स्वप्निल स्मृतिको कविता : चामल
एक किलो चामलमा कति होलान् दानाहरूमैले बाँच्ने प्रत्येक दिनलाईदुई—दुई दाना छुट्याउन चाहन्छु ।
स्वप्निल स्मृति (०३८) युवा पुस्ताका सशक्त कवि हुन् । परम्परागत मान्यताहरूमाथि प्रश्न गर्नु र परिवर्तनको आवाज मुखरित गर्नु उनको लेखनको ध्येय हो । उनी कवितामा सीमान्तकृत, उत्पीडित र अल्पसंख्यकहरूका दबिएका आवाज बोल्छन् । लिम्बू मिथकहरूलाई उनी आफ्नो काव्यिक मालामा उन्छन् ।
उनका 'रङ्गैरङ्गको भीर’ (२०६२) र ‘बाडुली र सुदूर सम्झना’ (२०६८) कवितासंग्रह प्रकाशित छन् । यसबाहेक उनका फुटकर कविताहरू पनि उत्तिकै लोकप्रिय छन् ।
प्रस्तुत छ उनको कविता 'चामल' :
एक किलो चामलमा कति होलान् दानाहरू
मैले बाँच्ने प्रत्येक दिनलाई
दुई—दुई दाना छुट्याउन चाहन्छु ।
यो तेत्तीस किलो सुन तस्करी हुने देशमा
म एक किलो चामल किन्न
भोकले रन्थनिएर सुपर मार्केट छिरेको छु !
एक किलो चामलमा कति धेरै शक्ति रहेछ
सुपरमार्केटबाट म
कुनै क्षेप्यास्त्रको वेगमा
आफ्नो डेराघरको किचन पुगिसकेको छु ।
एक किलो चामल—
चामल छुँदा देउता चढेर होला म काम्न थालेछु ।
एक चिम्टी चामल उबाएर काँसे थालमा
अब म जोखना हेर्न थाल्छु
जोर बिजोर, जोर बिजोर
भोकले कहाँ—कहाँ मर्दै छन् पृथ्वीवासीहरू !
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...