साताका ७ तस्बिर
.jpg)
.jpg)
माओवादी सशस्त्र युद्धको उद्गम थलो, होलेरी । दशक लामो युद्धकालमा मात्र होइन, पछिसम्मै चर्चामा रह्यो । १ फागुन ०५२ मा तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी आक्रमण गरी सुरु भएको ‘जनयुद्ध’ देशैभरि भुसको आगोझैँ सल्किँदै गयो । युद्धको अँध्यारो सुरुङभित्र देश निस्सासियो । भनिन्छ, कालो बादलभित्र चाँदीको घेरा हुन्छ । माओवादीको आधार इलाका होलेरी आज अँध्यारो सुरुङबाट समृद्धिको गोरेटोमा लम्किन थालेको छ । युद्धको विभीषिका, विरक्ति र शोक बिर्सेर अहिले विकास र समृद्धिको लक्ष्य पछ्याइरहेछ । यी हँसिला आमाहरूसहित आरके अदीप्त गिरीका अन्य तस्बिरहरू हेर्नुहोस् ।
.jpg)
काठमाडौँको इचंगुमा रहेको नर्सरीमा भ्यालेन्टाइन्स डेको एकदिन अघि गुलाब टिप्दै किसान रबिन श्रेष्ठ । यो दिनका लागि भनेर एक सातादेखि नै काठमाडौंसहितका सहरमा गुलाबको व्यापार बढ्छ । तस्बिरः सरोज बैजु
.jpg)
नेपाल पर्यटन बोर्डमा भएको फोटो प्रदर्शनी अवलोकन गर्दै सर्वसाधारण । तस्बिरः सरोज बैजु
.jpg)
काठमाडौँको टुँडिखेलमा शिवरात्रीको तयारी गर्दै नेपाली सेना । शिवरात्रीलाई सेनाले आफ्नो स्थापना दिवसका रुपमा पनि मनाउँछ । तस्बिरः सरोज बैजु
.jpg)
राजधानीको कपनस्थित मिलनचोकमा नेपाली कागज (लोकता) बनाउँदै गरेकी महिला । सरकारी कामकाज तथा अभिलेखका लागि टिकाउ हुने भएकोले नेपाली कागजको प्रयोग हुन्छ । तस्बिरः सरोज बैजु
.jpg)
माइतिघर मण्डलामा किताबमा कर हटाउन माग गर्दै भएको विद्यार्थीहरूको प्रदर्शनका एक सहभागी। यी विद्यार्थी पुस्तक पढ्दै विरोधसभामा सहभागी छन् । भारत लगायत तेस्रो मुलुकबाट आयात हुने किताब तथा पत्रिकामा १० प्रतिशत कर लगाउने सरकारी नीतिविरुद्ध विद्यार्थीहरू विरोधमा उत्रेका हुन् । तस्बिरः सरोज बैजु
.jpg)
काठमाडौँको पुरानो बसपार्कमा सडक जाम । बिहान बेलुकामात्र होइन, राजधानीका मुख्य केन्द्रहरूमा जुनसुकै बेला ट्राफिक जाम हुने गरेको छ । तस्बिरः सरोज बैजु