साहित्य
प्रतीकात्मक तस्बिर shutterstock
१ वैशाख २०७७ सोमबार
उर्दीको प्रतीक्षा
भ्रष्टाचारको फेहरिस्त छापेपछि अखबारलाई उर्दी भयो, अनियमितताको खबर छापेर बेमौसमी बाजा नबजाउनुस् । (कविता)

भ्रष्टाचारको फेहरिस्त छापेपछि अखबारलाई उर्दी भयो,
अनियमितताको खबर छापेर बेमौसमी बाजा नबजाउनुस् ।
सिमानामा देश खोजिरहेका नागरिकलाई उर्दी भयो,
जीवन र वैयक्तिक स्वतन्त्रता मध्ये एक रोज्नुस ।
भोकले भोक मेट्दै म हिँडिरहेको थिएँ,
सरकारबाट उर्दी भयो - राष्ट्रगान गाउनुस् ।
आँत सुकिसक्यो तैपनि हजुरले, कोही श्रमिक भोको मर्नुपर्दैन भनेकाले राहतको आशमा छु ।
म सासलाई बन्द गरौँ कि आशलाई सरकार, उर्दीको प्रतिक्षामा छु ।