वाह ! विकास
मुस्ताङको कोरला नाका ताकेर ०७५ चैत पहिलो साता काठमाडौँबाट हानियौँ। हिउँ जमेका कारण मुक्तिनाथभन्दा अगाडि बाटो नखुलेको पोखरा पुगेपछि थाहा पाउँदा भने मन खिसि्रक्क भयो । जहाँसम्म पुगिन्छ, त्यहीँसम्म जाने भनेर अगाडि बढियो ।
मुस्ताङको कोरला नाका ताकेर ०७५ चैत पहिलो साता काठमाडौँबाट हानियौँ। हिउँ जमेका कारण मुक्तिनाथभन्दा अगाडि बाटो नखुलेको पोखरा पुगेपछि थाहा पाउँदा भने मन खिसि्रक्क भयो । जहाँसम्म पुगिन्छ, त्यहीँसम्म जाने भनेर अगाडि बढियो । बेनीबजार कटेपछि आउने गलेश्वर मन्दिरमा केही बेर टहलिँदै थियौँ, चालकले छिटो आउन हातको इसारा दिए । मुस्ताङ लेतेमुनिको भीरमा बाटो बनाउन साढे २ देखि साढे ६ बजेसम्म गाडी ओहोरदोहोर ठप्प पारिने रहेछ । त्यसअघि उक्त भीर पार नगरे चार घन्टा 'भीरबन्दी' मा परिने ।
१० बजिसके पनि हामीले चिया मात्रै पिएका थियौँ । कालीगण्डकी तिरैतिर करिब ५ किलोमिटर मात्र गुडेका थियौँ, टायर पन्चर भयो । जगेडा टायर फेर्दा आधा घन्टा बित्यो । थोरै अगाडि बढेपछि परिवर्तित टायरमा हावाको चाप कम भएको भन्दै चालकले फेरि पन्चरको खतरा तेर्साए । अब पन्चर भए पोखराबाट टायर मगाउनुपथ्र्यो । यता हाम्रो पेट उसैगरी पन्चर भइरहेको थियो । झन्डै १० किलोमिटर गुडेपछि हावा हाल्ने सुविधा पाइयो । बालबाल भीर काटियो, ठ्याक्कै २:२५ बजे । जोमसोममा बास बस्दा भोलिपल्ट मुक्तिनाथ पुगेर पोखरा झर्ने 'आशु योजना' बन्यो ।
र्फकंदा अघिल्लो दिनको 'भीरबन्दी' समयमै काटियो । तर कहर काटिएन । काभ्रेभीरमा उसैगरी बाटो बन्द हुने रहेछ चार घन्टा । अगाडि बढेर गाडीको लाम हेर्दै सुस्ताउनुभन्दा चिया पिउँदै बस्ने निधो गर्यौँ र डाङडुंगे खोलामा रोकियौँ । त्यहीँ भेटिए, पोखराबाट र्फकंदै गरेका मुस्ताङका सीडीओ गंगाबहादुर क्षत्री, डीएसपी तुलबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख निर्मल कार्की । बाटो बन्द भएपछि उनीहरु पनि गाडी छाडेर अगाडि पर्खने गरी हिँडेछन् र भेट जुर्यो । सीडीओ र जिल्ला सुरक्षा प्रमुखको गाडी त जस्तोसुकै काम रोकेर पनि चालू हुनुपर्ने/गराउनुपर्ने होइन ? जिज्ञासा सीडीओले मेटाए, "ठेकेदारले कबुल गरेकै मितिमा बाटो बनाएन भने उसलाई कारबाही गर्नुपर्छ । त्यतिबेला 'सीडीओ हिँड्दा काम रोक्नुपर्यो' भनेर काम नसक्नुको जिम्मा हामीलाई दिन्छ । कारबाही गर्न सकिँदैन । त्यसैले जो आए पनि निर्धारित समयको काम नरोक्ने नीति लिएका छौँ ।"
जिल्लामा सीडीओको शान, शक्ति अतिरिक्त हुन्छ । त्यसमाथि यहाँ त सीडीओसहित उनी मातहतका दुवै सुरक्षा प्रमुख चार/पाँच घन्टा थुनिएका छन् । तर कत्ति अहं छैन । सोचेँ, यो हिमाली जिल्लाका प्रशासकको सोचको सानो अंश सिंहदरबार र शीतलनिवासका शासकसँग भइदिए समृद्धि एक सपना मात्रै हुने थिएन ।
खान्की र बान्की
त्यही जम्काभेटमा अर्को रोचक कहानी सुनियो । भक्तपुरका बासिन्दा सशस्त्र डीएसपी कार्कीले थकाली खानाको स्वादको बखान निकै सुनेका रहेछन् । मुस्ताङको ३३ नं गुल्ममा आफ्नो सरुवा भएको चाल पाउनासाथ मनमनै कल्पेछन्, अब थकालीको रैथाने स्वाद लिइन्छ, उद्गमथलोमै ।
अन्यत्र जिल्लामा प्रमुख बनेर जाँदा मानिस गोरु बेचेको साइनो लगाएरसमेत सम्बन्ध गाँस्न हतारिन्थे । तर मुस्ताङमा ठीक उल्टो । कसैले भाउ नदिने । बल्लतल्ल जोमसोमका एक होटलवालाले चिया पिउन निम्ताए । गफिँदै चिया पिए । छिनमै होटलवालाका अरु साथी थपिए । होटलवालाले चिया अर्डर गरे र 'एकछिन' भन्दै निस्किए । छिनमै होटलवालीले डीएसपीलाई आठ/दस थान चियाको बिल थमाइछन् । त्यस दिनदेखि असली थकाली भान्छा गर्ने चाहना डीएसपीले मारेछन् । बरु जुक्ति निकाले, मेसमै काँसको कचौरामा खाना हाल्ने र थालमा घोप्टाएर थकाली शैलीमा पस्किने । भन्छन् नि, नेपाल सरकारको खान्कीभन्दा बान्की राम्रो । मुस्ताङमा न खान्की, न त बान्की ।
ज्यूँदोजाग्दो सिन्डिकेट
पोखरामा एक अधबैंसे ठूलो आवाजमा कड्किए, "तपाईंको समिति सरकारभन्दा पनि ठूलो ?" ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा छूट नदिएपछि चूर भएका रहेछन् । तर लेकसाइड पृथ्वीचोक चल्ने उक्त गाडीका सहचालक मरिगए छूट दिन तयार भएनन् । उल्टै कड्किए, "हामी सरकारको कुरा मान्दैनौँ । समितिको मान्छौँ ।' बस रहेछ, पोखरा बस व्यवसायी संघको । सबै यात्रु सरकारले तोकेको सुविधा पाउनुपर्ने भन्दै एकमुख हुँदा पनि उनी टसमस भएनन् । ज्येष्ठ नागरिक ऐनले वृद्धवृद्धालाई सार्वजनिक यातायातमा ५० प्रतिशत छूट किटान गरेको छ । तर व्यवसायी हाकाहाकी कानुन मान्दैनौँ भन्छन् । सरकारले यातायातको सिन्डिकेट धुलिसात पारेको गफ दिएकै छ । एक यात्रुले सहयात्रुसँग भनिन्, "लुट्न सके लुट....।"
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...