(पुस्तक समीक्षा) आफ्नै अनुहार लिएर
सबैले बुझ्न सक्ने कविता लेख्नु कठिन काम हो । उनका शब्द चयन भारी हुनबाट बचेका छन् । उनका कवितालाई अलग भन्न सकिन्छ ।
प्राय: कविले उस्तैउस्तै विषयवस्तु र समस्या उठाउँछन् । तर कविको चेतनाका आधारमा प्रस्तुति अलग हुन्छ । सामाजिक विषयलाई नयाँ शैलीबाट हेर्नु र लेख्नु सजिलो छैन । कवितासंग्रह पृथ्वीको आविष्कारमा सुन्दर कुरुपले आफ्नै समुदायका मिथक र शब्द प्रयोग गरेर कवितालाई मीठो बनाएका छन् ।
कवितामा मातृभाषाका विम्ब राख्ने माहोल सिर्जना हुनु नेपाली साहित्यको चरित्र बिस्तारै लोकतान्त्रिक हुँदै गएको संकेत हो । यसरी आएको कवितालाई स्वीकार गर्नु यहाँका सबै जातजाति समुदाय, धर्म, संस्कृति र संस्कारलाई सम्मान गर्नु हो । तर अतिवादबाट आफूलाई जोगाउँदै कविले देखे–भोगेको समाजको मनोविज्ञानलाई सरल तरिकाले राखेका छन् । अहिले हामी आफ्नो अनुहार यस्तै कवितामा भेट्छौँ । अब्बल कविहरुको लहरमा यी कविताले कविलाई आफ्नो अनुहारसहित स्थापित गर्न सकेका छन् ।
सबैले बुझ्न सक्ने कविता लेख्नु कठिन काम हो । उनका शब्द चयन भारी हुनबाट बचेका छन् । यसैले उनका कवितालाई अलग भन्न सकिन्छ । कवितामा शालीन विद्रोह उनको अर्को शक्ति हो । सरल तर बोधगम्य अनि सुस्तरी–सुस्तरी मान्छेको दिमाग हल्लाउने यी कविता अन्तर्राष्ट्रिय स्तरमा उभ्याइँदा पनि नेपाली कविताको शिर उँचो हुने खालका छन् । तर कति कवितामा कविले अझै सोचेर लेखिदिएको भए थप सशक्त हुने थियो भनेझैँ लाग्छ ।
कविताको सौन्दर्यसँगै कवि स्वयंचाहिँ समाजसँग कति नजिक छ भन्ने कुराको पनि त्यत्तिकै अर्थ रहन्छ । कवितामा गाउँ, खोला–बगर अनि भुइँमान्छे, श्रमजीवी महिलाको संघर्षमय जीवन छन् । अहिलेको भ्रष्ट नेता र नैतिकता हराउँदै गएको समाजमा महिलाले सुरक्षित जीवनकै लागि बन्दुकै बोकेर हिँड्नुपर्ने बाध्यता छ । भ्रष्ट मानिसचाहिँ समाज र सत्ता दुवैमा त्यत्तिकै शक्तिशाली देख्दा कविले यो बेथितिविरुद्ध पनि उत्तिकै असहमति र न्यायका लागि आवाज उठाएका छन् ।
राज्य जति नै क्रूर र निर्लज्ज भए पनि कविले आफ्नो शालीनता भंग गरेका छैनन् । लेखाइ परिपक्व छ र जीवन्त पनि । आफूसँगै आफ्नो समाज र राज्यको परिवर्तनको चक्रलाई पनि त्यत्तिकै गम्भीरतासाथ अवलोकन गरेर कविले आवाज उठाइरहेका छन् । सत्ता र राजनीतिक व्याभिचारविरुद्ध जो क्रान्तिमा होमिएका थिए, ती मान्छे आज किन यति विघ्न भ्रष्ट भए भन्ने पनि कविको प्रश्न छ । त्यस कारण पनि यो कृति सत्ताबाट रुष्ट भुइँमान्छेले गरेको विद्रोह र असहमतिको शालीन दस्तावेज हो । विरोधको नाममा गालीगलौज अनि बडेबडे ‘राष्ट्रवादी’ शब्दको मोहबाट कवि एक तह माथि उठेका छन् । कविता लेखनको यात्रामा आफूलाई अलग र भद्र रुपमा जोगाइरहन सक्नु चानचुने होइन ।
साना अनि मिहीन विम्ब ल्याउनु र पाठकले थाहै नपाई कवितालाई शक्तिशाली रुपमा उभ्याउनु कविको अर्को सफलता हो । कतै–कतै कवितामा आएका कोमल शब्दले पाठकलाई कविता पढ्दा–पढ्दै हुरुक्क बनाएर जान्छ र फेरि विचारको भवसागरमा पुर्याएर छाडिदिन्छ ।
पुस्तक : पृथ्वीको आविष्कार
लेखक : सुन्दर कुरूप
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : १०९
मूल्य : ३०० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...