रुसी स्वाद
अनुवादको कोणबाट नेपाली साहित्य अझै गरिब छ । अझ मूलभाषाबाट नेपालीमा अनुवाद गरिएका कृतिको त खडेरी नै छ
अनुवादको कोणबाट नेपाली साहित्य अझै गरिब छ । अझ मूलभाषाबाट नेपालीमा अनुवाद गरिएका कृतिको त खडेरी नै छ । नेपाली भाषामा अंग्रेजी र हिन्दीबाट अनुवाद गरिएका केही सय कृति मात्र होलान् । अनुवाद कृतिले नेपाली समाजलाई विश्व समाज र संस्कृतिबारे पनि जानकारी दिन्छ ।
रुसी साहित्यिक कृतिमध्ये नेपाली समाजले सबैभन्दा बढी सुनेको र पढेको कृति मेक्सिम गोर्कीको आमा हुनुपर्छ । गोर्कीकै तीन खण्डको आत्मसंस्मरणात्मक कृति पनि नेपाली समाजले मन पराएमध्येमा पर्छन् । त्यसपछि नेपाली समाजले पढेका रुसी साहित्यकार हुन्, आन्तोन चेखभ । विश्वमै रुचाइएको चेखभ शैलीको कथा हो । लेभ तोल्सतायका कथा भने नैतिक र बालकथाका रुपमा नेपाली समाजमा पहिलेदेखि लोकपि्रय छन् । तीमध्ये कति कथा त तोल्सतायका कथा भनेर जानकारीबिनै हामीले मन परायौँ ।
हामीले पढ्ने गरेका प्रायः रुसी उपन्यास, कथा र नाटक अंग्रेजी र हिन्दी मूलभाषाबाट अनूदित छन् । मूल रुसीबाट नेपालीमा अनुवाद गरिएका कृति भने निकै कम छन् । बलराम अर्यालले मूल रुसीबाट केही रुसी साहित्यकारका कृति नेपालीमा अनुवाद गरेका छन् । तीमध्ये केही कथा बसिबियाँलोमा संगृहीत छन् ।
कृतिको दोस्रो वा तेस्रो भाषामा अनुवाद गर्नु र मूलभाषाबाटै अनुवाद गर्नुमा भिन्नता हुन्छ । अनुवादको तहसागै भाषा र शैलीको विशिष्टता पनि क्रमशः हराउँदै जाने सम्भावना हुन्छ ।
बसिबियाँलोमा रुसका तीन विशिष्ट साहित्यकार निकोलाई गोगल, आन्तोन चेखभ र लेभ तोल्सतायका ४९ कथा संकलित छन् । गोगलको एउटा कथा, चेखभका २५ कथा र तोल्सतायका २३ कथाको संगालो पढ्दा तत्कालीन रुसी समाजका विभिन्न आयाम उजागर हुन्छन् । तर कथामा वणिर्त आयाम र मानवीय स्वभाव आज पनि कुनै न कुनै रुपमा नेपाली समाजमा भेट्याउन सकिने वास्तविकता कथा पढ्दा अनुभव हुन्छ ।
गोगलको कथा 'नाक’ मा नाकलाई प्रतीकको रुपमा प्रयोग गरी कथाकारले मध्यमवर्गीय समाजमा इज्जतको नाममा देखाइने पागलपनको चित्रण गरेका छन् । गोगलका अन्य कथा र उपन्यासिकाजस्तै यो कथाले पनि समाजमा मानिसले देखाउने ढोङबारे चर्चा गरेका छन् ।
आन्तोन चेखभका कथाका आफ्नै विशिष्टता छन् । बसिबियाँलोमा संगृहीत हरेक कथामा भिन्नभिन्न मानवीय स्वभाव र प्रवृत्ति अभिव्यक्त छन् । गरिबीदेखि पाखण्डसम्म, वियोगदेखि संयोगसम्म, बिर्सनेदेखि धेरै खानेसम्मको बानी, प्रेमदेखि उत्सर्गसम्मका मानवीय गुणलाई चेखभले आफ्ना कथाका विषय बनाएका छन् । कथामा चित्रण गरिएका पात्र हामीभित्रै पनि रहेजस्तो पाठकले महसुस गर्छन् ।
कथाको घेराभित्र शिक्षासँगै हास्यव्यंग्य हुनु चेखभ शैलीका कथाका विशेषता हुन् । कति कथाका पात्र निकै हाँसो उठ्दा हुन्छन् । तर त्यो हाँसो पात्रसागै आफूप्रति पनि लक्षित हुने गर्छ । पात्रमा आफू वा आफ्नो समाजको प्रतिच्छाया देखेर नै पाठकलाई हाँसो उठ्ने गर्छ । तर कथा सारहीन हुादैन । विस्मातपूर्ण कथाको सन्दर्भमा पनि यो कुरा त्यत्ति नै सही हुन्छ । चेखभका कतिपय पात्र यति निःसहाय हुन्छन्, समाजको वास्तविकताबाट उम्कने उसलाई कुनै ठाउँनै हुँदैन । समाजको पाखण्ड पात्रमार्फत चित्रण गर्छन्, चेखभ ।
लेभ तोल्सतायका अधिकांश कथाका नेपाली रुप पनि हामीले कुनै न कुनै रुपमा सुनिसकेका छौँ । कतिपय ती बालकथा, कतिपय नैतिक शिक्षा, कतिपय राजनीतिक सभाका भाषणका रुपमा सुनेका छौँ । ती कथाको रुसी अनुवादको स्वाद भने अलि बेग्लै महसुस गर्न सक्छौँ ।
रुसी भाषाको सीधा अनुवादमा पाठकले वाक्यको संरचना र अनुच्छेदका रुपमा बढी महसुस गर्न सक्छन् । अनूदित कथामा जुन, जसलाई, जसरी शब्दको पेच किलाले जोडेका वाक्य संरचनाको अधिकता महसुस हुन्छ । वाक्यको बीचमा अल्पविराम थप्दै वाक्य बुन्ने तरिका पुस्तकमा प्रयोग भएको देख्छौँ । यो रुसी भाषाको विशेषतामध्ये पर्दो हो ।
मुद्राराक्षस र भाषिक सम्पादनमा पुस्तक कमजोर देखिन्छ । कतिबेला उच्चारणसमेत गर्न जटिल रुसी नाम कथाभित्र पस्ने ढोकामा डन्डा लिएर बसेको पालेजस्तो अनुभव हुन्छ । नामकै जटिलताले कथाको गहिराइ नाप्न समस्या भएजस्तो लाग्छ ।
पुस्तक : बसिबियाँलो | अनुवादक : बलराम अर्याल | प्रकाशक : शिसम प्रकाशन | पृष्ठ : २२३ | मूल्य : ३०० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...