँबाट सुरू हुन्छ मातृभूमि ?
(सन् १९६८ मा प्रकाशित रूसी कविताको भावानुवाद : जुगल भूर्तेल)
10.12°C












