सुबिनको 'प्रिय सुफी' : धैर्य र सम्भावनाहरुको प्रतीक्षा
उपन्यासले हरेक उमेर समूहको प्रतिनिधित्व गर्न सक्छ । तर, कथा ठ्याक्कै सबैलाई चित्तबुझ्दो शैलीमा बुनिएको छैन ।
अप्ठेरोमा पनि जीवनप्रति सकारात्मक हुने, भावहरूलाई बहकिन नदिने खुबी सबै व्यक्तिमा उत्तिकै हुँदैन । र, एउटा व्यक्तिको प्रेरणादायी कथा, शुक्ति र अनुभव अर्को व्यक्तिलाई जीवन नियाल्न र निर्णय लिन सहयोगी हुन सक्छ । सुबिन भट्टराईको उपन्यास प्रिय सुफीको सन्देश यस्तै छ ।
कुँजो शरीरसँगको संघर्षमा सुफीले देखाएको नि:स्वार्थ सेवा र सहयोगले सदालाई आफ्नी बहिनीप्रति आदर र प्रेमभाव जाग्छ । अनि, उसमा बहिनीसँगको सम्बन्धको गहिराइ बोध हुन्छ । खासमा सुफी प्रेम, सेवा, सकारात्मकता, नयाँ जीवन, समर्पणकी प्रतीक हुन् । सदाको मनोभावनामा आएको परिवर्तनमा सुफीले भनेका प्रेरणाका वचन र हौसलाको ठूलो महत्त्व छ ।
सदा र सार्थकको प्रेमकथाजस्तो लाग्ने सुरुआती भाग कुनै रोमान्टिक उपन्यासको भावभूमिजस्तो छ । त्यो प्रेममा पाठकलाई विश्वास पनि लाग्छ । तर, यसभित्रका प्रयोग र वाक्यगठन शैली दोहरिरहने र पुराना नै छन् । यसर्थ, उपन्यासको तौल यो खण्डले उति बहन गरेजस्तो लाग्दैन । कतै चित्रात्मकताको अभाव छ, कतै वाक्यहरुलाई तन्काएजस्तो पनि लाग्छ ।
कुनै घटनाहरु जीवनप्रति सकारात्मक हुने र जुनसुकै अवस्थामा पनि बाँच्ने प्रेरणा यथावत् राख्ने मर्मलाई पक्रेर राख्न सरल छन् भने धेरै त्यस्ता हरफ पनि छन्, जो अत्यन्त बहकिएका छन् । कुनै सेल्रहेल्र किताबको लक्षण साँच्दा कथाबाट केही पर गएका छन् । एउटा भावना पक्रेर कथा भन्दाभन्दै त्यो मर्म चिप्लिएको उपन्यासभरि पाइन्छ ।
कथाले एन्टी सुसाइड र एन्टी डिप्रेसनको धेरै हदसम्म मर्म बोकेको छ । सदाले जीवनलाई जस्तो छ, त्यस्तै स्वीकारेको र जीवनप्रति आशावादी भएको क्षणदेखि कथाले पाठकलाई पनि एउटा उज्यालो मोडमा पुर्याइदिन्छ । उपन्यास धैर्य र सम्भावनाहरुको प्रतीक्षाजस्तो पनि छ ।
उपन्यासले हरेक उमेर समूहको प्रतिनिधित्व गर्न सक्छ । तर, कथा ठ्याक्कै सबैलाई चित्तबुझ्दो शैलीमा बुनिएको छैन । उपन्यासका केही पाठ सम्पूर्णताको विशेषता बोक्न अक्षम छन् । यति हुँदाहुँदै पनि जीवनका अँध्यारा भोगाइहरुबाट भाग्न चाहनेलाई सदाको कथामा आफ्नै जीवनका केही टुक्रा नभेटिएलान् भन्न सकिन्न ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...